मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आर्कषण थपिँदैछ एमालेमा

आर्कषण थपिँदैछ एमालेमा


  • दुर्गा भण्डारी
  • मंसिर २ २०७८, बिहिबार

मुलुक ्कै एकमात्र नेतृत्वदायी पार्टी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अबको नौ दिनमा सुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न हुनगइरहेको छ । महाधिवेशनबाट आउने अबको नेतृत्वले एमाले झनै शक्तिशाली पार्टी बन्ने देखिन्छ । नेतृत्वले अब एमाले भित्रको विवाद र असन्तुष्टिहरु समाप्त पार्नुपर्छ । विगतमा गुटहरुको कारण एमालेको आन्तरिक जिवनमा निकै क्षति भयो । त्यतिबेला एमालेका निर्वाचित अध्यक्ष तथा जननिवाचित लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेबाटै अलग्याउन प्रयास गरियो । आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाल र अर्का अध्यक्षबाट आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि यस्तो बबण्डर मच्चाइएको थियो । माओवादीलाई अदालतले अलग्याइदियो । माधव नेपालले भने एस पार्टी खोलेर आफै अलग हुनुप¥यो । एमालेबाट ओली हटाउने षड्यन्त्र यसरी असफल भयो । खास गरी केपी ओली प्रधानमंत्री भईसकेपछि, केपी ओलीको काम र लोकप्रियताका कारण एमालेको क्रेज बढ्दै गएको छ । धेरैको अनुमान थियो एमाले ठूलो क्षति व्यहोर्नु पर्छ भन्ने तर जति नेता जता गए पनि एमालेप्रतिको आकर्षण (ग्लामर) भने कम भएको छैन । जसरी महासागरको पानी जति घटेपनि कम हँुदैन, त्यसैगरी जति नेताहरु फुटेर गएपनि एमालेको लोकप्रियतामा कमी आउँदैन । एमालेलाई आकर्षक र लोकप्रिय पार्टी बनाउने जस नेतृत्व र नीतिलाई जान्छ । असल नीति र सक्रिय नेतृत्वकै कारण एमाले जनता माझ झनझन लोकप्रिय बन्दै गएको छ ।

अबको केही महिनापछि स्थानीय तहको निर्वाचन पनि हुँदैछ । स्थानीयतहको निर्वाचनले एमालेको लोप्रियतामा अझबढी निखार ल्याउने छ । अहिले नेपालका धेरै पार्टीहरु, राज्यसत्ता र न्यायालयसमेत एमाले बिरुद्धको गठबन्धनमा लागेको देखिन्छ । एमालेले राम्रो जनमत पाए पनि राज्य सत्ताको दुरुपयोग गरेर एमाले हराउने षड्यन्त्र गरे पनि अनौठो मान्नु नपर्ने भएको छ । सबैको आस्था र विश्वासको धरोहर मानिएको न्यायालयले समेत व्यवस्थापिकाको प्रधानमंत्री छान्न पाउने अधिकार खोस्यो । षड्यन्त्रपूर्वक परमादेशबाट प्रधानमन्त्री नियुक्ति गरियो । अहिले त्यसैको परिणाम न्यायालय भित्र दिनहँु बिरोध कार्यक्रम र धर्ना हुने गरेको । संसदको अधिकार खोस्ने कार्यमा जति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर दोषी देखिन्छन्, त्यति नै बढी दोषी अरु चारजना न्यायाधीश पनि छन् । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले पदको बार्गेनिङ गरेको भनेर विरोध गरेको छ । न्यायसँग सत्ता साट्ने नेपाली कांग्रेस लगायका गठबन्धनकारीहरु पनि उत्तिकै दोषी हुन् । न्यायालयमा विकृति भित्र्याउने राजनीतिक दलहरु नै हुन् । अहिले चोलेन्द्र शमशेरलाई सम्पत्ति सुद्धिकरण र महाअभियोग लगाउने नेपाल बारको कार्यक्रम छ । तर, अन्य चार न्यायधिशहरु पनि उत्तिकै दोषी देखिन्छन । जसले राजनैतिक पूर्वाग्रहका आधारमा संविधान मिच्ने काम गरेका थिए । उनीहरुलाई पनि महाअभियोग लगाएर हटाउनु पर्छ भन्ने आवाज उठेको छ । यो बेलामा एउटालाई दोष थोपरेर फेरि पनि त्यहि बिकृति ब्यूताउने खेल हुदैछ । अदालतका अवका फैसलाहरु पनि स्वच्छ होला भनेर विश्वास गर्न सक्ने स्थिति भने देखिँदैन । अदालतभित्र यति ठूलो सेटिङ गरेर मुलुकको कार्यकारीमाथी कू गरियो । जबसम्म राजनैतिक दलहरुले टीका लगाएर ( कुनै परीक्षा नलिई ) न्यायधीश बनाउने परम्परा कायम रहन्छ तबसम्म अदालतबाट बेलाबेलामा यस्ता ‘कू’ हरु हुने नै गर्छन् । राजनीतिक दलहरुले नियुक्ति गरेका न्यायाधीशहरुले नैतिकताको आधारमा राजिनामा दिए मात्र न्यायलयभित्रको विकृति सदाका लागि अन्त्य हुनसक्छ ।

६ राजनैतिक दलहरु मिलेर एमालेबिरुद्ध एक भएपनि एमालेको जनतासँगको निकटता उत्तिकै छ । चुनावमा हराउन एकातिर गठबन्धनकारी पार्टी, अर्कोतर्फ एमाले एक नै काफी देखिन्छ । एमालेसँग जनतामाझ जाने प्रसस्तै एजेण्डाहरु छन् । पहिलो नम्बरमा राष्ट्रियताको मुद्दा, दोस्रो, विकास र समृद्धिको मुद्दा । अन्य दलहरुसँग यस्तो मजबुत एजेण्डा छैन । आन्तरिक कारण नै भएपनि एमाले अध्यक्ष केपी ओलीलाई देश विकास गर्न खोज्दाखोज्दै षड्यन्त्रपूर्वक हटाइयो भन्ने कुराको छाप जनता माझ छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली अहिलेका समकालीन नेताहरुमा सबैभन्दा अगाडी र अब्बल देखिनुहुन्छ । उहाँकै कारण द्वन्द्वकालमा माओवादी ज्यादति र पहिलो संविधानसभामा माओवादीको दवदवा बढिरहेका बेला साइजमा ल्याउने काम गर्नुभयो । भारतको असहमतिका बाबजुद पनि दोस्रो संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यसै मधेस आन्दोलन र नाकाबन्दीको उहाँले सामना गर्नुप¥यो । पारवाहन सन्धिको एकाधिकार तोड्ने काम गर्नुभयो । पछिल्लो पटक प्रधानमन्त्री भएपछि केपी ओलीले भारतले मिचेको नेपाली भूमिको नक्सा विधिवत रुपले कायम गर्नुभयो । भारतसँग खुलेर आफ्ना मुद्दा उठाउने राष्ट्रवादी छवि भएका नेताको रुपमा चिनिनु हुन्छ । त्यही कारणले केपी ओलीलाई युवापुस्ताले धेरै मन पराउने गर्छन् । केपी ओलीले नेतृत्व गरेपछि एमाले पार्टीमा धेरै नै युवाहरु आकर्शित भएका छन् । दशौं महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विवाद र गुटरहित बनाउनु हुनेछ । बलियो एकल नेतृत्वले कमिटीगत असहमति र विवादलाई सुल्झाउनेछ । एमाले नेतृत्व सामु पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने चुनौति थपिएको छ । पुराना कार्यकर्ता र अन्य पार्टी छोडेर आएकाहरुलाई क्षमता र योगदानका आधारमा स्थान दिइनु पर्छ ।

एमालेको विधान महाधिवेशले नै धेरै कुराको शुभ संकेत गरिसकेको छ । कार्यकर्ता माझ खुशीयाली छाएको छ । असहमति,विवाद र विभाजनले निरास बनाएको थियो,एमालेलाई । नेतृत्वका कारण कार्यकर्तामा उत्साह थपिएको छ, जाँगर चलेको छ । कार्यकर्ताहरु नेतृत्वप्रति गर्व गर्न थालेका छन् । अवका दिनमा इमान्दार कार्यकर्ताको पनि कदर हुनेछ । यो खुशी सधैँभर कायम रहन सकोस् । पार्टी गतिविधि संचालन गरेर पार्टी चलायमान बनाएर नै पोजिसन कायम गर्न सकिन्छ । कार्यकर्तालाई सक्रिय बनाई राखेर जनतामाझ विचार पु¥याउनु पर्छ । एमाले मुलुककै शक्तिशाली र नेतृत्वदायी पार्टी हो भन्नेमा कुनै द्धिविधा छैन । एमाले नेतृत्वले अझै कुशलतापूर्वक काम गरेको जनताले महसुस गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->