बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया

धौलागिरी अस्पतालमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७८, आइतबार

बागलुङ – धौलागिरी अस्पताल बागलुङमा पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ की ३० वर्षिया महिलाको अस्पतालमा जटिल शल्यक्रिया भएको हो । लामो समयदेखि पाठेघरबाट रगत बग्ने समस्या रहेकी महिलाको अस्पतालका चिकित्सकहरुले शल्यक्रिया गरेर निकालेको हो ।

कात्तिक ३० गते शल्यक्रिया गराएकी महिला चार दिनपछि निको भएर घर फर्किएकी छन् । अस्पतालका स्त्री रोग विशेषज्ञ डा. केशव आचार्यको तथा स्वास्थ्यकर्मीको टोलीले पहिलोपटक पाठेघरको जटिल शल्यक्रिया गरिएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बिक पोखरेलले बताए । आचार्यलाई एनेस्थेसिया विशेषज्ञ डा. नविन पौडेल, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई र एनेस्थेसिया असिस्टेन्ट अनिल यादवले सघाएका थिए ।

‘हामी जनशक्ति, प्रबिधि र उपकरण सबै हिसाबले तयार थियौं, शल्यक्रिया सफल भयो’ डा. पोखरेलले भने ‘बिरामी र अस्पताल सबैका लागि यो खुसीको क्षण हो ।’ महिलाको पाठेघरमा हुने सामान्य समस्याको लागि समेत पोखरा, काठमाण्डौ लगायतका शहरका अस्पतालमा सिफारिस गर्नुपर्ने बाध्यता अन्त्य भएको उनको भनाई छ । चार सन्तानकी आमा रहेकी ती महिलाले सुरुवातदेखि नै अस्पतालमा उपचार गराउँदै आएकी थिईन् । शल्यक्रियामार्फत पाठेघर फालेपछि मात्रै निको हुने निधो भएपछि उनको शल्यक्रिया गरिएको हो ।

‘अस्पतालले पहिले पनि यस्तो अप्रेसन गर्न सक्थ्यो तर केही सामग्री र तालिम प्राप्त जनशक्तिको अभाव थियो’ अस्पतालका प्रमुख पोखरेल भन्छन् ‘अहिले हामीले सामग्री जुटायौं, उपरकणको समस्या छैन् ।’ बेला बेलामा नर्सिङ स्टाफलाई तालिम दिने, प्रबिधिमा अध्यावधिक गराउने लगायतका काम भैरहेको उनले बताए ।

‘सामान्य शल्यक्रिया मात्रै हुन्थ्यो, अहिले सघन उपचार कक्ष समेत हामीसँग भएकाले ढुक्कले जटिल शल्यक्रिया पनि गर्न सक्ने भएका छौं’ उनले भने ‘गाईनकोको बच्चा निकाल्ने काम नियमित हुन्थ्यो, अरु क्षेत्रको पनि जटिल शल्यक्रिया भएका छन् ।’ हाडजोर्नीको शल्यक्रियाका लागि समेत अस्पताल तयार रहेको उनले बताए ।

अस्पतालमै शल्यक्रिया भएपछि पोखरा, काठमाण्डौ पुग्दा लाग्ने बिरामीको खर्चसमेत जोगिएको छ । अस्पतालका अनुसार निजी अस्पतालले यो खालको शल्यक्रिया गर्दा एक लाखसम्म खर्च निकाल्छन् । सरकारी अस्पतालमा पनि जिल्ला बाहिर जाँदा बिरामीको आतेजाते र बसाईमा धेरै खर्च हुने गरेको थियो । कमजोर आर्थिक अवस्था भएका बिरामीको लागि अस्पतालले पछिल्लो समय उपलव्ध गराएका सुविधाले सहज बनाएको बिरामीका आफन्तले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->