पोखरा – पोखरा महानगरपालिका-२५ हेम्जामा बाटो नै अवरुद्ध गर्दै कांग्रेसको निर्वाचन भएको छ । १४ औँ महाधिवेशन अन्तरगत आज कास्कीका ३ निर्वाचन क्षेत्रमा अहिले निर्वाचन चलिरहेको छ ।
कास्कीको क्षेत्र नं. ३ को निर्वाचनमा भने राजमार्ग नै अवरुद्ध गर्दै निर्वाचन भइरहेको छ । निकै व्यस्त रहने पोखरा-बागलुङ राजमार्ग अन्तरगतको हेम्जाको राजमार्गको एकतर्फको पुरै सडक नै बन्द गरिएको छ ।
उनीहरुले मतदान गरेको क्षेत्रमा संचारकर्मीलाई समेत रोक लगाएका छन् । कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा २४ देखि २६ गतेसम्म केन्द्रिय महाधिवेशन गर्दैछ ।
हेर्नुहोस तस्वीरः









