कास्की – क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी बने । ४ सय ५८ मतसहित उनी विजयी बन्दा प्रतिस्पर्धी बुद्धिमान गुरुङले ३२० मत प्राप्त गरे । सचिवमा राजेन्द्रमणि समूहकै सरोज केसीले ४ सय ५६ र अर्को समूहमा रहेका ओमप्रकाश गुरुङले ४ सय १८ मत प्राप्त गरे । सहसचिवमा सुजाता गुरुङ ३ सय ७१ र मोति गिरीले ३ सय ४५ मत प्राप्त गरे । सचिव र सहसचिव दुबैमा ४/४ जनाले प्रतिस्पर्धा गरेका थिए । कुल ८ सय ५३ मत रहेको सो क्षेत्रमा ८ सय ४१ मत खसेको थियो ।
क्षेत्र नम्बर २ को सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केशरप्रसाद निर्दोषीले बाजी मारे । उनले २ सय ४७ मत ल्याउँदा प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालले २ सय ३० मत ल्याएका छन् ।सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी विजयी भए । उनीहरुले क्रमश २ सय ३० र २ सय २६ मत पाए । सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी बने । कुल ४ सय ९९ मत रहेको क्षेत्र नम्बर २ मा ४ सय ९५ मत खसेको थियो ।
कास्की क्षेत्र नम्बर ३ को सभापतिमा ३ सय ८३ मतसहित विजयी बने । उनी पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरे । तरुण दल कास्कीको सभापतिसमेत रहेका मनोजले १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सचिवमा मनोज समूहकै मेखबहादुर तामाङले ३ सय ४३ मतसहित विजय प्राप्त गरे भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका लक्ष्मीप्रसाद पौडेलले ३ सय २७ मतसहित विजयी बने । सहसचिवमा मनोज समूहका सितल अधिकारी र आइन्दल गुरुङले बाजी मारे । उनीहरुले क्रमशः ३ सय ६५ र ३३४ मत प्राप्त गरे । कास्की क्षेत्र नम्बर ३ मा ७ सय ३६ मतदाता रहेकोमा ७ सय २६ मत खसेको थियो ।
क्षेत्र नम्बर १ बाट पूर्वसभामुख तारानाथ रानाभाटले सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट भए । उनले तारानाथ रानाभाट ४६१ मत प्राप्त गरे । यसैगरी कास्की कांग्रेसका हालका सभापति कृष्ण केसी, यज्ञबहादुर थापा,सुदीपमोहन भट्टराई, विकास लामा गुरुङ,किशोरदत्त बराल,होमबहादुर बस्याल(विमल)तिलक रानाभाट,गिरिराज गौतम र शिरोमणि लामिछाने विजयी बने ।
महिलातर्फ कोपिला रानाभाट, संज्ञा पोखरेल पौडेल,माया बराल र निशा मल्ल ठकुरी विजयी बने । संज्ञा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी हुन् ।
समानुपातिक खस आर्य महिलाबाट शान्ति खनाल र दुर्गा लामिछाने तथा खुल्ला पुरुषबाट सुरजजंग राणा र नरेन्द्र थापा विजयी बने । आदिवासी जनजाति महिलाबाट सरस्वती गुरुङ र गिमाया गुरुङ तथा खुल्ला पुरुषतर्फ दीपक गुरुङ माइला र डम्बरजंग गुरुङ विजयी बने । दलित महिलातर्फबाट सरस्वती सार्की निर्विरोध भएकी थिइन् भने पुरुषतर्फ कुमार विक सुनार र अपाङ्गबाट मोहनकुमार प्रधान विजयी बने । सो क्षेत्रबाट वडा नम्बर १० का वडाध्यक्ष राजकुमार गुरुङ, यसअघि कांग्रेसको १३ औं महाधिवेशनमा कोषाध्यक्षका उम्मेदवार रहेका कृष्ण कार्की,पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष प्रकाशमोहन खनाल,महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी,अघिल्लो महाधिवेशन प्रतिनिधि चन्द्रावती पौडेल, विद्यार्थी नेता योगराज लामिछानेलगायतले पराजय भोगे । यसअघिका महाधिवेशन प्रतिनिधि तथा वरिष्ठ अधिवक्ता विश्व घिमिरे पनि विजयी भएनन् ।
क्षेत्र नम्बर २ बाट खुल्लातर्फ गण्डकी प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापा सर्वाधिक मतसहित विजयी बने । उनले ३६१ मत प्राप्त गरे । देवराज चालिसेले ३२३ मत प्राप्त गरे भने गण्डकीका भौतिक योजनामन्त्री कुमार खड्काले २८८ मत प्राप्त गरे । सो क्षेत्रबाट वीरेन्द्रनारायण विजुक्छे,सोभियतबहादुर अधिकारी,माधवप्रसाद बास्तोला,ऋषिराम काफ्ले, विजयराज आचार्य, गुरु बराल,अर्जुन पोखरेल विजयी बने । २५ जनाले खुला महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए । सोही समूहबाट महिलातर्फ लक्ष्मी पाण्डे,,रंगिला आचार्य,नम्रता बराल र कुमारी मुना बास्तोला विजयी बने । यहाँ १० जना प्रतिस्पर्धी थिए ।
समानुपातिक खस आर्यतर्फ, किरण केसी, मुकुन्द बास्तोला र मदन बस्नेत तथा महिलातर्फ कोपिला तिवारी र मिलन थापा विजयी बने । आदिवासी जनजातितर्फबाट तीर्थकुमारी गुरुङ र सुनयना पालिखे विजयी बने । आदिवासी जनजाति पुरुष खुलामा आषिक गुरुङ र निर्मलप्रसाद कमाचार्य विजयी बने । दलित खुल्लातर्फ अर्जुनकुमार विक, अल्पसंख्यक÷अपाङ्गमा राधाकुमारी गुरुङ विजयी बने ।





