मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

उत्सवमयबन्दै एमाले महाधिवेशन

उत्सवमयबन्दै एमाले महाधिवेशन


  • दुर्गा भण्डारी
  • मंसिर ९ २०७८, बिहिबार

‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ मूल नाराका साथ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन भोलि मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा सुरु हुँदैछ । देशभरिबाट १ हजार ९ सय ९४ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । थप ५ प्रतिशत अर्थात् १ सय ३ जना मनोनित हुँदा कुल २ हजार २ सय ९७ हुनेछन् । मुलुककै अहिलेसम्मको ठूलो र नेतृत्वदायी एकमात्र पार्टी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उत्सवमय बनेको छ । प्रचारप्रसारको शैली, प्रविधिको प्रयोग कार्यकर्ताको ठूलो संख्यामा उपस्थितिले, एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा रौनक थपिदिएको छ ।

यति ठूलो संख्यामा नेता, कार्यकर्ता, शुभेच्छुक शुभचिन्तक र जनताको उपस्थिति व्यवस्थितसमेत गरिएको देखिन्छ । महाधिवेशनको उद्घाटन समारोहलाई व्यवस्थित बनाउन दुईवटा ड्रोनबाट निगरानी गरिने व्यवस्थापन समितिले जनाएको छ । चितवनमा सम्पन्न हुन गइरहेको एमालेको महाधिवेशनले एकताको सन्देश दिन खोजेको छ । देशभरबाट सहमतिका आधारमा यो गुट वा त्यो गुट नभनी प्रतिनिधिहरुको छनौट गरिएको छ । तर, एमाले भित्रकै केही नेताहरुले सहमति होइन,जवरजस्ती चुनावी वातावरणको ढोका खोलेको देखियो । आन्तरिक रुपमा चुनाव नै भए पनि जित्ने र हार्ने दुबै पक्षले सहज रुपमा लिनुपर्ने हुन्छ । अहिले एमालेको नेतृत्वमा आउन चाहना राख्नेहरु संख्या ठूलो देखिएको छ ।

एमालेको विधान अनुसार विगत भूमिगतकालमा काम गरेका जेलनेल सहेका कार्यकर्ताभन्दा फरक शैली, फरक पहिचान बोकेका नयाँ कार्यकर्ताको आगमन हुने देखिएको छ । कतिपय उमेरको कारणले बाहिरिनु पर्ने अवस्था छ भने कतिपयले क्लस्टरका कारण कडा प्रतिष्पर्धाको सामना गर्नुपर्ने देखिन्छ । यसपटक महिलाहरु ठूलो संख्यामा केन्द्रीय नेतृत्वमा आउने पक्का देखिएको छ । अघिल्लोपटक महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उठेका महिला वा समवेशी कोटा जितेकाहरु फेरि पनि महिला वा समावेशी कोटामा दोहो¥याउन नपाउने व्यवस्था छ । सानो संख्याको पदाधिकारीमा पनि केही महिला र समावेशी कोटाका नेताहरुको उम्मेद्वारी पर्ने देखिन्छ । त्यसो भएको हुँदा धेरैजसो नयाँ अनुहारको उदय हुनेछ । भर्खरै अन्य पार्टीबाट प्रवेश गरेकाहरु, पार्टी पद्धति र संगठन –शैली बुझ्न नसकेकाहरु पनि हुनेछन् । यस्तो अवस्थामा पार्टीले सुरुवाती अवस्थामा नै प्रशिक्षित गर्नुपर्ने देखिन्छ । भूमिगतकालमा काम गरेकाहरु अनुभवी कार्यकर्ताबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । कार्यकर्ताको व्यस्थापन नै एमाले दशौं महाधिवेशनको मुख्य चुनौति हो ।
अबको नेतृत्वले एमालेमा चुनाव हारेकाहरुबीचको तुष मेटाउन सक्नुपर्छ । सहमति र एकताको महाधिवेशन बनाउन खोज्दा पनि जवर्जस्त निर्वाचनमा जान खोज्नेहरुले फेरि पनि विवाद र असन्तुष्टिहरु बढाउने सम्भावना देखिएको छ । पुनः निर्वाचनमा हार्ने पक्षले एमाले नेतृत्वलाई गाली गर्ने,असहयोग गर्ने अवस्था हुनुहुँदैन । एमालेको विधानमा ७० उमेरको हद र एकपदमा २ पटकभन्दा बढी बस्न नपाउने व्यवस्था छ । विगतमा पनि एमालेका निर्वाचित अध्यक्ष केपी ओलीलाई निर्वाचनबाट पराजित भएका माधवकुमार नेपालबाट असहयोग भयो । पराजित भएको व्यक्तिबाट आफै अध्यक्ष हुन नपाएकोमा सधैँभरी विवाद खडा गरियो । पार्टीका निवार्चित अध्यक्षलाई काम गर्न नदिनेसम्मको हर्कत भयो । अन्तत्वोगत्वा अध्यक्ष केपी ओलीलाई हटाउन नसकेपछि आफै हटे । पार्टीमा भाँडभैलो गरेर गए । फेरि त्यही प्रवृत्ति दोहोरिन्छ कि भन्ने चिन्ता रहेको छ । माधवकुमार नेपालले रोपेको कलहको बीउ उखेल्न एमालेलाई सकस परेको छ । एमालेमा अहिलेसम्म नेतृत्व गरेका नेताहरुले पार्टीलाई यस्तो आकर्षणको केन्द्रसम्म पु¥याउन सकेका थिएनन् । एमालेलाई विगतमा अरु पार्टीहरले न भाले न पोथी, लिङ्ग नछुट्टिएको भनेर हेप्ने गरेका थिए । जब केपी ओली पार्टी अध्यक्ष बन्नुभयो त्यसपछि पार्टीको पोजिसन छुट्टै बन्यो । केपी ओलीकै नेतृत्वका कारण एमाले चर्चित र आकर्षक बनेको छ । केपी ओलीकै नेतृत्वमा एमालेले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा पाएको छ । एमालेलाई मुलुकका अन्य पार्टीभन्दा शक्तिशाली बनाउने पौरख र सोच केवल केपी ओलीमा मात्रै छ । त्यसैले केपी ओलीलाई नेता, कार्यकर्ता शुवेच्छुक शुभचिन्तक जनता सबैले श्रद्धेय नेताको रुपमा लिन्छन् । उहाँप्रति आम मानिसको आकर्षण छ । केपी ओलीप्रतिको आकर्षण र श्रद्धा बढ्नुको कारण राष्ट्रियताको पक्षमा काम गर्नु नै मुख्य हो । नेपाली भूमिको सिमारक्षक बन्नु हो ।

नेपालका सिमाहरुको सुरक्षा, भारतप्रतिको परनिर्भरर्ता हटाउने, देखिने गरी विकासलगायतका कामले केपी ओलीलाई उचाइमा पु¥याएको छ । उहाँप्रतिको क्रेज बढेको छ । मान्छे देख्न नपाएपनि डमीसँग फोटो खिच्ने, उहाँको भाषणको टिकटक बन्नु केपी ओलीप्रति क्रेज बढेकैले हो । वास्तवमा नेपालले अहिलेसम्म केपी ओलीजस्तो क्षमतावान नेता पाएको छैन । उहाँमा हक्की स्वभाव र आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने क्षमता छ । जनतालाई आफ्नो पक्षमा पार्न सक्ने खुवी रहेको छ । कसै गरेर पनि केपी ओलीलाई परास्त गर्न नसकेपछि षड्यन्त्रपूर्वक अदालतबाट कु गरियो । विपक्षीहरुको एमाले फुटाउने टार्गेट पनि सफल भयो । त्यो बेलामा धेरैको अनुमान थियो एमाले ठूलो क्षति व्यहोर्नु पर्नेछ । तर, जति नेता जता गएपनि एमालेप्रतिको आकर्षण (ग्ल्यामर) भने कम भएको छैन । जसरी महासागरको पानी जति प्रयोग गरेपनि कम हुँदैन, त्यसैगरी जति नेताहरु फुटेर गएपनि एमालेको लोकप्रयितामा कमी आउँदैन । एमालेलाई आकर्षक र लोकप्रिय पार्टी बनाउने जस पार्टी अध्यक्षलाई नै जान्छ । असल नीति र सक्रिय नेतृत्वकै कारण एमाले जनतामाझ झनझन लोकप्रिय बन्दै गएको छ र एमालेको महाधिवेशन पनि उत्सव जस्तो छ । मानौं यो एउटा पार्टीको महाधिवेशन नभएर आम निर्वाचनजस्तो महसुस भएको छ ।

एमालेको विधान महाधिवेशले नै धेरै कुराको शुभ संकेत गरिसकेको छ । कार्यकर्तामाझ खुशीयाली छाएको छ । असहमति, विवाद र विभाजनले निरास बनाएको थियो–एमालेलाई । नेतृत्वका कारण कार्यकर्तामा उत्साह थपिएको छ, जाँगर चलेको छ । कार्यकर्ताहरु नेतृत्वप्रति गर्व गर्न थालेका छन् । अबका दिनमा इमान्दार कार्यकर्ताको पनि कदर हुनेछ । यो खुशीयाली सधैँभर कायम रहन सकोस् । पार्टी गतिविधि संचालन गरेर, पार्टी चलायमान बनाएर नै पोजिसन कायम गर्न सकिन्छ । कार्यकर्तालाई सक्रिय बनाई राखेर जनतामाझ विचार पु¥याउनुपर्छ । एमाले मुलुककै शक्तिशाली र नेतृत्वदायी पार्टी हो भन्नेमा कुनै द्धिविधा छैन । एमाले महाधिवेशनबाट कुशल नेतृत्व समूह छनौट होस् । अध्यक्ष केपी ओलीको विचार, भावना र रफ्तारमा पार्टी गतिविधि संचालन गर्ने समूह आउन सकून् । नेपाल र नेपालीको राष्ट्रियता जोगाउन एमालेकै खाँचो छ । जुन काम एमाले अध्यक्ष केपी ओलीबाहेकले गर्नै सक्दैनन् । त्यसकारण पार्टी र देशलाई अझै पनि केपी ओली चाहिन्छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->