मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नागरिकको स्वास्थ्य र जीवनसँग खेलवाड नहोस्

नागरिकको स्वास्थ्य र जीवनसँग खेलवाड नहोस्

ओमिक्रोन भेरिएन्टबाट नेपाललाई बचाउ ।


  • केदार धमला
  • मंसिर १५ २०७८, बुधबार

विश्वव्यापी फैलिएको कोरोना भाइरसले सताउन छाडेको छैन । कोभिड–१९ को विभिन्न भेरिएन्ट फैलिएसँगै जनमानसमा आतंक सिर्जना गरिरहेको छ । बल्ल बल्ल सुचारु हुन लागेको व्यापार व्यावसाय, विद्यालय, कृषि कर्म, उद्योग कलकारखानालगायत विभिन्न पेशाकर्मीको रोकिएको कर्म सुरु हुनलाग्दा नै ओमिक्रोन भेरिएन्ट देखिन थालेपछि पुनः समस्या थपिएको छ । मानव जातिलाई नै असर पर्ने यस्तो महारोग नियन्त्रण् तर्फ सिंगो विश्व लाग्नुपर्ने भएको छ । नेपाल सरकारले यस विषयमा गम्भीर ध्यान दिनु जरुरी छ ।

पटकपटकको थला पर्ने स्थितिले दैनिकी जीवन चलाउन कठीन हुन्छ । नेपाल सरकारले दक्षिण अफ्रिकाबाट आउने कूटनीतिक, सरकारी औपचारिक र आपतकालीन कामबाहेकका व्यक्तिले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । नेपालका कोभिडको नयाँ भेरियन्ट भेटिएको त छैन तर भेटिएमा स्थिति विकराल बन्नसक्ने देखिएको छ ।

दक्षिण अफ्रिकालगायत अफ्रिकी देशहरूमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । नेपाल सरकार गृह मन्त्रालयले विभिन्न सिमामा आवश्यकता अनुसार निर्णय गर्न चुक्नु हुँदैन । नेपालमा विभिन्न राजनीतिक दलको चुनावी माहोल, विहे, भोज भतेरलगायतका कर्महरुमा अत्यधिक भीड हुने गरेको छ । यस्ता भीडले कोरोना अनियन्त्रित बनाउन सक्छन् भन्नेतर्फ ख्याल गरिएको छैन । यसबाट बच्न सुरक्षित र आवश्यक मापदण्ड नै हो । कोरोनाकालमा मानिसको चहलपहल जुन अवस्थामा थियो ,अहिले बढेको छ । अनावश्यक भीड गरिएको छ । यसप्रति स्थानीय सरकार, सरोकार निकाय गम्भीर बन्नुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई सुचना दिन सक्नुपर्छ । विभिन्न माध्यमबाट डोरटुडोर सुचना पञ्वाह भयो भने यस्तो खतरनाक भाइरसबाट बच्न सकिन्छ । जब जिम्मेवार निकायले ध्यान दिँदैन तबसम्म कुनैपनि रोगको रोकथाम र उपचार हुन सक्दैन । खोपलाई पुर्णता दिन अझैसम्म सकिएको छैन । यसबाट आम मानिसहरु त्रसित अवस्थामा छन । खोप नै पूर्ण रोकथाम र उपचार होइन । यो एउटा सहजीकरण गर्ने माध्यम हो । यसलाई विभिन्न कोणबाट व्याख्या र विश्लेषण भएपनि मानव जीवनरक्षा गर्ने खोप उपयोगी नै मान्न सकिन्छ ।

विकशित देशहरुले आफ्ना नागरिकलाई सुरक्षित बनाउन विभिन्न विधिहरु अपनाएका छन । भिडियो सन्देश दिएको पाइन्छ । हरेक तहमा उल्लेख्यरुपमा सन्देशको पहुँच दिएको छ । नेपाल भूगोलको हिसावले सानो मुलुक हो । स्वतन्त्र मुलुकलाई राज्यले स्वतन्त्र भएर निर्णय गर्न÷गराउनु पर्छ । खुल्ला सिमालाई नियन्त्रणमा राख्न सक्नु पर्छ । नागरिकलाई अनुशासित बनाउन राज्यले लगानी गर्नुपर्छ । राज्यको सम्पति भनेकै जनता हुन भन्ने बुझनुपर्छ । देशमा भएको ठुला ठुला परिवर्तनलाई नागरिकले मनन गर्दै आएका छन । हरेक विषम परिस्थितिलाई छिचोल्दै आएका नागरिकको सम्मान र स्वास्थ्यमा खेलवाड गर्नुहुँदैन । यस्तो अवस्थामा स्वास्थ्यसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय निकायलाई पनि वेलैमा सचेत गराउँदै सहयोगको हातसमेत फैलाउन जरुरी छ । नागरिकको स्वास्थ्य र जीवनलाई राज्यले कमजोर बनाउनु हुँदैन । कतैबाट खेलवाड भएको छ भने पनि रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->