बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

‘सूचनाको हकसम्बन्धी कानुन बनाउन सरकार प्रतिबद्ध’

‘सूचनाको हकसम्बन्धी कानुन बनाउन सरकार प्रतिबद्ध’


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७८, शुक्रबार

पोखरा\गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले सूचनाको हकसम्बन्धी कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार सञ्चारिका समूह गण्डकी प्रदेशले आयोजना गरेको सूचनाको हकसम्बन्धी दुई दिने प्रवोधिकरण तथा प्रदेश भेला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले गण्डकी सरकारले सोसम्बन्धी विधेयक ल्याउन लागेको र मस्यौदा निर्माणको काम भइरहेको जानकारी गराए ।
‘गण्डकी सरकार सुचनाको हकसम्बन्धी कानुन बनाउन प्रतिवद्ध छ । अहिले मस्यौदाको काम भइरहेको छ,’उनले भने,‘विज्ञहरुसँग सल्लाह गरी प्रदेश सुचनाको हकसम्बन्धी कानून बनाउँछौं ।’उनले सूचनाको हकसम्बन्धी कानुन निर्माणमा प्रदेश सरकारमध्ये गण्डकी पहिलो बन्ने दाबी पनि गरे ।
आफू व्यावसायिक क्षेत्रबाट राजनीतिमा आएको उल्लेख गर्दै मन्त्री थापाले अबको राजनीति व्यावसायिक राजनीति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अबको राजनीति व्यवसायिक हुनुपर्छ । राजनीतिलाई पेशा वा जागिर रुपबाट मात्रै हेरिनुहुँदैन । यो त विशुद्ध सामाजिक सेवा हो ।’
मन्त्री थापाले राजनीतिकोमात्रै भर पर्नुपर्ने अवस्थापबाट माथि उठेर व्यवसायिक क्षेत्रमा समेत नेताहरु आबद्ध हुनुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरेका छन् ।
पूर्वराष्ट्रिय सुचना आयुक्त तथा प्रशिक्षक यशोदा तिमिल्सिनाले शासनमा बस्दा सूचना दिने नदिने र शासनबाट बाहिर हुनेबित्तिकै हरेक नागरिकले सूचना पाउनुपर्छ भन्दै हिँड्ने प्रवृत्ति राजनीतिक दलहरुमा मौलाएको जिकिर गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पोखरा महानगरपालिका वडा ३१ का वडाअध्यक्ष कमलबहादुर थापासञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष स्मिता अधिकारीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->