मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लोकतान्त्रिक अभ्यासमा अब्बल बनोस् कांग्रेस

लोकतान्त्रिक अभ्यासमा अब्बल बनोस् कांग्रेस


  • केदार धमला
  • मंसिर २१ २०७८, मंगलबार

नेपालमा प्रायः सबै राजनीतिक दलको आन्तरिक निर्वाचन चलिरेहेको छ । हालसालैमात्र देशका ठूला पार्टीको महाधिवेशनले देशमा चुनावी माहौल देखिएको हो । सबै पार्टीमा नेतृत्व परिवर्तनदेखि नयाँ पुस्ताको आगमन, युवा पुस्ताको व्यवस्थापन र पुराना पुस्ताको सम्मान देखिएको छ । पार्टीको आन्तरिक जीवनमा हुने प्रतिस्पर्धा र आकांक्षाले देशको भविष्य निर्धारण गरेको हुन्छ । परिवर्तन मानिसले नै गर्ने हुन । समूहले लै गर्ने हो । दूरदराजका नागरिकको इच्छा र उनीहरुको अवस्थालाई हेरेर देशको भविष्य कोर्ने हो । यसबाट केही फरक धारणा र समाज परिवर्तनको शंखघोष गरिनु पर्छ । नेपाली राजनीतिमा जेठो पार्टी नेपाली काँग्रेसलाई नियाल्ने हो भने यतिवेला लोकतान्त्रिक पद्धति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको अभाष भएको छ । संविधान जारी गर्नेदेखि नेपालले गर्नु पर्ने काममा जेठो पार्टीको जेठो तरिकाबाट पुष्टि गरेको छ ।

पार्टीको १४ औं महाधिवेशनमा राम्रो र उत्कृष्ट तवरबाट लोकतान्त्रिक अभ्यास गरिएको छ । केन्द्रीय महाधिवेशन नजिकिँदै जाँदा जिल्ला र प्रदेश तहको निर्वाचनले यही नै सन्देश दिएको छ । कांग्रेस नेपाल र नेपालीमात्र होइन । काँग्रेसबाट अन्तर्राष्ट्रिय जगतले पनि आशा र भरोसा गरेको अवस्था छ । विश्व मानचित्रमा नेपाली का्रग्रेसलाई स्थापना कालदेखि नै यसरी नै बुझेका छन् । काँग्रेसले गरेको निर्णय नै बास्ताविक निर्णय भएर आएको छ । नेपालको ठूला–ठूला परिवर्तनको नेतृत्व गर्नेदेखि अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध र नीतिका कारण अहिले पनि काँग्रेसलाई मात्र विश्वास गरेको अवस्था छ । नेपाली कांग्रेसमा नेतृत्वको आलोचना गर्ने र विरोध गर्न पाउने अधिकार पनि रहेको छ । यसको सवल पक्ष भनेको नेतृत्व गर्न चाहने व्यक्ति सधै नरम, हितकारी र नीतिगत हुनै पर्छ भन्ने सन्देश पनि हो ।

हालै भएको नेकपा एमालेको महाधिवेशनमा देखिएको केही चित्रलाई नियाल्दा नेतृत्वको विरोध र आलोचना गर्न नपाइने देखियो । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न समेत नपाइएको अवस्था सवैले देखे । यसबाट के बुझिन्छ भने मैले भनेको मान्नै पर्छ नमान्ने छुट कसैलाई छैन भन्ने हो । यो ठीक होला, तर हिजोको जस्तो अवस्था छैन, नागरिकलाई मानिस बनाए जस्तो हो । कम्युनिष्ट नीति र दर्शनले गर्न चाहेको पूरा हुनैपर्छ भन्ने हो, यसलाई नेतृत्वले अनुमोदनमात्र गर्ने भन्ने सन्देश दिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा पनि हिजोदेखि नेतृत्व सम्हाल्दादेखि नै यस्तै विचारले स्थान पाएको देखिन्छ । जो आजको शिक्षित र सक्षम नागरिकले बोझकोरुपमा झेलिहेका छन् । संगतले सिकाएको पाठ र पिछा पर्ने पद्धतिले दिएको असहजतालाई आम नागरिकले चिर्न नसकेकोमात्र हो । यही कारण नेपाली समाजमा कम्युनिष्टको मत बाँकी रहेको छ । देखाउने, धम्काउने, शक्तिको आडमा तर्साउने नीति एमालेको १० औं महाधिवेशनमा देखिएको चित्र हो ।

राप्रपा पार्टीमा नेतृत्व परिवर्तनलाई लिएर कमल थापालगायतको चरित्रले झन अलोकतान्त्रिक रहेको पुष्टी ग¥यो । अरुलाई दोष लगाउने राजनीति रहेसम्म नेपालको भविष्य राम्रो बन्न सक्दैन । हिजो राणालाई पुरै दोष दियो, अनि पञ्चायती व्यवस्थालाई दोष दियो, अनि राजा कै कारण समस्या भएको संकेत गरियो । अव दोष दिने ठाउँ छैन । जो आफै नै हो । सवै राजनीतिक दल हुन । यो पार्टी, त्यो पार्टी विदेशीको इशारामा चल्यो, देशको अहित ग¥यो, राष्ट्रियतालाई धरापमा पा¥यो भन्ने छुट कुनै पनि राजनीतिक दललाई छैन ।

नेपाली कांग्रेसले यही परिस्थितिमा आफुलाई सक्षम र अब्बल बनाउँदै लैजानु पर्छ । १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मतपत्र प्रयोग हुने भएको छ । यसबाट सबै क्षेत्र वर्ग समेटिने आशा गर्न सकिन्छ । प्रक्रियागत त्रुटि नगरी महाधिवेशन सम्पन्न गर्नु सुखद पक्ष हो । यसबाट लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन हरेक किसिमको उत्तम उपायहरुलाई अवलम्बन गरिनु नै नागरिकमुखी योजना हुने हो । काँग्रेसले यस पटक ‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारा तय गरेर महाधिवेशनमा जुटेको छ । देशभरबाट आएका अर्थात १ सय ६५ निर्वाचन क्षेत्रबाट आउने महाधिवेशन प्रतिनिधिहरुले भविष्यको बलियो काँग्रेस बनाउने हुन् । उनीहरुको दक्षता, क्षमता र आर्थिक पारदर्शिताले भविष्य निर्धारण हुन्छ । १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीको हितमा लागेका संस्था तथा शुभेच्छुक निकायको योजना तथा धारणालाई पनि ध्यान दिन सक्नु पर्छ । स्कुल अफ डेमोक्रेसीले सार्वजनिक बहसमा भन्दै आएको ‘१ निर्वाचन क्षेत्रमा १ व्यक्ति १ पटककालागि मात्र’ चुनावमा लडन पाउने व्यवस्था बनाउने हो भने काँग्रेस बलियो हुन्छ । कांग्रेसको विचार उत्कृष्ट हुन्छ भन्ने मान्यता राख्ने स्कुल अफ डेमोक्रेसीका कोषाध्यक्ष ई. निरण महर्जन यसमा सहमत छन् ।

महर्जनको भनाईलाई नियाल्दा यतिखेर नेपाली कांग्रेसले नेतृत्व प्राप्त गर्न ५१ प्रतिशत मत ल्याउनै पर्ने नीति पनि प्रभावकारी छ । आदिवासी–जनजाति, महिला, खस–आर्य, पिछडा वर्ग, अल्पसंख्यक सवैको प्रतिनिधित्व काँग्रेसले गर्न सक्छ भन्ने सन्देश पनि १४ औं महाधिवेशनले दिएको छ । यससँगै वडा तहबाट बनेको संरचना गाउँपालिका, नगरपालिका, महानगर हुँदै जिल्ला समिति, क्षेत्रीय समिति, प्रदेश समिति बन्दै केन्द्रीय समिति बन्दासम्म हरेक तहमा अवसर र चुनौति छ । विभिन्न तहबाट निर्वाचित तथा मनोनित नेतृत्व कर्ताले धेरै विषयमा ज्ञान आर्जन गरेका हुन्छन, जसले सवल र सक्षम काँग्रेस नेता तथा असल नागरिक निर्माणमा जुटने शक्ति बन्दछ । कांग्रेसले १४ औं महाधिवेशनबाट सवै दोषहरु निरुपण गर्दै विगतमा देखिएको कमिकमजोरीलाई हटाउँदै अघि बढनु श्रेयकर हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->