शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेलायतमा ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु

बेलायतमा ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार

लन्डन – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ। बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण अहिले विश्वभरि फैलिरहेको छ। तर अहिलेसम्म ओमिक्रोन संक्रमणबाट ज्यान गएको यो नै पहिलो घटना हो।

बेलायत सरकारले ओमिक्रोन फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन संकटकाल घोषणा गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले टेलिभिजनमा कुराकानी गर्दै ओमिक्रोन तीव्ररुपमा फैलिनसक्ने कुरालाई नजरअन्दान गर्न नमिल्ने बताएका थिए। प्रधानमन्त्री बोरिसले १८ वर्ष माथि नागरिकलाई तत्काल बुस्टर डोज दिने घोषणा गरेका छन्। उनले वृद्धवृद्धाको हकमा भने यही महिनाको अन्त्यतिर बुस्टर डोज दिने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->