पोखरा/पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहेको प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।
सफल पोखरा म्याराथनको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीसँगको छलफलमा मुख्यमन्त्री नेपाली सो कुरा बताएका हुन् । सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले खेलको महत्वबारे अझै जनचेतना जगाउन आवश्यक रहेको बताए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।





