शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हिमपातमा परी गण्डकीका २ जना बेपत्ता

हिमपातमा परी गण्डकीका २ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७८, शुक्रबार

पोखरा/ मंगलबार साँझदेखि परेको हिमपातमा परी गण्डकीमा २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुस्ताङ र म्याग्दीका एक/एक जना छन् ।
जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् । बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । ‘बेपत्ताको खोजी कार्य भइरहेको छ । अहिलेसम्म कुनै जानकारी आएको छैन,’ सिडिओ आचार्यले भने ।

त्यस्तै, म्याग्दी बिहीबार हिमपातमा परी धावलागिरि गाउँपालिका १, गुर्जाका एकजना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दी सहायक सिडिओ धिरेन्द्रराज पन्तका अनुसार बेपत्ता हुनेमा ५० वर्षीय रामबहादुर छन्त्याल छन् ।
उनी पनि भेडीगोठमा गएकोबेला हिमपहिरोमा परी बेपत्ता भएका हुन् । ‘उहाँसँगै अरु ३ जना बेपत्ता भएका थिए । तर, उनीहरु सम्पर्कमा आइसकेका छन् । बेपत्ता छन्त्यालको खोजी कार्य भइरहेको छ,’ सहायक सिडिओ पन्तले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->