आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङ समाजको रजत जयन्ती

लमजुङ समाजको रजत जयन्ती


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७८, आइतबार

पोखरा/ पोखरा १५ लक्ष्मीटोलस्थित लमजुङ समाजले रजत जयन्ती मनाएको छ । ल्होसारको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ थिए । उनले विविधताको मुलुकमा जाति,समुदायगतका आधारमा अझै पनि विभेद कायमै रहेकाले सबै सचेत हुँदै अघि बढ्नुपर्ने बताए ।

पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले सभ्यता र संस्कृति विकास भएको लमजुङको मौलिकता संरक्षण आवाश्यक रहेको बताए ।अर्का विशेष अतिथि पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले विविधतायुक मुलुकमा सद्भाव विकास पर्व ल्होछार सबैको पर्व बनेको बताए ।

लमजुङ समाजका संस्थापक अध्यक्ष क्या.वीरबहादुर गुरुङले समाजको रजत जयन्ती मनाउन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

कार्यक्रममा समाज स्थापनाकालमा समाजको जग्गा खरिदका विशेष सहयोगदाताहरु संस्थापक अध्यक्ष क्या.वीरबहादुर गुरुङ, संस्थापक उपाध्यक्ष बुद्धिमान गुरुङ, वरिष्ठ सल्लाहकार मे.विर्षराज गुरुङ(स्वर्गीय), सल्लाहकार ले.डिलबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष मिथुनबहादुर गुरुङ(स्वर्गीय), संस्थापक सचिव स्टाप सार्जन कृष्णबहादुर गुरुङ(स्वर्गीय), कार्यसमिति सदस्य चिबहादुर गुरुङ, कार्यसमिति सदस्य लालबहादुर गुरुङलाई सम्मान गरिएको थियो । यस्तै संस्थापक अध्यक्ष क्या.वीरबहादुर गुरुङ, ठाडो भाका संरक्षक बुद्धिमान गुरुङ, चलचित्रकर्मी खुशबहादुर गुरुङ, वरिष्ठ समाजसेवी कर्णेल जेपी क्रस, लोकगायिकाहरु उमा गुरुङ, माया गुरुङ, ओमकुमारी गुरुङ, ठाडो भाका गायिका मिममाया गुरुङ,सिता दुरा, घाँटुसरी मिना गुरुङ, घाँटुसरी पुनमाया गुरुङ लगायतलाई स्रष्टा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->