बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खानेपानीको चुनावमा पनि दलीय प्रतिष्पर्धा

खानेपानीको चुनावमा पनि दलीय प्रतिष्पर्धा


  • खगेन्द्र पराजुली
  • पुष २१ २०७८, बुधबार

नवलुपर/नवलुपरको प्रगतिनगर खानेपानी संस्थामा स्थानीय तहको चुनावको झल्को दिनेगरी दलहरुबीच प्रतिष्पर्धा भएको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी सस्थामा भएको चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले जित सुनिश्चित गरेको हो ।

प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका खिमानन्द भुसाल निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा र नेकपा (एस) सहित ४ दलीय गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

गठबन्धनका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पौडेललाई ५ सय ५९ मतान्तरले भुसालले हराएका हुन् । ३ हजार ५ सय ४९ मत खसेकोमा अध्यक्षमा एमालेका खिमानन्द भुसालले २ हजार ४ मत प्राप्त गर्दा गठबन्धनका अध्यक्ष पौडेलले एक हजार ४ सय ४५ मत प्राप्त गरेका थिए ।अध्यक्षमा एमालेका उम्मेदवार विजयी हुँदा सचिवमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका इन्द्रमणि भुसालले जित निकाले । इन्द्रमणिले एमालेका उम्मेदवार सूर्यप्रसाद दवाडीलाई २१ मतान्तरले उछिन्दै जित निकालेका हुन् । संस्थाको ९ सदस्यका लागि भएको प्रतिस्पर्धामा एमालेका तर्फबाट उम्मेदवार बनेका ६ जनाले विजय हासिल गरेका छन् भने गठबन्धनका तर्फबाट ३ जना कार्य समिति सदस्यमा निर्वाचित भएका छन् । ३ सदस्यीय लेखा समितिको संयोजक सहित सदस्यमा पनि एमालेकै उम्मेदवारले जित निकालेका छन् । संस्थाका उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचित सदस्यमध्येबाटै कार्य समिति बैठकले मनोनित गर्ने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->