विश्वले सुचना र प्रविधिको क्षेत्रमा अभूतपूर्व सफलता हाँसिल गरिरहेको बेलापत्रकारिता क्षेत्रको भने गुणस्तरीयता कम हुँदैगएको गुनासो आउने गरेको छ । पत्रकारिता पेशामा प्रविधिको अधिक प्रयोग हुने हुँदा प्रविधिका कारण पत्रकारिता पेशा सहज बन्दै जानु नराम्रो भनेहोइन तर त्यही प्रविधिको फाइदा उठाउँदै व्यापक रुपमा बौद्धिक सम्पत्तिको चोरी हुनु भनेको राम्रो होइन । पछिल्लो समय नेपालमा पत्रकारिताको विकास द्रूत गतिमा भएकोजस्तो देखिन्छ ।र ,हो पनि । संचार माध्यम बढ्नु वा प्रविधिको प्रयोग हुनुमात्रै विकासको सूचक भने होइन । अहिले पाठक÷दर्शकले खोजेको गुणस्तरीय पत्रकारिता हो । सत्य र तथ्य परक सन्तुलित समाचार हो अनि समाचारमूलक प्रस्तुति हो । सूचना प्रविधिको पहँुचको कारण बग्रेल्ती खुलेका छन्–अनलाइन मिडियाहरु ।एक नागरिक एक अनलाइन मिडियाभएकाछन् ।कहीँकतै दर्ता गर्नु पनि नपर्ने,लगानी पनि धेरै गर्नु नपर्ने ! एउटा कम्प्यूटर भए पुग्ने, समाचारदाता पनि राख्न नपर्ने, समाचार लेख्ने सीप पनि नचाहिने, सिर्जनात्मकता हुन पनि नपर्ने, आफूलेकपि गरेका समाचारको पुष्टि पनि अर्कैले गरिदिएको हुनुपर्ने । अडियन्समा भ्रम छर्न पनि सजिलो, कम्प्युटरमा टाइप गर्न पनि नपर्ने, केवल कपि र पेष्ट गर्न जाने भयो । पहिलाभन्दा अहिले धेरै नै सजिलो भएको छ । पत्रकारिताको द्रूतविकास भएको छ । आफ्नै नाक अगाडी भएका घटनाहरु पनि कुनै एउटाले बंग्याएर अनलाइनमा राख्यो भने सबैले कपी गर्ने प्रवृत्ति बढेको छ । पत्रकारिता पेशा भनेको तथ्यमा आधारित रहेर तथ्यलाई सत्य नजिक पु¥याउन, पुष्टिगर्न, प्रमाणहरु खोज्नुपर्ने पेशा हो । तर, अहिले अनलाइन पत्रकारिताको सुरुवात कुनै अदृश्यले शक्तिले जे एजेण्डा बनाइदियो त्यहीशीरोपर गर्ने भएको छ । सायद नागरिक पत्रकारिताको सुरुवात होला! ‘मेरो यो नामको अनलाइन हो, म अनलाइन पत्रकार हुँ । यति पैसाको विज्ञापन चाहियो’ भन्न पाइने ! कार्यक्रममा जाँदा अग्रभागमा ससम्मानका साथ बस्न पाइने, कहीँकतै पनि लाइनमा बसेर सेवा लिन नपर्ने, हुँदाहँुदा पार्किङ शुल्क पनि तिर्न नपर्ने भएको छ । प्रविधि बुझेका नेपालीहरु भविष्यमा धेरै अनलाइन पत्रकार हुन सक्नेछन् । सरकारी कार्यालयका कर्मचारी, हाकिम हुन् याव्यापारी,सबैमा पत्रकारिताको ग्ल्यामर बढेको छ । सबै पत्रकार हुन चाहन्छन् । एफएममा एउटा सांगीतिक कार्यक्रम चलाउने पनि पत्रकार, आंशिक समयमा समाचार पढ्ने कर्मचारी पनि पत्रकार, राजनीति गर्ने पनि पत्रकार, कपडा व्यापारीदेखि होटल व्यवसायीसम्ममा पत्रकारिताको आर्कषण बढेको पाइन्छ । अब अनलाइन न्यूज पोर्टल संचालन गर्न कुनै गाह्रो कुरा नै भएन । अन्य अनलाइनमा आएका समाचार र पत्रिकामा छापिएका समाचारहरु आफ्नोसाइटमा राख्दा भइहाल्यो । सस्तिँदै गएको छ –अनलाइन पत्रकारिता । संख्या बढ्दो, गुणस्तर घट्दो छ । कुनै दिन यो प्रवृत्तिले अफ्ठेरो नर्पाला भन्न सकिँदैन ।
नेपालजस्तो पहाडी मुलुकमा रेडियोको प्रभावकारिता बढ्ने सम्भावनाका कारण२०५२ सालमा एफएम रेडियोको आवश्यकता महशुस गरियो । प्रशारणसम्बन्धी सरकारी नीति बनेपछि रेडियो संचालन गर्न होडबाजी नै चल्यो । बजारको आवश्यक्ताभन्दा धेरै रेडियोहरु संचालनमा आए । धेरै साप्ताहिक र दैनिक पत्रिकाहरुको प्रकाशन२०४६ पछि नै भएको हो । पछिल्लो समयमा आफूलाई नयाँ मिडियाको रुपमा चिनाउँदै रेडियो र टेलिभिजनहरु बग्रेल्ती संचालनमा आए । सामुदायिक र व्यापारिक रेडियोमा भेद छुट्टयाउनै गाह्रो पर्ने भयो । सामुदायिक भनिन्छ समुदायमा आधारित उद्देश्य र कार्यक्रम छैन । पत्रकारले जहिले पनि भोलेन्टीयर भएर काम गर्नुपर्ने अवस्था छ । संचालकलाई सबै थोक गर्न पुग्छ,श्रमजीविलाई पारिश्रमिक दिने बेलामा पैसा सकिन्छ । नाफामूलक रेडियो पनि त्यस्तै छन्। संचालकलाई विदेश भ्रमण गर्न र अनेक फुर्माइस गर्न पुग्छ तर रेडियोमा कार्यरत पत्रकारलाई पारिश्रमिक दिने बेलामा मुनाफा हँुदैन । त्यसो भए। पछि राम्रा पत्रकारहरु त्यस्ता रेडियो पत्रिका र टेलिभिजनमा बस्ने कुरै भएन स्वदेश तथा विदेशमा राम्रो अवसरको खोजी गर्दै जानु स्वभाविक नै हो । अहिले देशभरिका ८० प्रतिशत रेडियोमा सिकारु पत्रकारमात्रै कार्यरत छन् (स्वअध्ययन) । बेलैमा पारिश्रमिक नपाएपछि भएका केही पुराना पत्रकारहरुलाई पनि मेहनत गर्न जाँगर चल्दैन । निःशुल्क प्रस्तोता तालिमका लागि ट्रेनिङ इन्स्टिच्यूटको रुपमा प्रायः रेडियाकोे विकास भएको छ । बेरोजगार पत्रकारको जनसंख्या बढ्दै गएको छ । एसइई गरेपछि रेडियो प्रस्तोता हुने र प्रस्तोता भएको केही समयपछि समाचार वाचक हुन्छन् । एसइई ले नै काम चल्ने भएपछिकिन पुराना राखेर आर्थिक भार बहन गर्ने ? के कालागि, कसलाई चाहियो गुणस्तरीयता ?रेडियोमा काम गरेपछि जनसम्पर्क बढ्ने, सबैले चिन्ने, मानसम्मान पाइने हुँदा दीगो होइन, करिअर बनाउने भ¥याङको रुपमा पनि लिने गरेका छन्– रेडियोलाई ।जसले गर्दा रेडियोमा श्रमजीविलाई पारिश्रमिक लिनु–दिनु नपर्ने वातावरण बनेको छ । पुराना अनुभवी पत्रकारले पारिश्रमिकको कुरा उठाउने बित्तिकै कामबाट हटाउने,‘ तिमीजस्ता थुप्रै छन् रेडियोमा सिक्न आउने’ भनेर हाक्काहाकी भन्ने गर्दछन् ।
संचार माध्यमको महत्व र यसको प्रभावकारिता बुझे पनि मिडिया संचालकहरुले यसको दुरुपयोग र मात्रै आफ्नो फाइदाको लागि प्रयोग गर्दै आएका छन् । यस्तो अभ्यासले संचारमाध्यमको विकास हैन कमजोर र कालान्तरमा विनाश हुनसक्नेछ । पैसावाल जस्तासुकै व्यक्तिले पनि संचारमाध्यम संचालन गरेर समाजलाई के शिक्षा दिने ? संचारमाध्यम, निहित स्वार्थका लागि गुणस्तहीन, र जोसुकैको हतियार बन्नसक्ने खतरा बढ्दै गएको छ । यसले समाजलाई सत्य–तथ्यमा आधारितभन्दा असत्य, नकारात्मक तथ्यहीन र रहस्यमय बनाउँदै लगेको छ । संसारमा पहिला मिडिया संचालन गर्दाका स्थापित मूल्य–मान्यताभन्दा फरक देखिएका छन्–आजका मिडिया ।कतिपय अवस्थामा कतिपय मिडियाले राज्यलाई कमजोर बनाउने खालका विदेशीका एजेण्डाहरु बोक्ने गरेका छन् ।
पत्रकारहरुको प्रमुख समस्या पारिश्रमिकसँग जोडिएको छ । पत्रकारिता पेशामा अंगाल्नेहरुले अहिलेसम्म पनि केहीबाहेक अधिकांशले बिना तलब नै काम गरिरहेका छन् । तलब पाउनेहरुको पनि अपुग छ र भनेको समयमा पाउँदैनन् । आर्थिक अभावबाट गुज्रिरहेका पत्रकारहरुले आर्थिक उपार्जनका लागि विभिन्न विकल्पहरु खोज्नु परेको अवस्था छ । यसरी अन्यत्रै पेशा र व्यवसायमा लाग्दा पत्रकारहरुले अध्ययन, अनुसन्धान गरेर समाचार खोजी गर्नसमेत सक्दैनन् । उनीहरुलाई एउटा छुट्टै दृष्टिकोणले डोहो¥याएको हुन्छ । कुनै एउटा मिडियालाई राम्रो र चर्चित बनाउन लगानीकर्ताको पैसाले मात्रै पुग्दैन, मिडियासँग सम्बन्धित (पत्रकार, बितरक, मार्केटिङमा काम गर्ने कमचारी ) टिमको महत्वपूर्ण भूमिका हुन्छ तर मिडियाका संचालकहरुले के बुझ्दैनन् । कि बेच्ने नत्र बन्द गर्छन् । मिडियाको बिक्री गर्दा सम्वन्धित टिम पनि बिक्री हुन्छ । लगानीकर्ताले गरेको नाफामा उनीहरुको कुनै हिस्सा हँुदैन । मिडिया घाटामा गयो भनेको भरमा पत्रकारलाई पारिश्रमिकबाट बञ्चित गर्न पाइँदैन । जबकि थोरै तलबमा पनि पत्रकारहरुले जीवनको उर्जाशील समयमा काम गरेर मिडियाको उचाइ र लगानीलाई बढाई रहेका हुन्छन् । श्रमजीविको रुपमा काम गर्ने पत्रकारहरुले मिडियामा स्वामित्व खोज्न जरुरी छ । सर्वसाधारण नागरिकलाई सूचना प्रवाह गर्ने जिम्मेवारी पाएको संचार क्षेत्रमा देखिएका समस्याका कारण अहिले मिडिया विकृति उन्मुख बन्दै गएको अवस्था छ । यस्ता मिडियाले नागरिकलाई कस्ता सन्देश दिने ? नकारात्मक ?
व्यक्तिगत स्वार्थपूर्तिका लागि खोलिएका संचार माध्यमका संचालकहरुले श्रमजीवि पत्रकारको श्रम शोषण गरिरहेका छन् । कुनै पनि व्यापार–व्यवसाय संचालन गरेर मजदुरहरुलाई काममा लगाएपछि व्यापार–व्यवसायमा घाटा भयो भनेर पारिश्रमिक नदिइ सुख पाउँछन् ? नोक्सान हुने व्यवसाय बन्द गर्नुपर्छ । मिडियाका संचालकहरु भने मिडिया घाटामा गयो भने न बन्द गर्छन् न श्रमजीवि पत्रकारलाई तलव नै दिन्छन् । बरु संचार माध्यममा नयाँनयाँ कामदार राखेर स्वयंसेवा गराउँछन् ।
दक्ष जनशक्तिका ठाउँमा अदक्ष जनशक्तिले काम गर्दा मिडियाको स्तर पनि खस्किँदै जान्छ । केही महिना वा वर्षपछि फेरि उस्तै श्रमजीवि पत्रकारको समस्या बल्झन्छ । यसमा पनि राजधानी र राजधानी बाहिरका पत्रकारहरुको समस्याहरु भिन्दाभिन्दै छन् । राजधानीका मिडियामा काम गर्ने पत्रकारहरुले केहि हदसम्म तलव पाउने गर्छन् भने राजधानी बाहिरका धेरै पत्रकारहरुले थोरै तलव लिएर वा स्वयंसेवकको रुपमा काम गरिरहेका छन् । श्रमजीवि ऐन कार्यान्वयन गर्ने विषयमा न सरकार जिम्मेवार देखिन्छ न त पत्रकारहरुको संस्था पत्रकार महासंघलगायतले नै भित्रैदेखि चासो राख्छ । सरोकारवाला निकायहरु समस्या हल गर्न असक्षम भएपछि श्रमजीवि पत्रकारहरु पीडित र कुण्ठीत बन्नु परेको अवस्था छ । श्रमजीविलाई पारिश्रमिक नदिने मिडियाहरु बन्द भए पनि केही फरक पर्दैन भन्न थालेका छन्–श्रमजीविहरु । यस्तो हुन सके लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाइ दिँदै श्रमजीविको शोषण गर्ने परम्पराको अन्त्य हुनेछ । श्रमजीविहरुले पारिश्रमिक पाइन भनेर गीत गाउँदै हिँड्नुपर्ने थिएन । वास्तवमा उनीहरुले कार्यरत संचार प्रतिष्ठानले पत्रकारलाई उपलब्ध गाएको परिचयपत्रको आधारमा पनि अधिकार प्राप्त गर्नसक्छन् । बिना हिच्किचाहट आफ्नो पारिश्रमिकका लागि, अधिकार प्राप्तिको लडाइँ लड्नु पर्दछ । कसैले साथ नदिए पनि न्यायालयले साथ दिनेछ । अहिले सरकारले श्रमिकको हितमा ल्याएको योगदानमा आधारित सामाजिक सामाजिक सुरक्षा कार्यक्रम, श्रमजीवि पत्रकारको हितमा नै छ र पत्रकारले पनि कार्यान्वयन गराउन सक्नेछन् । बुझ्दै नबुझी आशंकाको भरमा कसैको उक्साहटमा लागेर थाहै नपाई कसैको मिसन पूरा गराउन विरोध नगरौं । पत्रकारहरुले स्वस्थ्य आलोचना गर्ने हो राम्रो कामको समेत बिरोध गरेर नकारात्मक भावना फैलाउने होइन । यस्तो कार्य पत्रकारहरुको व्यावसायिक कार्यभित्र पर्दैन ।





