शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्थमन्त्री र पोखराका मेयरलाई कोरोना

अर्थमन्त्री र पोखराका मेयरलाई कोरोना

अर्थमन्त्रीका परिवारसहित सचिवालयका ८ जनामा मंगलबार कोरोना पुष्टि भएको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७८, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालसहित सचिवालयका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा बरालसहित बरालका सवारी चालक, कार्यालय सहयोगी र स्वकीय सचिवसहित ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री बरालको सचिवालयमात्रै नभएर परिवार सदस्यलाई संक्रमण पुुष्टि भएको सहायक स्वकीय सचिव दीननाथ बरालले जानकारी दिए । ‘यहाँबाट ११ जनाको पिसिआर परीक्षण गरेका थियौं । त्यसमध्ये ३ जनाको बाहेक सबैलाई संक्रमण देखियो,’ बरालले भने । उनका अनुसार संक्रमण पुष्टि हुनेमा बरालका श्रीमति, बुहारी, नाति छन् ।

हालै सकिएको माओवादी महाधिवेशनबाट फर्किइसकेपछि अर्थमन्त्री बराल अस्वस्थ भएका थिए । ‘बीचमा केही दिन निको पनि हुनु भएको थियो । तर, कार्यालय सहयोगी बहिनीलाई संक्रमण पुष्टि भएपछि परीक्षण गर्दा कोरोना देखियो,’ बरालले भने, ‘लक्षण भने केही देखिएको थिएन ।’

काठमाडौंबाट फर्किसकेपछि अर्थमन्त्री बरालसहित माओवादीका प्रदेश सांसद गायत्री गुरुङ र वाइसिएल संयोजक सुमन देवकोटालाई समेत कोरोना संक्रमण पुष्टि भएको प्रदेश सांसद दीपक कोइरालाले जानकारी दिए ।
त्यस्तै, कोरोना भाइरसबाट पोखरा महानगरका मेयर मानबहादुर जिसी पनि संक्रमित भएका छन् । साउन १ गते मस्तिष्क घात भएर हाल आराम गरिरहेका मेयर जिसीलाई कोरोना पुष्टि भएको प्रेस संयोजक माधव बरालले जानकारी दिए । ‘एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि एकहप्तालाई भेटघाट बन्द गरिएको छ,’ उनले भने ।

गण्डकीमा ५ सय नाघे सक्रिय संक्रमित

गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेश स्वास्थय निर्देशनालयका अनुसार बिहीबार साँझसम्म गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ सय ९७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा गण्डकीमा १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १९ जनामात्रै संक्रमित निको भएका छन् । प्रदेशभर हालसम्म १ हजार ४२८ जना संक्रमितले ज्यान गुमाएका छन् ।
तथ्यांकअनुसार गण्डकीमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला कास्की बनेको छ । कुल सक्रिय संक्रमितमध्ये कास्कीमा मात्रै ८० प्रतिशत भन्दा बढी सक्रिय संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा मात्रै ४ सय ९ जना सक्रिय संक्रमित छन् ।

गण्डकीमा पछिल्लो एकहप्तामामात्रै करिब ३ गुणाले कोरोना संक्रमित थपिएका हुन् । अघिल्लो हप्तामात्रै गण्डकीमा १ सय ७२ जनामात्रै सक्रिय संक्रमित थिए । हाल पुनः कोरोना संक्रमणदर बढेसँगै अस्पतालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->