बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जिपी अस्पतालमै अक्सिजन उत्पादन

जिपी अस्पतालमै अक्सिजन उत्पादन


  • ढोरपाटन संबाददाता
  • माघ १ २०७८, शनिबार

तनहुँ/ जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अक्सिजन प्लान्टबाट उत्पादन समेत थालिएको छ । मंगलबारदेखि अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले बताए ।

उनका अनुसार प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । ‘अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ उनले भने । अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब अक्सिजन आवश्यक पर्ने विरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।

दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो । तर प्लान्ट जडानमा ढिलाइ गरियो ।

अस्पताल नजिक रहेको विधुतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाइ भएको कार्यकारी प्रमुख डा श्रेष्ठ स्वीर्काछन् । ‘ट्रान्सफर्मरको क्षमताले नधान्ने भएपछि टेन्डर प्रकृयामा जानुपर्ने भयो । टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा झन्डै तीन महिना ढिलाई भएको थियो,’ उनको प्रस्टोक्ति छ । दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको हो ।

जिपीमा जिल्लाका स्थानीय तहले कोरोना संक्रमितका लागी छुट्टै आईसोलेसन भवन बनाईदिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि जिपीले आइसोलेसनलाई तयारी अवस्थामा राखेको छ । सरसफाई र मर्मत सम्भार गरेर आइसोलेसनलाई तयारी
अवस्थामा राखेको अस्पतालका कोरोना फोकल पर्सन प्रदीप पौडेलले बताए ।

असोज तेस्रो सातादेखि आइसोलेसन रित्तो थियो । ‘लामो समय संक्रमित आइसोलेसनमा आएका छैनन् । ओमिक्रोन भेरियन्ट फैलन थालेपछि मर्मत र सरसफाई गरेर तयारी अवस्थामा राखेका छौँ । संक्रमित आएको खण्डमा आइसोलनमा राख्नेछौं,’ पौडेलले भने ।
पौडेका अनुसार अस्पतालमा ३० बेडको आइसोलेसन छ । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच बेड आइसियु र तीन बेड भेन्टिलेटर छ । यहाँको आइसोलेसनमा पहिलो चरणको कोरोनामा २ सय ७७ संक्रमितले सेवा लिए । दोस्रो चरणमा २ सय २२ जना संक्रमितले सेवा लिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->