शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

रुद्रमानको स्मृतिमा उद्यान बनाउन अभियान

रुद्रमानको स्मृतिमा उद्यान बनाउन अभियान

पार्कमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालयसमेत निर्माण गर्ने योजना घरबासले बनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७८, मंगलबार

बागलुङ/ग्रामिण पर्यटनका पीता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधिन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउने अभियान थालिएको छ । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको अतिथी सत्कार घरबासले उद्यान निर्माणको काम थालेको थियो ।
उद्यान निर्माणको जिम्मेवारी पाएको उपभोक्ता समिति र घरबासले संरचना निर्माणका लागि रकम अभाव भएकाले सहयोग अभियान थालेका हुन् । भकुण्डे भ्यूटावर परिसरमा उद्यान निर्माणको काम थालिएको अतिथी सत्कार समुदायीक घरबासका अध्यक्ष खिमबहादुर थापाले बताए । गुरुङको शालिकसहितको उद्यान निर्माण हुनेछ । १ सय मिटर लम्बाई र ४० मिटर चौडाई क्षेत्रफलमा उद्यान बनाउने काम थालिएको थापाले बताए ।
‘ग्रामिण पर्यटनका पिता गुरुङको स्मृतिमा पार्क बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो’ थापाले भने ‘घरबासकै पहल र सक्रियतामा पार्क बन्दैछ ।’ गण्डकी प्रदेश सरकारले घरबासको लागि उपलव्ध गराएको १० लाख रुपैयाँ अनुदान सहयोगबाट उद्यानको काम थालिएको थियो । झण्डै ५ करोड ५० लाख रुपैयाँको बिस्तृत परियोजना प्रतिवेदन रहेको उद्यानका लागि दश लाख रुपैयाँ मात्रै अनुदान मिलेको छ । बाँकी रकम जुटाउन उपभोक्ता समिति, स्थानीय र घरबास सञ्चालकहरु दाताको साथ खोजिरहेका छन् । अभियानको सुरुवात भएसँगै देश बिदेशमा रहेका भकुण्डेबासीले सहयोग गर्न थालेका छन् । अभियानलाई प्रभावकारी बनाउँदै प्रारम्भिक चरणका कामहरु सम्पन्न गर्ने लक्ष रहेको थापाले बताए ।
अघिल्लो बर्ष उद्यान निर्माण स्थलमा तारबार र संरचना निर्माणको काम थालिएको उपभोक्ता समितिले जनाएको छ । ‘उद्यानमा फुलबारी र अन्य संरचनाहरु पनि बन्छन्’ थापा भन्छन् ‘पर्यटकीय गाउँ भकुण्डे आउने पर्यटकको लागि अर्को सुन्दर गन्तव्य बनाउँदै छौं ।’ पार्कमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्री रहने पुस्तकालयसमेत निर्माण गर्ने योजना घरबासले बनाएको छ । ‘यहाँ आउने जो–कोहीले ग्रामिण पर्यटनका पिताको विषयमा जानकारी पाउन भन्ने हो’ थापाले भने ‘ग्रामिण पर्यटनको बिषयमा अध्ययन गर्न चाहनेहरुका लागि व्यवस्था मिलाउँछौं ।’
घरबास सञ्चालक र उपभोक्ता समितिले गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीलाई ल्याएर उद्यान निर्माणको शिलान्यास गराएका थिए । ‘प्रदेश सरकारले घरबासलाई दिएको रकम दुरुपयोग भनेर अनुगमन थालेको छ, हामीले कामको सुरुवात मन्त्रीबाट गराएर इमान्दारिता देखायौं’ घरबास सञ्चालक चन्द्रबिर थापाले भन्नुभयोे ।
अस्ट्रेलियन नागरिक टमी पार्क र भूतपूर्व गोरखा सेनाका अवकाश प्राप्त लाहुरे गुरुङको प्रयासमा २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो । गुरुङकै कामलाई पछ्याउँदै घलेगाउँमा २०५७ वैशाखमा ग्रामीण पर्यटनले ढोका उघारेको कतिपय सोधहरुमा उल्लेख छ । गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) पोखराले पनि यसअघि गुरुङ स्मृति पुरस्कार गाउँ पर्यटनको प्रर्वद्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गर्नेगरी स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->