शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना नियन्त्रणमा सरकारको कछुवा नीति

कोरोना नियन्त्रणमा सरकारको कछुवा नीति


  • दुर्गा भण्डारी
  • माघ ६ २०७८, बिहिबार

अहिले संसारभर कोभिड १९ को तेस्रो भेरिरयन्ट ओमिक्रोनको महामारी बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अवको केही साता संसारभर नै ओमिक्रोन फैलिएर कष्टकर हुने आंकलन गरिएको छ । कोभिडको १९ विरुद्धको खोपको डोज केही मात्रामा सबै देशमा पुगेको र संक्रमण पनि कम भएका कारण बढेको मानवीय गतिविधि संक्रमण बढेसँगै संकुचित भएको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । एकैदिन १० हजारको संख्यामा संक्रमित बढेको स्वास्थ्य मंत्रालयले जानकारी दिएको छ ।

तर, सरकार भने कोरोना नियन्त्रण गर्ने मामिलामा सुस्त देखिएको छ । कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम पनि ल्याउन नसक्ने र सबै नागरिकको पहँुचमा खोप पु¥याउन पनि नसक्ने अवस्थामा सरकार देखिएको छ । यो महामारीमा सरकार नागरिकका होइन, आफ्नै लागि मात्रै जस्तो देखिएको छ । संघीय सरकारसहित सबै प्रदेश सरकारहरु पनि अहिले कोरोना नियन्त्रणम आ–आफ्नै धुनमा देखिन्छन् । कास्कीमा एकैपटक कोरोना संक्रमितको संख्या बढेको छ । अहिले सक्रिय संक्रमित १ हजार २ सय १६ पुगेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा प्रदेशभर ६ सय २६ जनामा संक्रमण पुष्टि हुँदा कास्कीमा मात्रै ३ सय ४७ संक्रमित थपिए । संक्रमित हुनेमा स्याङ्जाका ६९, लमजुङमा, तनहँुमा ४१, बागलुङमा ३८, नवलपुर २६, म्याग्दीमा २५, गोरखामा २२, पर्वतमा ७ र मुस्ताङमा १ जना छन् । कास्कीसहित प्रदेशभर नै संक्रमणको जोखिममा बढ्दै गएको छ । गण्डकीमा २ हजार १ सय २० सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमण मुक्त भएका छन् । हाल प्रदेशभर २ हजार ६८ संक्रमित होम आइसोलेसनमा छन् । अस्पतालमा ५२ संक्रमित रहेको निर्देशनालयले जनाएको छ । हाइडिपेन्डेन्सी युनिटमा १४, आइसियुमा १७ र साधारण बेडतर्फ २१ संक्रमित छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार २ सय ५८ कोभिड संक्रमित थपिएका छन् । संक्रमण मुक्त हुनेको धेरै कम छ । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ व्यक्तिले खेप लगाएको मन्त्रालयले जनाएको छ । कोरोना पहिलो र दोस्रो भेरियन्ट देखिदा जति सर्तकर्ता थियो । त्यस पछि डर हराउदै गएको थियो ।

कोरोना महामारी केही कम भएको बेलामा पार्टीका ठूला अधिवेशनहरु भए । जमघट बढ्यो र त्यसछि संक्रमितको संख्या पनि थपिदै गयो । कास्कीमा हालै सम्पन्न एक पार्टीको अधिवेशन र जमघटका कारण धेरै कार्यकर्ता संक्रमित भएको बताएका छन् । यो औपचारिक संक्रमितको संख्या परिक्षणको दायरामा आएकाहरुको मात्रै हो । परीक्षणको दायरामा नआएकाहरु पनि थुप्रै छन् । मौसमी रुघाखोकी भनेर घरै बसिरहेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन यति धेरै फैलिएको छ कि त्यसकाविरुद्ध जुध्ने हाम्रो तयारी सुस्त छ । सरकारले नागरिकलाई सचेत गराउन पनि विदेशी सहयोग चाहिन्छ झै गरेको छ । दुई वर्षअघिको अवस्था र अहिलेको अवस्थामा आकास जमिनको अन्तर छ । अघिल्लो सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको थियो । कोरोनाविरुद्धको खोप आएपछि प्रतिरोधी क्षमता बढाएको छ । सबैको निम्ति नयाँ अनुभव भएको हुँदा सरकारले पहिलो लहरमा कोरोना सचेतना र सुरक्षामा कडाइ गरेको थियो । स्वाब परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, क्वारेण्टिन र आइसोलेसनलाई एकहदसम्म व्यवस्थित गरिएको थियो । जसका कारण कोरोना संक्रमण विस्तार हुन पाएन । मानवीय क्षति पनि कम भयो । दोस्रो लहरमा कोरोनाविरुद्ध हाम्रै लापरवाहीले गर्दा धेरैले ज्यान गुमाए । पहिलो लहरमा अपनाइएका सावधानी नागरिक र राज्य स्तरमा आधा पनि पालना भएन । जसका कारण नियन्त्रणका उपाय हुँदाहुँदै पनि संक्रमितको संख्या बढ्ने र ज्यान गुमाउने धेरै भए । अहिले तेस्रो लहरको खतरा बढ्दै गएको छ । ओमिक्रोनको संक्रमण विस्तार पहिलो र दोस्रो लहरभन्दा बढी छ । त्यसैले पहिलो र दोस्रो लहरभन्दा अझ बढी स्वास्थ्य सुरक्षा र सावधानी अपनाउनुपर्छ । तेस्रो लहर पूर्व नै होल्डिङ सेन्टर, आइसोलेसन, आईसीयू, कोरोना विशेष अस्पतालबारे राम्रो तयारी गर्नुपर्छ । सीमा नाका पहिलो लहरमा जस्तै निश्चित समयका लागि ठप्प पार्नुपर्छ । भीड हुने कार्यक्रममा पनि रोक लगाउनुपर्छ । स्वास्थ्य सावधानीबारेका सूचना प्रवाह बढाउनुपर्छ । धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । संक्रमित हुनबाट जोगिन्छ भन्ने भ्रम पालेर नबसौं । भौतिक पूर्वाधार निर्माणमा तम्तयार भएर बसौं । कोरोनाका नाममा अकालमा धेरैले ज्यान गुमाउने खतराबाट जोगाउन समयमै सावधानी अपनाउन जरुरी छ । तर, सरकारलाई यस कुराको कुनै मतलव नै छैन । सत्ताको प्रतिरक्षा र प्रमुख प्रतिपक्षीलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने बाहेक नागरिको स्वास्थ्यप्रतिको कुनै चासो छैन ।

कोभिड–१९ विरुद्धको खोप पाउन सुरु गरिएको एक वर्ष पूरा हुन लागेको छ । पहिलो लटमा केही अनुदान र केही खरिदको खोप आएपछि नेपालाई थप खोप पाउन हम्मेहम्मे परेको थियो । तर, दोस्रो लहरको संक्रमण कम भएसँगै नेपालमा विभिन्न देशबाट अनुदानको खोप निरन्तर आइरह्यो । यसबाहेक सरकारले खोप खरिदको दायरा पनि बढायो । तर, खोप लगाउने गति भने अपेक्षाकृत रूपमा बढेन । खोपको गति नबढ्नुमा सरकारको आन्तरिक व्यवस्थापनमा कमजोरी भएको विज्ञहरूको बुझाइ छ । पहिलो खोपको पर्याप्त उपलब्धता र दोस्रो आन्तरिक व्यवस्थापन । त्यसमध्ये दोस्रो चुनौतीमा अहिले सरकार अलमलिरहेको छ । यसैकारण जनशक्ति भएर पनि सरकार दैनिक पाँच लाखभन्दा बढी नागरिकलाई खोप प्रदान गर्न पछि परिरहेको देखिन्छ । पुस अन्तिमसम्म ८० प्रतिशत खोप कभरेज भइसक्नुपर्ने हो ।
पहिलो कुरा त सरकारले पहिले खोप ल्याउनै ढिला ग¥यो । ल्याएपछि अहिले लाउन ढिलो गरेको छ । कमसेकम जिल्ला अस्पतालहरूबाट मात्रै पनि खोप दिएको भए कभरेज बढ्ने थियो । दैनिक कम्तीमा पाँच लाख जनालाई खोप लगाउनेगरी सरकार अघि बढ्नुपर्ने बेलामा सत्ता टिकाउनै अलमलीएको छ । सरकारले माघ ७ गतेदेखि हरेक सार्वजनिक निकायमा विना खोप कार्ड प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । यसैअनुसार लक्षित सबै नागरिकलाई खोप लिन सरकारले पटक पटक आह्वान पनि गरिरहेको छ । यो नियम अव्यवहारिक छ । एकातिर खोप पु¥याउन नसक्ने अर्कोतर्फ खोपको कार्ड देखाउ भन्ने । यो बेलामा खोपै लगाए पनि भिडभाड गर्न नमिल्ने हो । सबै कुराको सेवा अनलाइनमार्फत् दिनुपर्ने हुन्छ ।

भारतसँग सीमाना जोडिएका क्षेत्रमा बसोबास गर्ने र मुस्लिम समुदायका केही मानिसहरू भेरोसेल खोप लगाउन मान्दैनन् ।‘सीमाका नागरिक चाइनिज खोप भनेर लगाउन मान्दैनन् । उनीहरूलाई आश्वस्त पार्न हामी प्रयास गरिरहेका हुन्छौँ’, प्रदेश २ स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोज यादवले भने,‘केही मुस्लिम समुदायमा पनि खोप लगाउन नमान्ने नागरिक छन् ।’ विश्वले पहिलोपटक सामाना गरिरहेको कोरोना महामारीलाई नेपालले पहिलो भेरियन्ट कुशसलतापूर्वक सामना ग¥यो । दोस्रो भेरियन्टले धेरै क्ष्यति बेहोर्नु प¥यो । सरकारले कोरोना महामारी नियन्त्रणमा यति धेरै सुस्त देखाएको छ । तेस्रो भेरियन्टले धेरै नै क्षति पु¥याउने देखिन्छ । यस्तो बेलामा पनि नागरिकको सुक्षामा काम नगर्ने सरकारले कसका लागि कहिले गर्छ त ? यो परामादेशबाट बनेको सरकार काम नलागे पछि आफ्नो सुरक्षाको लागि जनता आफै सर्तक रहौं ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->