बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शुक्लागण्डकीको पनि सेवा बन्द

शुक्लागण्डकीको पनि सेवा बन्द


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७८, शुक्रबार

तनहुँ/ शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखी अर्को निर्णय नहुदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत लिला वल्लभ न्यौपानेले बताए । ‘अत्यावश्यक सेवा प्रवाहका लागि उपलब्ध कर्मचारीबाट आलोपालो प्रणाली लागु गरिएको छ’, उनले भने ।

न्यौपानेका अनुसार नगरपालिकामा कार्यरत १६ जना कर्मचारीलाई कोरोना पुष्टी भईसकेको छ । शुक्रबार पिसिआर परिक्षण हुने भएकाले बढ्न सक्ने अनुमान छ ।
नगरपालिकाको कार्यालय बाहेक मातहतमा रहेका वडा कार्यालय, सेवा केन्द्र र इकाईबाट भने जनस्वास्थ्यको मापदण्ड पालना गरेर नियमित सेवा प्रदान हुने उनले बताए । ‘सेवाग्राहीले सेवा लिनका लागि शुक्रबारदेखी अनिवार्य खोप कार्ड साथैमा लिएर आउनुपर्ने व्यवस्थालाई कार्यन्वयन गर्दैछौँ’, उनले भने ।

शुक्लागण्डकीले प्रत्येक दिन खैरेनीटार स्वास्थ्य चौकीबाट निशुल्क एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । श्रीवास्तवका अनुसार एन्टिजेन नेगेटिभ आएकालाई हरेक हप्ताको सोमबार स्वास्थ्य चौकीमा पिसिआर परिक्षणको व्यवस्था मिलाईएको छ । एन्टिजेन र पिसिआर परिक्षणका लागि ल्याब असिस्टेन्ट सुनिल श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ ।
खैरेनीटार स्वास्थ्य चौकीमौ पाँच बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय नगरपालिकाले गरेको छ । ‘जटिल समस्या देखिएका संक्रमितलाई जिपि र प्रादेशिक अस्पतालसँग समन्वय गरी उपचारको व्यवस्था मिलाएका छौँ’, श्रीवास्तवले जानकारी दिए ।
होम क्वारेन्टिन र होम आइसोलेसनमा रहेकाको निगरानीसँगै स्वास्थ्य अवस्था बुझ्नलाई दु्रत प्रतिकार्य समुह खटाईनेछ । छ जना स्वास्थ्यकर्मीको दु्रत प्रतिकार्य समुह खटिने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकामा खोप नलगाएकाको खोजी गरेर खोपको व्यवस्थापन गर्न वडा कार्यालय, टोल बिकास संस्था र महिला स्वास्थ्य स्वयंमसेविकासँग समन्वय गरेर लगत तयार पार्न नगरपालिकाले स्वास्थ्य शाखालाई निर्देशन दिएको छ । बुधबारदेखी आँबुखैरेनी गाउँपालिकाको सेवा पनि बन्द गरिएको छ । तनहुँमा दैनिक कोरोना संक्रमण बढिरहेको छ । विहीबार ६७ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->