बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पत्रकार शर्माकी छोरीको उपचारमा आर्थिक अभाव

पत्रकार शर्माकी छोरीको उपचारमा आर्थिक अभाव


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७८, आइतबार

म्याग्दी/ बेनी नगरपालीका२,बगरफाँट निवासी विनिता शर्माको उपचारका आर्थिक अभाव भएको छ । आन्द्राको क्यान्सरबाट पीडित विनिताको विगत ८ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । तर, उपचार अवधि लम्बिएपछि आर्थिक अभाव भएको हो ।

साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय नेपाल प्रेस युनियन म्याग्दीका पूर्व अध्यक्षसमेत रहेका पत्रकार धु्रवसागर शर्माले छोरी विनिताको उपचारमा परिवारबाट मात्रै सम्भव नभएकाले सहयोगको अपिल गरेका छन् । ‘उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लागेको छ । यसअगाडि प्राप्त सबै सहयोग उपचारमै सकियो,’ शर्माले भने ।

हालसम्म ९ वटा किमो, २५ पटक थेरापी र एउटा अप्रेसनसहितऔषधी र अन्य खर्च गरी स्वदेश तथा विदेशमा रहेका बगरफाँटबासीसहितको अभियानमा संकलन भएको रकमसहित १६ लाख खर्च भएको उनले जानकारी दिएका छन् ।
मुख्य अप्रेसन गर्न र थेरापी लगायतका उपचार बाँकी रहेकाले अझै १० देखि १२ लाख रुपैयाँसम्म उपचारमा खर्च लाग्ने पत्रकार शर्माले जनाए । ‘घरमा मेरो कमाइले मात्रै खर्च चल्छ । मेरो एकल कमाईले छोरीको थप उपचार सम्भव नभएपछि सहयोगको अपिल गरेको छु,’पत्रकार शर्माले भने ।

उनले अब थप उपचार कसरी गर्ने होला भनेर मन पोल्ने गरेको बताए । ‘कोरोना भाइरसको संक्रमण घटेमा भारतसम्म पुगेर उपचार गर्नुपर्ने छ,’ शर्माले भावुक हँुदै भने । पत्रकारिता र शिक्षण पेशामा कार्यरत शर्माको घरायसी खर्च, छोराछोरीलाई शिक्षादीक्षामै खर्च हुने गरेको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका ७ बिमको किसानी माविमा जेटिए अध्ययन गर्दै आएकी २० वर्षीया विनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँच पछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको थाहा भएको थियो ।त्यसपश्चात उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लगिएको थियो ।

पीडित शर्माको पहिलो चरणको अभियानमा संकलन आर्थिक सकिएपछि अब दोस्रो चरणको अभियान सुरु भएकाले आर्थिक सहयोग अभियानमा साथ दिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक माहनुभावले पत्रकार शर्माको राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखामा रहेको खातामा सीधैं जम्मा गर्न सकिन्छ ।खातावालाको नाममा धुव्रप्रसाद शर्मा राखेर राष्ट्रिय वाणिज्य बैंक खाता नं ३३४०१००००५२२८०१० मा सीधै आर्थिक सहयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->