आहारारामा पुलिसमाथि छैटौं पटक जित निकाल्ने क्रममा मनाङले २–० गोलले पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
पोखरा/ पोखरा रंगशालामा अहिले २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु चलिरहेका छन् । सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको प्रतियोगिताले २ दशक पूरा गरिरहँदा आफैंमा ऐतिहासिक क्षण थियो ।
अझ त्यसमा ६÷६ पटकको च्याम्पियन बीचको खेल पनि अर्को बिर्सन नै नसकिने खेल थियो । उक्त खेलमा समेत ६ पटकको च्याम्पियनले ६ पटककै च्याम्पियनलाई ६ पटक नै हराएको छ ।
२०५८ सालमा भएको क्याराभान गोल्डकपमा भेटेका यी दुई टिमबीच २ दशकमा समेत भेट भएको छ । यी बीचमा दुई टोली ८ पटक आम्ने साम्ने भएका थिए जस्मा मनाङकै अग्रता थियो । पुलिसले पोखरामा मनाङलाई जित्न नसकेको पनि ५ वर्ष भइसक्यो ।
पछिल्लो समय २ टिमको भेट २ वर्ष अघि भएको थियो । २ दशकमा समेत आहा! राराको उपाधी उचाल्न चाहेको पुलिसको सपनामा मनाङ तगारो बनेको छ । मनाङले आइतबार क्वाटरफाइनलमै पुलिसको यात्रा रोकिदिएको छ । आहारारामा पुलिसमाथि छैटौं पटक जित निकाल्ने क्रममा मनाङले २–० गोलले पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
दुईवर्ष अघि मनाङले पुलिस फाइनलमा हराउँदै पुलिससँगको उपाधि बराबर ग¥यो । आइतबार क्वाटरफाइनल अन्तरगतको दोस्रो खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिँदा दोस्रो हाफमा भने दुबै टोलीले आक्रमक खेल्ने देखिएको थियो । तर, मैदानमा भने फरक नै देखियो ।
दुवै टोलीले एक अर्काको गल्ती कुरेर बसिरहेको अवस्थामा पुलिसले गल्ती गर्न पुग्दा मनाङले फाइदा उठायो । ६३ औं मिनेटसम्म बराबरीमा रोकिरहेको पुलिसले ६४ औं मिनेटमा गल्ती गर्दा नमिठो स्वाद चाख्यो । अजित भण्डारीको गल्तीको फाइदा उठाउँदै रुपेश केसीको गोलमा मनाङले अग्रता लियो ।
हेमन्त श्रेष्ठले दिएको ब्याकपासलाई नियन्त्रणमा लिएका अजित भण्डारीले रुपेशलाई बिट गर्न खोज्दा ओलावालाले बल पाएका थिए । उनले रुपेशलाई दिएको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले पनि भोला सिलवालको गल्तीको फाईदा उठाए ।
भोला सिलवालले बललाई आफनो नियन्त्रणमा राख्न नसक्दा मैदानको मध्यभागबाट खोसेर आजित भण्डारीलाई बिट गर्दै ओलावालाले उत्कृष्ट गोल गर्दै सेमिफाईनलमा स्थान सुरक्षित ग¥यो । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
ओलावालेले खेलको ८९ औं मिनेटमा पाएको सुवर्ण अवसर खेर गयो । शिव गुरुङले डिफेन्स लाइबाट प्रहार गरेको अत्यन्तै लामो प्रहारलाई नियन्त्रणमा लिदैँ अजित भण्डारीलाई बिट गरी प्रहार गर्न खोज्ने क्रममा गोलरक्षक संजित श्रेष्ठ अघि बढ्दै बचाउ गरे ।
यस अघि ६८ औं मिनेटमा मनाङ मस्र्याङ्दीले अग्रता दोब्बर बनाउने अवसरलाई गुमायो । ओलावालेको एकल प्रयासलाई पुलिसका गोलकिपरले बचाउ गरे । रिवाउण्ड बललाई पुलिसका डिफेन्सले क्लियर गर्न प्रहार गरेको बल ओलावालेकै खुट्टामा प¥यो ।
ओलावालेले विमल रानालाई पेनाल्टी बक्सभित्र पास दिए । बिमलको प्रहार डिफेन्सबाट रिफ्लेक्ट भयो । रिफ्लेक्ट बललाई विमलले राजेशलाई व्याक पास दिए । पासलाई राजेश परियारले हानेको प्रहार बाहिरिन पुग्यो ।
डिफेन्सको गल्तीले गोल खायौं ः अनन्त तामाङ (प्रशिक्षक पुलिस)
खेल टफ नै हो । पहिलो हाफ बराबरीमै रोकेका थियौँ । दोस्रो हाफमा गल्ती गर्दा हामी हार व्यहोर्न बाध्य भयौँ । मनाङ राम्रो टिम हो जित सजिलो थिएन जस्ले गल्ती गथ्र्यौ उही हाथ्र्यो । हाम्रो डिफेन्सको गल्तीमा गोल खायौं । त्यसले नै हार्यौं ।
दोस्रो हाफमा गल्तीका फाइदा उठायौँ ः फुजा टोपे (प्रशिक्षक मनाङ मस्र्याङदी)
पहिलो हाफमा हामीले विपक्षीको खेल हेरेका हौँ । उनीहरुको रणनीति बुझ्ने प्रयास ग¥यौ । हामीले डिफेन्सको कम्जोरी पत्ता लगाएका थियौँ । दोस्रो हाफमा हामीले त्यहि कुरा समात्दा जित हासिल ग¥र्यौ ।





