बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा अटो चालकको शंकास्पद मृत्यु

कावासोतीमा अटो चालकको शंकास्पद मृत्यु


  • खगेन्द्र पराजुली
  • माघ १८ २०७८, मंगलबार

नवलपुर/ कावासोतीमा एक ब्यक्तिको शंकास्पद मृत्यु भएको छ । कावासोती नगरपालिका– १३ गैरीस्थित एक पोखरीको तालमा हत्या गरेर फालिएको प्रकृतिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीका अनुसार आज (मंलवार) बिहान ८ बजेर १० मिनेटको समयमा स्थानीयले वेवारिसे अवस्थामा अटो रिक्सा र जुत्ता, मोवाइल तथा कागजपत्र लगायतका सामग्री छरिएको अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि एसपी प्रज्वल महर्जनको नेतृत्वमै प्रहरी घटनास्थल पुगेका थिए ।

अनुसन्धान र खोजतलास गर्दै जाँदा अटो राकिएको स्थानदेखि करीव २ सय मिटर पर पोखरीको पानीमा जलकुम्भी पानी झारले ढाकिएको अवस्थामा सोही अटो मालिक समेत रहेका चालक ५३ बर्षीय स्थानीय माधव प्रसाद गिरीको शव फेला परेको प्रहरीले जनाएको हो ।
घटना शंकास्पद भएको प्रहरीले जनाएको छ । शवको प्रकृति मुचुल्का तयार पारी मध्यविन्दु जिल्ला अस्पताल लैजाने तयारी भएको छ । प्राप्त दसी प्रमाणका आधारमा अनुसन्धान अगाडी बढ्ने डिएसपी गिरीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->