आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७८, बिहिबार

लमजुङ/ लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दुर्घटनामा पर्दा ४३ वर्षीय अमृत चिलुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइनासको तीनपिप्लेबाट धमिलि कुवा जाँदै गरेको ट्र्याक्टरमामा सवार ३ जनामध्ये चिलुवालको घटनास्थलमै मृत्यु भएको र सहयोगी राइनास नगरपालिका–६ कागोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन् । इँटा लिनजाँदै गरेको ट्र्याक्टर अगाडिबाट आउँदै गरेको सवारी साधनलाई साइड दिने क्रममा खसेर ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->