जिन्दगीले मान्छेलाई कहाँ कहाँ लैजाँदोरहेछ, यो त समयले बताउने रहेछ । सायद लेखेको अनि देखेकोमा फरक हुने भनेकै त्यहीं होला । अचेल समय मसँग निक्कै रोइलो गर्छ र त बेला बेलामा आफ्नो भाइको महत्व झल्काउँछ । भित्रभित्रै गुम्सिएको थिएँ । मानिसको जीवनमा एक्लोपन जस्तो ठूलो सजाय केही रहेनछ ! यस्ता अनेकन कुरा सोच्दा–सोच्दै कुनै बेला तरंगित मन बोकेर मायाको रसास्वादनमा चुर्लुम्म डुबेको जस्तो आभाष भैरहने गर्छ मलाई । तिमी सायद आत्तिएका थियौं, मनमा अनेकथरी कुराहरु खेल्यो होला । भन्न त केही पनि भनेनौ तर पनि मैले बुझिसकेको थिएँ तिम्रो कुराहरु तिम्रो अनुहार अनि कुराबाट । तिमी स्थिर कुरा गर्दा मलाई कति रुन मन लागेको थियो । थाहा छ मलाई, तिम्रो क्यानडाको पढाईको लागि अन्तिम तयारी गर्दै थियौ । त्यहीं भएर नै मैले त्यो बेला एक्लै तिमीलाई केही नभनी विदेश पस्ने निधो गरेको थिए ।
दिनभरी पल्टिँरहदा मेरो मनमा कति धेरै कुराहरु खेलीरहन्थे । तिम्रो जीवन, पढाई, जागिर, अनि गर्नुपर्ने कामहरु ! कति पीँडा थियो ! त्यो त मलाई मात्र थाहा छ । घरमा फोन गर्दा नि म अहिले कलेजमा छु, पछि कुरा गरौंला भनेर फोन राख्दा मेरो मन कति छियाछिया हुने गथ्र्याे । रातभरी निदाउन सकेको थिइनँ । मनमा अनेकथरि कुराहरुले मन कति भारी भएको थियो । मलाई यहीं बेला महसुस भयो कि समय अनि परिस्थितिसँगै म कति भाग्यमानी महशुस गर्थे अब त मेरो भाई पनि आफ्नो जीवनको निर्णय एक्लै गर्न सक्ने भैसकेछ ।
चुपचाप नै बितिरहेको थियो दिनहरु र पनि कति व्यस्त थियौ तिमी । वास्तवमा मौनता सबैभन्दा ठूलो आवाज रहेछ । मन सारै भारी र पनि केही शब्द बोल्न नपाउनु जतिको हतास नि केही नहुने रैछ । त्यहीं बेला मलाई एक जना लेखकले भनेको कुरा याद आयो ।
कुनैबेला जब मैले केही रमाइलो किताब पढ्न सोधेको थिएँ तब बद्लामा मलाई एकजोर आँखा पढ्न आग्रह गरेका थिए । त्यतिबेला मलाई त्यसको सही अर्थ थाहा थिएन । अहिले आएर भान भयो र पठाई दिएँ एकजोर अनिदो आँखा मात्र पठाईदिनेछु भाई केवल तिमीलाई पढ्नलाई ।
अचम्म त के भयो भन्दा, मान्छेले कसरी पढ्न सक्छ जस्तो लागेको थियो, बिना कुनै शब्द, बिना कुनै लेखाई ! पढ्ने मान्छेले सायद सबथोक पढ्न सक्ने रैछ, लेखेका अनि नलेखेका पनि । कसरी पढ्छन् होला अदृश्य ती आँखाका भाकाहरु ! जब मैले आफ्नै आँखाका भावहरू अरुका शब्द अनि हेराईबाट पढेँ, तब आश्चर्यचकित बनेको छु भाइ तिमी क्यानडामा रहँदा मलाई सम्झिईरहनु मेरो याद बल्झिदा ।
समाजमा कति धेरै कुराहरु भनेका मान्छे आफैलाई थाहा नहुने रै’छ । त्यसको लागि त पढ्नुपर्ने रैछ आफैलाई पनि । लाग्यो, पढ्नु भनेको त कहाँ त्यो कोरा कागज किताब मात्र हो र ? पढ्नु त सबै सकिने रैछ, मान्छेका आचरण, नियत, प्रकृती, संसार अनि सबै ! आफ्नै आँखाभरिका कति धेरै सपनाहरु त अझै पर्खिरहेका हुन्छन् पूर्ण हुने आशामा । यसरी बिना कुनै शब्द, बिना कुनै बोलीबाट नि सबै कुरा पोख्न पाउनु नि आनन्दमय हुने रैछ भाइ आज त्रिभुवन बिमानस्थलको डिपार्चर कक्षबाट एक क्लिक फोटो र गहभरी आंशुका बुँद अनि मनभरी जिन्दगीका सपना बोकेर बाहिरिएपछि म झन् भक्कानिएको छु ।
भाई यहाँ रहुन्जेल त बिहान चाँडै उठ्नु तिम्रो लागि सजाय जस्तै थियो । काठमाडौं पढ्दै गर्दा बरु रातभरी जागा बसेर पढेको याद छ तर बिहान चाँडै उठेको कुनै रेकर्ड थिएन । संसारमा सबैभन्दा आनन्दको क्षण बिहानीपखको निद्रा जस्तै लाग्थ्यो जब आफूलाई नै ती कुराहरु लागू हुन्छ, तब धेरै गाह्रो हुनेरहेछ भनेर सम्झिने छौं ।
यतिबेला म आफैंलाई कति एक्लो आभास भैरहेको छ अनि लाग्छ । संसारमा मलाई मात्र माया गर्ने त कोही रहेनछ । न त साथीभाई न त कोही । मान्छेहरु प्रकृतिले नै अलिकति स्वार्थी हुन्छ, त्यसै दिन मिल्ने मुस्कान र सल्लाह सुझाव दिन त मान्छे आनाकानी गर्छ भने यथार्थमै सहयोगको अपेक्षा गर्नु अकल्पनिय कुरो हो भाई अन्यथा नलिनु मसंग तिमीलाई दिने शब्दबाहेक केही छैन आज ।
धेरै माया गर्ने बाबाआमा टाढा हुनु नि सारै नरमाइलो लाग्छहोला । जब मान्छेहरुलाई साथ चाहिन्छ तब कोही नहुने रहेछ । त्यतिबेला त आफु मात्र हुने रहेछ आफ्नो लागि । तिमी जसरी भएपनि आफुलाई बलियो बनाउदै जानू । मेरो धैर्यको बाँध कति चोटी टुट्न खोजे नि मैले जसरी कन्ट्रोल गरेको छु त्यसरी तिमी आफुलाई सम्हालेर राखे । कति पिडा थियो, त्यो त भनेर साध्य नै छैन । आफ्नो मनोबललाई तिमीले कति स्थिर नराख्नु । धैर्यता सबैभन्दा ठूलो बल हो केही दिनमै आज्ञाकारी बालकजस्तो खुरुखुरु अरुको मन जित्न सफल हुने छौं ।
सायद जीवन भनेको जस्तो सोच्यो, जस्तो कल्पना ग¥यो त्यो भन्दा फरक हुँदै जानेरहेछ । जीवन समयसँगै भोग्दै जानेरहेछ । जीवन यात्रामा विविध तीतामिठा अनुभवहरु संगाल्दै जाने रहेछ । कति त्यस्ता पल हुन्छन् जसलाई हामीले सपनामा नि कल्पना गरेका हुदैनौं । अनि त के गर्नु नगर्नु जस्तो हुनेरहेछ । कति अधेरी नि छाउँछ, निस्पट अधेरी ! जुन बेला केही हुन्न दिमागमा, बस शून्य हुन्छ सबै अनि जीवनका सबै ढोकाहरु बन्द भएको आभाष हुन्छ कहिलेकाहीँ अफसोच कत्ति पनि न आत्तिनु । आँसुलाई आँखैबाट पिउनु जति पीडा अरु केही हुँदैन, मान्छेका एक मिठो शब्दले कति आड मिल्दो रैछ । बन्द आँखाहरु पुलुक्क उघारेर हेर्नू अनि केही मनका झ्यालहरु खुल्ला रहेछन् जस्तै लागेछ भने यो दाईलाई सम्झिनु । हो भाई आखिर शुषुप्त रहेका ती सारा रहरहरु नि बाटो खोज्दैछन् । हो अब तिमी जीवनमा भविश्यको उडान भर्न चाहान्छौ अनि धेरै धेरै टाढा अनि धेरै माथि, त्यो निलो बादलजस्तै शान्त भएर । तिम्रो एक मिलनसारिताले पुनजीवित भए जस्तो ! तिमी आफ्नो वास्तविक जीवन पनि सुन्दर बनाएर फर्किनु छ । म पनि तिम्रा तिनै रंगिन सपनाका रंगहरुमा रंगीन चाहन्छु । जीवनका अनगिन्ती खुशीहरु महसुस गर्न चाहन्छु । मभित्र यतिखेर धेरै आत्मबल दिनानुदिन बढ्दै जानु अनि यति धेरै साहस हुनु सायद तिम्रै उत्प्रेरणाले हुनुपर्छ । तिमीले कति कुरामा दाईले गाली गर्न लागेको हो भनेर थाहा पाउँथ्यौं अनि मेरो मौनता बुझ्ने गरेको थियौ । तिम्रो दाईले भोगेका अबिरल संघर्षका नदिहरु पनि तिमीले छामेका छौ । तिमीलाई रंग हालेर कुरा गर्न आउँदैन, तर झुट नि बोल्न आउँदैन । जे गरे पनि निस्वार्थ मनले गर्छौ र त तिमीले गाली गरे नि, रुखो बोले नि, मलाई चित्त दुख्दैन । मेरो लागि त तिमी उतिखेरै उतिर्ण भैसकेका छौ एउटा असल, आत्मीय साथीको रूपमा । मान्छेहरुले जति नै प्रगति गरेर सफल भएपनि के नै अर्थ रहन्छ र ! अर्थ त तब हुन्छ जब ती स–साना खुशी बाँड्ने कोही प्यारो मान्छे होस्, कोही आत्मीय साथीहरु होस् अनि त्यही खुशी धूमधामले मनाउँन सकियोस् । मलाई यति नै बेला हो, सबैभन्दा धेरै हौसला अनि मायाको खाँचो परेको थियो, जति नै बलियो छु भनेर केही नहुने रहेछ, अब त शारीरिक रुपमा पनि कमजोर बन्दै गएको छु अनि मानसिक रुपमा नि कमजोर भैदोरहेछ ।
भाइ आखिर जति बखान गरेपनि कमी हुन्छ तिमी क्यानडा पुगेपछि यो दाईलाई म्यासेन्जरमा आईपुगें भनेर म्यासेज गर्नु । फेरि समय मिल्छ मिल्दैन त्यहाँ उज्यालो हुँदा यो मरुभुमीमा अँध्यारो हुन्छ भन्छन्, समय मिल्यो भने हाई भन्नू कोरोनाको यस्तो महामारी छ सचेत रहदै पुर्ण रुपमा आफ्नो ख्याल राख्नु । पैसा नै सर्वेसर्वा होइन भाइ मर्दा बेरिने कात्रोमा अहिलेसम्म कसैले गोजी बनाएको मैले जानेको छैन त्यसैले पहिले आफ्नो अध्यनलाई निरन्तरता दिनु अनि पैसा कमाउनु । फेरि क्यानडाको वातावरणसंग घुलमिल भैसकेपछि कोही कसैलाई नबिर्सिनु । बाआमा, दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, शुभेच्छुक, इस्टमित्र सबैलाई सम्झना छोड्दै गर्नु, तिम्रा इच्छा चाहाना सबै पूरा हुन यहिं कामनासहित शुभयात्रा मेरो भाइ ।





