सामाजिक सञ्जालले समाजका विभिन्न आयामसँग मानिसलाई जोड्ने प्रयास गरेको छ । फेसबुक, टिकटक, ट्विटर, इन्स्ट्राग्राम, युट्युबलाई प्रयोगकर्ताहरुले स्वतःस्फूर्त आत्मसाथ गरिरहेका छन् । सामाजिक संजालको प्रयोग नगर्नेहरुको संख्या पनि प्रसस्तै छ । तर, सामाजिक सञ्जालको प्रयोगबारे अहिले तीव्र रुपमा बहस चलेको छ । कि सामाजिक संजाललाई अवसरको रुपमा लिने कि नलिने भन्ने । सामाजिक संजालको जति बढी अवसर त्यति नै जोखिम पनि छ । हाम्रो समाजमा यसको सदुपयाग भन्दा दुरूपयोग बढ्दै गएको छ ।एकातिर सामाजिक सञ्जाल मानिसहरूको विश्वासिलो र भपरर्दो साथी बनेको छ भने अर्कोतर्फ एकले अर्कोलाई सिध्याउने माध्यम पनि बनेको छ । कसैको चरित्रहत्या गर्न आरोप लगाउन सामाजिक संजालको दुरुपयोग गरिन्छ । सामाजिक सञ्जाल कुण्ठा पोख्ने माध्यमको रुपमा विकास हुँदै गएको छ भने कसैलाई भन्न नसकेको र मन नलागेको आन्तरिक कुराहरू पनि फेसबुकलगायतका माध्यमबाट सेयर गर्ने गरेको पाइन्छ । आफ्ना अन्तरमनका भावना सामाजिक सञ्जालमा पोखिन्छ ।अहिले सामजिक सञ्जाल सुख–दुःख पोख्ने माध्यमबनेको छ। सामाजिक संजाल एउटा माध्यममात्रै हो । यसलाई सदुपयोग वा दुरुपयोग गर्ने भन्ने कुरा प्रयोगकर्तामा नै निर्भर हुन्छ । यसो भनिरहँदा सामाजिक सञ्जाल कसैविरुद्ध प्रयोग हुने प्रवृत्तिमा भने विराम लगाउनुपर्छ ।
नेपालमा सामाजिक संजालको प्रयोगले विकृति बढाएको गुनासोहरु आउने गरेको पाइन्छ । सामाजिक संजालको विकृति नियन्त्रण गर्ने सम्बन्धमा विशेष खालको कानून पनि बनेको छैन । जसका कारण जसलाई जे र जसरी मन लाग्यो प्रयोग गरिरहेका छन् । विशेष गरी टिकटक कसैको चरित्रहत्या गर्ने माध्यम बनेको छ । नबोलेका र नभएका दृष्यहरुमा टाउको जोडेर विभिन्न व्यक्तिहरुको चरित्र हत्या गरेको पाइन्छ । आफूलाई जिम्मेवार पत्रकार हुँ भन्ने रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो राखेर टिकटक बनाए । जसमा उहाँले बोल्दै नबोलेका कुराहरु राखियो । त्यो टिकटमा भएको स्वर उहाँको स्वरसँग पनि मिल्दोजुल्दो छैन । रविले पोष्ट गरेको भिडियोमामलाई प्रधानमन्त्री नभइ हुँदैन, म प्रधानमन्त्री पद बिना बाँच्नै सक्दिन’भन्ने थियो ।रवि लामिछाने जस्तो पत्रकारले पनि भ्यूवरबढाएर पैसा कमाउन र सस्तो लोकप्रियताका लागि अर्काको स्वर हालेर प्रतिष्ठित नेता ओलीको चरित्र हत्याको प्रयास गरे ।
यस्तो कार्य गर्नेमाथि कानूनी कारवाही हुन्छ । धेरै नेताहरु यस्तो लफडामा फस्न चाहँदैनन् र कानूनी उपचारमा जाँदैनन् । किनकि,यो विषयलाई पनि पत्रकारहरुले फेरि प्रेस स्वतन्त्रतासंग जोडिदिन्छन् । यसरी पत्रकारिताको आड लिएर कसैको चरित्रहत्या गर्ने अनि उक्त सामग्रीविरुद्ध कानूनी उपचारमा जाँदा पत्रकारहरुले नै हंगामा मच्चाएको विगतको इतिहास छ । पत्रकाले व्यक्तिगत रिसइवी साँध्नका लागि बोल्दै नबोलेका कुरामा आम नागरिकमा भ्रम फिँजाउने काम गर्नु भनेको पेशाको दुरुपयोग हो । पहुँच भएका नेताहरु र प्रतिष्ठित व्यक्तिहरुका बारेमा त यसरी मिडियाकर्मीले मनपरी गर्दछन् भने आम नागरिकहरु मिडियाबाट कतिहदसम्म सताइएका होलान् ? पूर्वप्रधानमन्त्री ओलीले पनि रवि लामिछानेले आफ्नोविरुद्ध भन्दै नभनेका कुराहरु टिकटक बनाइएकोमा गुनासो पोख्नुभएको थियो ।
कुनै तथ्य, प्रमाण छैन, कसैको चरित्र हत्या गर्नुप¥यो भने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जालमा बनेको छ । जसका कारण मानिसले दुःख, तनाव, सकस, झेल्नुपरेको छ । सम्बन्धमा दरारमा बढेको छ ।
सामाजिक सञ्जालको प्रयोगले अझ कस्ता असर ल्याउन सक्छ भन्न सकिने अवस्था छैन । फेसबुकटिकटक, युट्युब र केही अनलाइनहरुले समेत जथाभावी व्यक्तिको चरित्रहत्या गरेका घटनाहरु बाहिर आउने गरेका छन् । विशेष गरी दर्शक बटुल्नका लागि महिलाहरुको चरित्रहत्या गर्ने गरेको पाइन्छ ।
मिडियाले आवाजविहीनको आवाज बोल्ने र समाजिक न्याय दिने कुरामा केही मिडिया चुकेको देखिन्छ । जबसम्म मिडिया अनैतिक व्यक्तिहरुको हातमा पर्दछ, तवसम्म दुरुपयोग भई नै रहन्छ । सार्वजनिक हकहितका लागि स्थापित मिडियालोई व्यक्तिगत विषयमा जथाभावी लेख्ने छुट छैन । केही मिडियाहरुले सर्वसाधारण र व्यावसायिक महिलाहरुका बारेमा जथाभावी लेख्ने गरेको पाइएको छ । महिलाहरुको आन्तरिक जीवन र व्यावसायिक जीवनमा असर पर्ने गरी लेखिएको पाइन्छ । कुनै पत्रिकाका समाचारमा विषयबस्तु फरक भए पनि महिलासँग सम्बन्धित शब्दहरु प्रयोग गरेर दाँज्ने गरेको पाइन्छ ।
यस्तै अर्को समाचारले महिलालाई लुटेरा बनाएको देखाउँछ । जुन समाचार सत्य पनि होइन, ठगी गरेकोमा कारवाही गर्न प्रहरी प्रशासन छ । तर, केही संचारमाध्यम आफैं एककदम अगाडी सरेर फलानो युवती चोर हो भनेर सार्वजनिक रुपमा उछाल्न तमतयार रहेका देखिन्छन् । समाचार बनाउने शैली नजानेर वा थाहा नपाएर होइनकि नियतपूर्वक पछि लागेको देखिन्छ । उक्त अनलाइनले कुनै तथ्य र प्रमाणका आधारमा समाचार लेखेको भने होइन । महिलाको लोग्नेको भनाइको आधारमा फोटो र नामसहित समाचार प्रकाशन गरेको देखिन्छ । समाजमा महिलाले बद्मासी गरेको एकादुई घटनालाई प्रतिनिधि आधार मानेर पत्रकारहरुले सामान्यीकरण गरेर लेखेका समाचारहरु थुप्रै छन् । आजकाल लोग्ने विदेश भएका केही महिलाहरु अर्को विवाह गरेर गएका घटनाहरु छन् । यी केहि प्रतिनिधि घटनाहरुलाई लोग्ने वैदेशिक रोजगारीमा गएको परिवारलाई खासगरी सबै महिलालाई शंकाको घेरा भित्र पार्न हँुदैन । लोग्ने विदेश भएका सबै महिलाले घर परिवार र बालबच्चाको बिचल्ली पार्दैनन् । तर, मिडियाले लोग्ने विदेश हुनेका स्वास्नीमान्छेहरु सबै बिग्रिए भने जसरी लेख्ने गरेको छ । बरु, धेरै जस्तोको लोग्ने वैदेशिक रोजगारीमा गए पनि पैसा नपठाउने, आएको बेलामा हिंसा गर्ने प्रवृत्तिबारे खासै चर्चा हुँदैन ।
महिलाको पहुँच हुँदैन, पत्रिका पढ्दैनन् र हेर्दैन भनेर जेमनलाग्यो त्यही लेख्ने प्रवृत्ति पनि यहाँ देखिएको छ । त्यसैगरी सुर्खेतको युगआह्वान भन्ने एक अनलाइनले गलत समाचार लेखेको कारणबाट महिलाको चरित्रहत्या मात्रै भएन उनले पाउने न्यायसमेत प्रभावित हुन पुगेको छ । । खासमा उक्त समाचारले महिलालाई अंशहकबाट वंचित गराउन षड्यन्त्रकारीको भूमिका निर्वाह गरेको थियो । षड्यन्त्रका मतियार पत्रकार पनि देखिए । वास्तवमा पत्रकारिता पेशा बौद्धिक पेशा भएको र पत्रकारले आफ्नो निजी स्वार्थका लागि होइन, समाज र राष्ट्रको हितका लागि लेख्छन भन्ने मान्यता रहेको छ । तरmअहिले त्यो मान्यता असत्य सावित भएको छ । विगतका कानूनहरु पनि कम जरिमाना र सजायँको व्यवस्था थियो । संचारमाध्यमका लागि आकर्षित कानून्हरु छन् ।
हालै कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्वको कसूर शीर्षकअन्तर्गत दफा २९५ को उपदफा ३ मा कसैले एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपको तस्वीर बनाउन वा प्रकाशन गर्न हुँदैन । त्यसैगरी दफा २९६. अनुसार अनुमति विना एकको तस्वीर अरुलाई दिन वा बिक्री गर्न नहुने व्यवस्था छ । कसैले उक्त कानुन् विपरीतको कारवाही गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिमाना वा दुवै सजायँ हुनेछ । भन्ने व्यवस्था छ । त्यसैगरी दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने भन्ने छ । कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रुपमा प्राप्त गर्न त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रुपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन हुँदैन । उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजायँ हुनेछ । सार्वजनिक संचार माध्यबाट भएको कसुरमा थप एक कैद र दश हजार रुपैया बढी लने ब्यवस्था कानूनमा छ । हामीले समाचार बनाउका विषयबस्तुहरु कानूनको यो परिभाषा भित्र पर्ने र कुनै दिन मिडियाबाट पीडित भएकाहरु अदालत गएमा र निश्पक्ष न्याय सम्पादन भएमा जेल बस्नु पर्ने कानूनी दायित्व त छँदैछ । अझ त्यो भन्दा बढी हामी पत्रकारहरु बौद्धिक खेती गर्नेहरु नैतिक रुपमा बन्धित हुनुपर्छ । हामीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ ।





