बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पतंजली योग सहशिक्षकलाई प्रमाणपत्र

पतंजली योग सहशिक्षकलाई प्रमाणपत्र


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७८, शनिबार

पोखरा/ पतंजली योग समिति गण्डकी प्रदेश, कास्की जिल्ला समिति, महिला योग समिति कास्कीको आयोजनामा सहशिक्षक तालिममा सहभागीलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि पतंजली योग समिति कास्कीकी पूर्वमहामन्त्री तथा गण्डकी प्रदेश सांसद मिना गुरुङले सहभागीलाई प्रमाणपत्र वितरण गरिन् । उनले योगले जीवनलाई उर्जावान बनाउने धारणा राखिन् ।
गण्डकी प्रदेश संरक्षक लोकदर्शन कोइरालाले सबै उमेर समूहका व्यक्तिहरुले नियमित योग गर्नुपर्नेमा जोड दिए ।

कास्की जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेल तथा महिला योग समिति अध्यक्ष उर्मिला तुलाचनले साधना नै योग भएको बताए ।
जुममार्फत् सम्पन्न प्रशिक्षण तालिममा काठमाडौ, लमजुङ, पर्वत,तनहुँ,स्याङ्जलगायतका जिल्लाका १ सयजनाले सहभागिता जनाएका थिए ।
पतंजली योग समिति गण्डकी प्रदेश प्रभारी नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रम कास्कीका महामन्त्री प्रकाश बास्तोलाले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->