बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जर्मन चिकित्सकले चलाए दन्त शिविर

जर्मन चिकित्सकले चलाए दन्त शिविर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १० २०७८, मंगलबार

तनहुँ/जिल्लाँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित ढोर फूलवारी शहीद अस्पतालमा तीनदिने दन्त शिविर सञ्चालन गरिएको छ । जर्मनीबाट आएका स्वंयसेवी दन्त विशेषज्ञसहितको टोलीले शिविरमा स्थानीयलाई सेवा दिएका हु्न् । जर्मनीबाट आएका ६ जनाको टोलीले शुक्रबारदेखि आइतबारसम्म शिविर सञ्चालन गरेका थिए ।

शिविरबाट ९५ जना लाभान्वित भएको अस्पतालकी प्रमुख डा. प्रतिक्षा आलेले बताइन् । उनका अनुसार ४० जनाको दाँत निकालिएको छ । २५ जनाले दाँत भर्ने सेवा लिए । १५ जनाले साधारण सेवा लिएको डा. आलेले जानकारी दिइन् । उनका अनुसार १५ जनाको दाँतमा संक्रमण देखिएकाले एन्टिवायोटिक औषधि दिइएको छ ।‘औषधि दिईएकालाई दुई हप्तापछि फलोअपको लागि बोलाएका छौँ । त्यतिबेला पनि जर्मनीबाटै चिकित्सकहरु आउनेछन्’, उनले भनिन् ।
तनहुँको शुक्लागण्डकीसँगै स्याङजाका हरिनास गाउँपालिकाका सर्वसाधरणले शिविरबाट सेवा लिएका हुन् ।

अस्पतालमा दन्त सेवा प्रदानका लागि आवश्यक उपकरण भएपनि जनशक्ति अभावमा सेवा दिन नसिकएको डा. आलेले बताइन् । ‘यस क्षेत्रका सर्वसाधरणले दन्त सेवाको माग गर्नुहुन्छ । जनशक्तिको अभावमा दिन सकेका छैनौँ । वर्षमा एक पटक हुने शिविर कुरेर सेवा लिनुपर्ने बाध्यता छ’, उनले भनिन् ।

वर्षमा एक पटक जर्मनीबाटै चिकित्सकहरु आएर निःशुल्क दन्त शिविर सञ्चालन गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->