चलचित्र नायक पल शाहले गायन क्षेत्रमा उदाउदै गरेकी एक नावालिका गायिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि अनुसन्धान नै प्रभाबित हुने गरी शाहका सर्मथकहरु बिरोधमा उत्रिएका छन् । उनिहरुले जिल्ला प्रहरी कार्यालय तनहु अगाडी दिनहु जस्तो नाराबाजी गर्ने र पल निर्दोष छन् भन्ने सन्देश दिन खोजिरहेका छन् । काठमाण्डौबाट आएका केहि कलाकारहरुले भिड एकठ्ठा गरेर अनुसन्धानमा खटिएका प्रहरी सामु शक्तिको प्रर्दशन गरिरहेका छन् । तर प्रहरी भने रमिते बनेर बसेको छ । यसले अनुसन्धानलाई अवश्य नै प्रभाबित बनाउ छ । पल शाहलाई नावालिकालाई करणी गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा लिईएको हो । तर तनहु प्रहरी अगाडी कुनै फिल्मको शुटिङ भइरहेको जस्तो दृष्य देख्न पाईन्छ । युट्बहरुले पल शाहको सबै क्षणक्षणको खवर दिइरहेको देख्न सकिन्छ । हिरासतमा रहेका उनलाई अझै पनि सेलिब्रिटी बनाईएको छ । यसको मतलव निश्पक्ष अनुसन्धान कसरी हुन्छ र अपराध पीडित भनिएकी नावालिकाले कसरी न्याय पाउन सक्छिन् भन्ने आशंका जन्मीएको छ । जिल्ला प्रहरी कार्यालय तनहु अगाडी आएका कलाकार र उनिहरुका फ्यान फलोअरले एकातिर निश्पक्ष न्यायको लागि आवाज उठाएको दृष्य देखिन्छ । अर्कोतर्फ पीडित बिरुद्ध जथाभावी बोलेको देखिन्छ । पीडित बिरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । यस्तो घटनाले पीडितको मनोबिज्ञानमा कस्तो असर पर्छ सहजै अनुमान लगाउन सकिन्छ । राज्यले शक्ति र पहुचका आधारमा यस्ता गैरकानुनी गतिबिधी गर्ने छुट दिनु हुदैन । चाहे त्यो नेता होस या अभिनेता होस । वास्तवमा बेलाबेलामा हुने यस्ता घटनाले नेपालको प्रहरी संगठन ब्यावसायीक सक्षमता भएको रहेनछ भन्ने पुष्टि समेत गरेको छ । खास गरी अपराधिक घटनाहरु जहा शक्ति र सम्पत्तिको चलखेल हुन्छ त्यहा प्रहरी कुनै न कुनै ढंगबाट प्रभाबित भएको देखिन्छ । प्रहरी संगठन भित्रको मुद्धाफाँटका अनुसन्धान अधिकारीबाट निश्पक्षता नभएको देखिन्छ । धेरै कम मुद्धामा मात्रै स्वच्छ र वास्तबिक अनुसन्धान हुने र पीडितले न्याय पाउछ । यदी आरोपी पक्ष बलियो छ भने पीडितले न्याय नपाएका घटनाहरु धेरै छन् । प्राय आरोपीहरुबाट पीडिता माथी सुरक्षा चुनौति हुने गरेको देखिन्छ । यो घटनामा पनि प्रहरी कै अगाडी प्रर्दशन हुदा पनि प्रहरी टुलुटुलु हेरेर बसेको छ । यहाँ अपराध पीडितको संरक्षण गर्नुपर्छ भन्ने पनि देखिएन ।
यसरी प्रहरी संगठन भिडबाट प्रभाबित हुने हो भने अनुसन्धान, पीडितको न्यायका लागि होईन आरोपित चोख्याउने प्रकृया साबित हुनेछ । पल शाह जवरजस्ती करणी मुद्धामा प्रहरी र अदालतलाई खवरदार भन्दै जो आरोपी हो उसैको पक्षमा केहि कलाकार र फ्यान फलोअरको भिंड जम्मा पारेर ‘सम्मान छ हाम्रो रियल हिरोलाई, सत्यको जित अवश्य हुनेछ ।’ भनेर भनिएको देख्न पाईन्छ । अनलाईन समाचार र युट्वबाट बिज्ञका नाममा जथाभावी बोलिएको दृष्य देख्न सकिन्छ । ‘जो चोर उसैको ठूलो स्वर’ भने जस्तै भएको छ यो घटना । एउटा नावालिका माथी बलात्कारको आरोप लागेको ब्यक्ति कै सर्मथनमा महिलाहरु नै उत्रिएको देखिन्छ । यहि घटना आफ्नै परिवारमा भयो भने अहिले पल शाहलाई निर्दोष साबित गर्न उत्रिएका महिलाको हालत के होला ? सोच्नु पर्दैन र ? पल शाहका सर्मथकहरुबाट हतार गरेर न्यायिक प्रकृया माथी नै धावा बोल्ने काम भएको छ । यो घटनामा अभियुक्त पल शाह प्रति प्रहरीको पनि झुकाव रहेको दख्ेन सकिन्छ । बालिकाले आफूविरुद्ध जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएको चार दिनसम्म पनि प्रहरीले फरार देख्ने । आरोपी जतिसुकै पहुच भएको किन नहोस कानुन्को नजरमा उ अभियुक्त नै हो, अनुसन्धान प्रकृयामा आउनै पर्छ । पल शाह प्रहरीको नजरमा भौतिक रुपमा नदेखिने तर अनलाईमा देखिने । फेसबुकमा स्टाटस लेख्ने जस्ता छुट पाए देखि नै न्यायिक प्रकृयामा आशंका गर्ने ठाउ देखिएको छ । अभियुक्त शाहका सर्मथक कलाकारहरुले खुल्मखुला रुपमा सहमतिमा करणी गरेका कुरा बाहिर ल्याइरहदा हाम्रो कानुन् बमोजिम नावालिकाको सहमतिमा सम्बन्ध कायम गरे पनि जवरजस्ती करणी गरेको ठर्हछ । संसारको जुन सुकै फिल्म इन्डस्ट्री पनि यौन शोषणका घटनाहरु नभएका होईन् । यो घटनामा पनि बिना पूर्वाग्रह अनुसन्धान भएमा न्याय अवश्य मिल्ने नै छ । न्यायीक प्रकृयामा गइसके पछि अनुसन्धान गर्ने राज्यको निकाय प्रहरी र न्यायालयलाई बिश्वास नगर्नुको बिकल्प नै छैन । अनुसन्धानका लागि सिप क्षमता र प्रबिधी समेत भएको प्रहरीले नियत सफा राख्यो भने सहजै अपराधी पत्ता लगाउन सक्छ । अहिले केहि कलाकार र पलका सर्मथकहरुले न्यायिक प्रकृया जान्छु तर न्याय चै हाम्रौ पक्षमा हुनु पर्छ भनेर तर्साई रहेको देखिन्छ । पल शाहलाई आरोप त लाग्यो तर चोख्याउने काम अदालतले गरोस भन्नका लागि भिंडले अनुचित दवाव दिइरहेको छ ।
यस घटनामा बिभिन्न मिडियाहरुले जथाभावी गिजोलेका छन् । अदालतमा चल्दै गरेको मुद्धा पनि आफ्नो टीआपी बढाउन केहि मिडिया (अनलाईन र युट्युव) ले छरपष्ट पार्नु आचार संहिता बिपरितको कार्य हो । अझ बलात्कार पीडितलाई हतोत्साही बनाउने, शारिरीक तथा मानसिक असर पर्ने गरी पीडितको नाम र परिचय खुल्ने गरी जथाभावी लेख्ने छुट मिडियालाई छैन । जथाभावी बोलेका कुराहरु पनि अरुले त बोलेका हुन् भनेर पनि मिडियामा ल्याउन पाईदैन । तीन बर्ष अघि पनि यस्तै मिडियाहरुले जथाभावी प्रशारण गरेका कारण कंचनपुरकी एक बालिकाको बलात्कार पछि हत्या भएको घटनामा अभियुक्त पक्राउ गर्न प्रहरी असफल भयो । बालिका बालात्कार गरी हत्या गर्ने यहि समाजमा छ । उसको गिद्दे नजर फेरी पनि कोहि बालिकामा पर्न सक्छ र घटना दोहोरिन्छ भन्ने हेक्का मिडियाले राख्नु । के हाम्रो मिडिया यस्ता अपराधिक घटनालाई रहस्यमय बनाउन वा अपराधी जोगाउने हतियार त बन्दै छैन बेलैमा होस गरौं । मिडियालाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले बेलैमा सचेत गराउन जरुरी छ । जथाभावी मिडियावाजी गरेका कारण पीडितलाई क्ष्यति पुगेको न्यायमा असर परेको कुरामा प्रेस काउन्सिलले कहिले पीडितको उजुरी पर्ला र इन्टरटेन गरौंला भनेर बस्न मिल्दैन । आग्रह पूर्वाग्रहका आधारमा होईन कि न्याय निरुपण गर्नका लागि होईन । कसैलाई सामान्य बिषयमा पनि दण्डीत कसैलाई ठूलो गल्ती गर्दा पनि टुलुटुलु हेरेर बस्ने मानसिकताबाट ग्रसित बन्नु हुदैन । समाजलाई नैतिक बनाउने र न्याय प्रदान गर्ने बिषयमा खुट्टा नकमाई अधिकार क्षेत्र नभए पनि हस्तक्षेप गर्न सक्ने हैसियत राख्नु पर्छ ।





