मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पल शाह प्रकरण र महिला अधिकार दिवस

पल शाह प्रकरण र महिला अधिकार दिवस


  • दुर्गा भण्डारी
  • फाल्गुन २६ २०७८, बिहिबार

महिलाहरुको अन्तराष्ट्रिय पर्व मार्च ८ हामीले भर्खरै मनाएका छौं । सामाजिक न्याय र लैङ्गिक समानता विकासको सुनिश्चितता भन्ने नाराका साथ सबै सरकारी कार्यालय तथा संघसंस्थाहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् । महिला अधिकार दिवस मनाईरहँदा हामीले एउटा किशोरी अन्यायमा परेको विषयलाई नजरअन्दाज भने गरेका छौं । एक गायिकालाई बलात्कार गरेको आरोप लागेका चलचित्र नायक पल शाहको पक्षमा नै महिलाहरु उत्रिएका छन् । जब की पल शाह दोषी हुन् की होईनन् भन्ने कुरा अनुसन्धान र न्याय निरुपणबाट थाह हुन बाँकी नै छ । बलात्कारका अभियुक्तको महिलाहरुले सर्मथन गर्नु भनेको महिला अधिकारको खिलाप हो । यसले समाजमा सामाजिक न्याय प्राप्त हुन नसक्ने अवस्था आउन सक्छ । महिलाहरुले न्यायको पक्षमा आवाज उठाउन छाडेर उल्टै आरोपीको संरक्षण गरेका छन् । महिलाको चेतनाको यो अवस्थाले अधिकारको लडाईँलाई आझेलमा पारेको मात्रै होईन पछि धकेलेको पनि छ । बलात्कारका आरोपी पल शाहको सर्मथनमा महिलाहरु उत्रिनु भनेको महिला मुक्ति आन्दोलनको लागि चुनौती पनि हो । महिला मुक्ति आन्दोलनका नायक भन्नेहरुले के बुझ्न जरुरी छ भने महिला अधिकार र न्यायको लडाईँ सकिएको छैन अझै जारी राख्नु पर्छ । महिला अधिकार र सामाजिक न्यायको सवालमा नेपाली समाजको सोच कति अनुदार रहेछ । अझै पनि हाम्रो समाजमा पितृ सत्तात्मक र सामन्ती सोचका कारण महिलाहरु अन्याय र हिंसाको शिकार भएका छन् । एकातिर अभियुक्त पल शाहलाई सर्मथन गर्ने रियल हिरो हो भन्ने अर्कोतर्फ एउटी पीडित किशोरीलाई दुष्कार्ने आत्महत्या गर्न बाध्य बनाउने हाम्रो समाज मध्ययुगिन बर्बर रहेछ भन्ने प्रष्ट भएको छ । धनी र शक्तिशाली ब्यक्तिको पक्षधरता देखाउने । जो बलात्कारको आरोपी छ त्यहिं रियल हिरो हुन सक्छ ? कठै नेपाली समाजको चेतना स्तर अनि स्वार्थ र भ्रष्ट ।

बलात्कारका आरोपी पल शाहका समर्थक कलाकार तथा महिलाहरुको भिडलाई कुनै पनि अधिकारकर्मीले बुझाउ सकेनन् । नत कुनै राजनैतिक दलका महिलाहरुले ती महिलाहरुलाई समर्थन या बिरोधमा नउत्र भनेर भन्न सके । भिड खडा गरेर विरोध या सर्मथनमा उत्रिनेहरु र पीडकको पक्षमा न्याय पार्न खोज्नेहरुलाई त्यसो नगर्न प्रशासन समेतलाई कुनै पनि राजनैतिक दलका महिला नेताहरु दबाब दिनसम्म सकेनन् । यस्तो अवस्थामा महिला अधिकारकर्मी र नेताहरु चुकेको देखिन्छ । महिला अधिकार र न्यायको सवालमा सबै राजनैतिक दलका महिलाहरुले साझा अवधारण बनाएर जानु पर्छ । अरु राजनैतिक दल भातृ संगठनको त कुरै छाडौं । विगतमा महिला मुक्ति आन्दोलनको इतिहास बनाएको विरासत कायम गरेको मुलुको प्रभावशाली पार्टी नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघले त्यो भिडविरुद्व जुझ्नु पर्नेमा चुपचाप बसेको छ । महिलाहरुलाई कसैको पनि विरोध वा सर्मथन नगर न्याय प्रभाबित हुन्छ भनेर भन्न सक्नुपथ्र्यो तर त्यसो भएको छैन । हुन सक्छ मुलुकका सबै राजनैतिक दलप्रति आस्था राख्ने महिलाहरु पनि स्वार्थ बस न्यायलाई प्रभावित पार्न गएका होलान् । यदि त्यसो भयो राजनैतिक दलबाट समाज विकासको आशा नगरे पनि हुन्छ । सामाजिक संजालहरुमा पनि खुलेआम रपमा पीडकको आवाज मात्रै आउने गरेको छ । पीडकको पक्षमा बोल्ने र पीडितलाई गालीगलौज गर्ने चरित्रहत्या गर्नेहरु मात्रै देखिन्छ । केहि सञ्चारमाध्यमबाहेक धेरैले यो घटनालाई बेवास्ता गरेको देखिन्छ । अहिले युट्वलाई कानुनले मिडियाको रुपमा माने पनि वा नमाने पनि समाजले युट्वलाई मिडियाकै रुपमा मान्छ । युट्वले देखाएका दृष्य शब्दहरु नेपाली समाजले विश्वास गर्छ । युट्युवले पल शाहको प्रकरणमा जनमत तयार गरेको छ । पल शाहको पक्ष र पीडित किशोरीको विरुद्व जनमतसमेत तयार गरेको छ । युट्युवले तयार गरेको सामाग्री र युट्युवमा पल शाहको पक्षमा बोल्ने ब्यक्तिहरुको भनाई पत्याउने गरेका छन् । युट्युवरहरुले नियोजित रुपमा आफ्नो स्वार्थका लागि भ्रम सृजना गरिरहेका छन् । तर यो भ्रमलाई चिर्न कसैले सकेका छैनन् केही राष्ट्रिय स्तरका मिडियाहरुले लेखे पनि आम जनमानसमा भ्रमको पर्दा उठ्न नसकेको अवस्था छ । ग्यालमरको आडमा केहि सेलिब्रिटीहरुले यो पल शाह बचाउ अभियान चलाईरहेका छन् । उनीहरुले राज्यको अनुसन्धान गर्ने निकाय र न्याय प्रणाली समेतलाई चुनौती दिएका छन् । पल शाह न्यायको कठघरामा ल्याउँदा निर्दोष हुन पनि सक्लान् तर यसरी दिनहुँ प्रदर्शन गर्नुले पनि दोषी हुन सक्छ है भन्ने प्रशस्तै आशंका जन्माएको छ । यसरी युट्युवमार्फत जथाभावी षडयन्त्र भए पनि पत्रकारहरुको संघ संस्था र नियमनकारी निकाय प्रेस काउन्सिल विज्ञप्तीमा मात्रै सिमित देखियो । महिला अधिकारको पक्षमा समेत पैरवी गर्ने पत्रकार महिलाहरुको संस्था संचारिका समुह पनि टुलुटुलु हेरेर बसेको छ । अझ दुःखको कुरा त के हो भने अन्तराष्ट्रिय स्तरमा समेत नेपाली महिलाको अधिकार बारे वकालत गर्ने एकजना वरिष्ठ पत्रकार समेतले पल शाहलाई ‘शुभ आशिष छ’ भनेर हिरासतमा भेटिन भन्ने कुरा बाहिर आएको छ । के उनले महिला अधिकारको लागि लडेको लडाईँ नक्कली थियो त ? नारी अभियन्ताको खोलभित्र पीडक स्वार्थ ? त्यसो हो भने पुजा शर्मा र करिश्मा मानन्धर, दिपकराज गिरीहरुले पीडकको पक्षधरता देखाए भन्नुको के अर्थ ? न उनीहरु अभियन्ता हुन् नत उनीहरुको कुनै चेतना स्तर उठेको छ । वर्षौदेखि पल शाह जस्ताको शोषणमा परेका वा शोषण गरेका हुन् सक्छ ।

बलात्कार जस्तो संवेदनशिल मुद्दामा सामाजिक संजालभरि आरोपीको सर्मथनमा मात्रै आएपछि र घटनालाई रहस्यम बनाएपछि पछिल्लो समय केहि दिनअघि प्रसारण नियमावली संशोधन गरेर युट्युव दर्ताको प्रक्रिया र शुल्क तोकेको छ । तर दर्ता प्रक्रियामा आउँदैमा युट्युव नियमन गर्न सकिन्छ भन्ने अवस्था देखिदैन । नियमनको लागि भन्दै दर्ता शुल्क तोक्दैमा हुने होईन नियमन गर्न सरकार प्राविधिक र कानुनी रुपले सक्षम छ कि छैन भन्ने मुख्य बिषय हो । पैसाको आडमा जथाभावी युट्युव संचालन गर्ने तर सामाजिक उत्तरदायित्व निर्वाह नगर्नेहरुलाई साईवर अपराध सम्बन्धी कानुन् अनुसार पनि सजाय गर्ने प्रसस्तै आधारहरु छन् । कानुनी आधार हुँदा हुदै पनि साइवर अपराध ब्यूरो थाह नपाए झैं गर्ने हो भने अराजकता बढ्दै जानेछ । त्यसैले राज्य र ब्यक्ति सबैले कानुनको शासनको पालना गर्नुको विकल्प नै छैन । महिला हक अधिकारर र न्याय प्राप्तीको विषय दिवसमा मात्रै सिमित होईन की ब्यवहार मै देखिनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->