पोखरालाई अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित, सुरक्षित र आत्मनिर्भर सहर निर्माण गरिनुपर्ने समग्र पोखरा महानगरवासीको चाहना, आवश्यकता र अपरिहार्यता हो ।
यहाँ त्यसका निम्ति आवश्यक स्रोत र साधानका आधारहरु प्रशस्त छन् । त िस्रोत, साधनहरुको भरपुर उपयोगसँगै यहाँका नागरिकहको आत्मनिर्भरताका निम्ति पर्यटन प्रवद्र्धन, उद्यमशिलता र कृषिको आधुनिकीकरणमार्फत्उत्पादनमा व्यापक बृद्धि र व्यवस्थित बजारीकरणको व्यवस्था, आवास, मानव जीवनका निम्ति अन्यन्त महत्वपूर्ण विषय भएकोले भू–बनोटको प्रकृति अध्ययनपछिमात्रै सुरक्षित स्थानमा घर–आवास तथा संरचना निर्माण गर्ने, व्यवस्थित सहरीकरणका निम्ति दीर्घकालीन रुपको योजनाको स्पष्ट खाको नक्सा निर्माण गर्ने जस्ता आधारभूत विषयहरु समेटिएको बृहद कार्ययोजना तयार गरी त्यसको अक्षरशः कार्यान्वयनबाट मात्रै सुन्दर सहर निर्माणको मजबुद जग बस्छ ।
यदि अब पनि राम्रो जग बसाल्न सकिएन भने थप रुप बिग्रन्छ । किनकि भोलिको सही परिणाम प्राप्तिको निम्ति आज नै सही योजना बनाईनुपर्छ । तर कस्तो जग बसाल्ने र कुन स्तरको रुप दिने भन्ने कुराको निक्र्योल भने नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधिको दक्षता, क्षमता, कार्यकशलता, ईमान्दारिता, पारदर्शिता, योजना निर्माण र कार्यान्वयनमा निर्भर हुन्छ ।
यतिबेला स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन लागेको छ । निर्वाचन आयोगले निर्वाचनको मिति समेत तयर गरिसकेको छ । लोकतान्त्रिक व्यवस्थाको मुख्य आधार नै निश्चित समयान्तरालमा आवकि निर्वाचन हुनु हो । जस अन्तरगत नागरिकद्वारा जनप्रतिनिधि चुन्ने र उनैद्वारा शासन सत्ता सञ्चालन गर्ने परिपाटी हुन्छ । यस्तो बेला निर्वाचनमा प्रस्तुत हुने राजनीतिक पार्टी वा व्यक्तिले आ–आफ्ना घोषणापत्रहरु लिएर नागरिक बीच आउँछन् । त्यसमा आफ्नो कार्यकालमा गर्ने कामको फेहरिस्त प्रस्तुत गरिएको हुन्छ । ती बाचा वा प्रतिवद्धताहरु नागरिकबीच गरिएको तमसुक समान हुन्छन् । यो बेला अघिल्लो पटक गरिएका बाचाहरु कार्यान्वयन भए कि भएनन् ? वा कति भए ? कागज वा बोलीमा मात्रै सीमित रहे कि ? यस्ता विषयहरुमा नागरिकबीच व्यापक छलफल, बहस, र विश्लेषण हुनपर्छ ।
जसले प्रतिबद्धता अनुरुप काम गरे, उनलाई फेरि अर्कोपटक अवसर दिन्छन् । जसले गरेनन्, उनलाई वहिष्कृत गर्छन् र अर्को व्यक्ति जो सक्षम र क्षमतावान छन्, उनलाई चुन्छन् । यसरी चुन्दा सही विचारको पार्टी र असल व्यक्ति चुन्न सकियो भनेमात्रै सही काम हुनसक्छ । विकासको जग बस्छ र नागरिकको जीवनस्तरमा परिवर्तन आउँछ । यस्ता पटकपटकका निर्वाचनहरुमा छान्दै जाँदा असल व्यक्तिहरुको मात्रै राजनीतिमा प्रवेश हुन जान्छ । गलत प्रवृत्तिकाहरु हट्दै जान्छन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।
पोखरा महानगरको सन्दर्भमा विगतमा व्यवस्थित सहर निर्माणका निम्ति दुरगामी दृष्टिकोणका योजनाहरु बन्न सकेनन् । त्यतिमात्रै नभई संविधानसभामार्फत् संविधान निर्माणपछि स्थानीय निकायको पुनः संरचना गर्दा कास्की जिल्लालाई ५ स्थानीय एकाइमा विभक्त गरियो । जसमा चार गाउँपालिका र भूगोल, बसोबास र जनसंख्याको एउटै एकाइ बनाइनु विकेन्द्रीकरण सिद्धान्त विपरित कार्य हो । यस्तोमा प्रशासकीय पहुँच, विकास निर्माण र सुगमताको हिसाबले असहज हुन्छ र भएको छ । महानगरीय स्तरको सुविधा प्राप्तिबाट बञ्चित गाउँमा बस्ने नागरिकको थाप्लोमा समेत महानगरको करले थिचेको छ । केन्द्रीय सरकारबाट विनियोजित वार्षिक बजेटमा पनि निकै कम प्राप्ति भएको छ । यति धेरै जनसंख्या र तीन संघीय संसदीय निर्वाचन क्षेत्र भएको जिल्लामा देशभर यति कम स्थानीय एकाइ सायदै छैन । त्यो कार्य त्यतिबेलाको अदूरदर्शी र कमजोरी हो । कास्की जिल्लामा कम्तिमा १० स्थानीय एकाइ बनाइनु पथ्र्यो । त्यस्तो अवस्थामा केन्द्रबाट हने बजेट विनियोजनमा निकै बढी प्राप्ति हुने र साना इकाई हुँदा विकास निर्माण, प्रशासकीय सहजता तथा हरेक कामकाजमा नागरिकलाई धेरै सजिलो हुने थियो । विकासले गति पाउने थियो । अबका दिनमा त्यतातिर पनि ध्यान पु¥याउन जरुरी छ ।
विगतमा दूरगामी दृष्टिकोणका योजनाहरु बन्न नसक्दा सहरको रुप बिग्रेको छ । त्यही कारण पटकपटक बाटोका मापदण्डहरु फेरबदल भईरहे । जसको परिणाम नगरपालिकाको स्वीकृतिमा बनाइएका घर, संरचनाहरु धरापमा छन् । पानी, केबल, विद्युत आदि सप्लाई गर्दा पटकपटक पिच बाटो र पेटीहरु भत्काइएका छन् । बाटाहरु पिच गरेर नसकिँदै भत्किएका छन् । उद्घाटन हुन नपाउँदै पुल भाँच्चिएका छन् । पानी नै नथेग्ने नाला बनाइएका छन् । कमजोर प्रकृतिको जमीन र असुरक्षित क्षेत्रमा आवास संरचना बनाइएका छन् । यस्ता अनगिन्ती कामहरु स्तरहीन र कमजोर प्रकृतिका छन् । विना योजना काम गरिने, प्रशासनिक असहजता र ढिलासुस्ती, अनियमितता, भ्रष्टाचारजस्ता गलत क्रियाकलाप हुँदा यहाँको विकास निर्माणको जग नै कमजोर हुनुपुग्यो । त्यसैले विगतका गल्ती कमजोरी अन्त्य गरी आगामी दिनमा गल्ती नगर्ने प्रतिवद्धता सहित पोखरा महानगरलाई व्यवस्थित सहर निर्माणको मजबुत जग बसाल्नका निम्ति हरेक क्षेत्र समेट्ने गरी बनाइने दुरदृष्टिका योजनाहरुको नक्सा तयार गरी ती योजनाहरु समय तालिका मिलाएर कार्यान्वयन गर्न प्रतिवद्ध हुनुपर्छ ।
त्यसका निम्ति आवश्यकीय अवधारणाहरु :
– प्रशासनिक कार्यमाा हुने गरका ढिलासुस्ती अनियमितता र भ्रष्ट प्रवृत्ति अन्त्य गरी सुशासनको प्रत्याभूति दिलाउने ।
– महानगरका सबै वडा र गाउँलाई जोड्ने व्यवस्थित रिङ्रोड र पुलहरु निर्माण गर्ने
– बाटो, पुल, नाला, ढलहरु र डम्पिङ साइटको स्तरयुक्त निर्माण
– ताल तलैया नदी तथा खोलाहरुको उचित संरक्षण व्यवस्थापन
– सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन गर्न बाटो क्रसिङका निम्ति चोक चोकमा आकाशे पुलहरुको व्यवस्था
– हाइवे, मझौला र भित्रि बाटाहरु, नदी, खोला आदिको स्पष्ट मापदण्ड तयार गरी स्थायी संरचना निर्माण स्वीकृति दिनुपर्ने । पटकपटक घटबढ नगर्ने
– अव्यवस्थित तरिकाले बाटो किनारमा गरिने पार्किङ हटाई स्थायी व्यवस्थापन
– पोखरा क्षेत्र शिक्षा र स्वास्थ्यको निम्ति उपयुक्त वातावरण भएकोले विज्ञान प्रविधि, इन्जिनियरिङ तथा विभिन्न टेक्निकल विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्तरयुक्त अस्पताल एवम् मेडिकल कलेजहरुको हबको रुपमा विकसित गर्ने
– एक गाउँ, एक टोल ः एक उत्पादन अवधारणा विकास कार्यक्रम कार्यान्वयन गरी स्वरोजगार र रोजगारी सिर्जनासँगै आर्थिक दृष्टिले आत्मनिर्भर गराउने
– वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्ने
– सहकारी अवधारणालाई मजवुद गराउने
– महिलालाई उद्यमशील सिपमूलक तालिमहरुको व्यवस्था गरी पर्यटक आकर्षित गर्ने किसिमका हस्तकलाजन्य उद्योगहरु सञ्चालन गरी उत्पादन र बजारीकरण गर्ने
– विद्युत लाइन र स्वच्छ, सफा पानी वितरण गर्ने
– विद्युतीय सहरी मेट्रो रेलको सम्भाव्यता अध्ययन
– सवारी चापलाई मध्यनजर गरी वैकल्पिक हाइवेको व्यवस्था गर्ने
– पोखरालाई सूचना मैत्री सहरको रुपमा निर्माण गर्ने
– किसानहरुलाई प्रविधिसँग जोड्ने । मल, बीऊ आदिको व्यवस्थापनसँगै उत्पादिन बस्तुहरुको व्यवस्थित बजारीकरण गर्ने
– नेपालको मध्य पहाडी लोकमार्गको मुख्य सहरको रुपमा पोखरालाई विकास गर्ने
– अन्तर्राष्ट्रिय हवाई सेवा व्यवस्थित गर्ने
– खेल क्षेत्रको उत्थान गर्न खेल मैदानहरु व्यवस्थित गर्ने
– फेवा र अन्य तालहरुको उचित व्यवस्थापन गर्न तालमा आउने खोलाहरुमा बाँध, जाली तथा व्यापक वृक्षरोपण गरी बाढी पहिरो नियन्त्रण गर्ने
– विभिन्न समुदायका संस्कार र संस्कृतिको विविधताको रक्षा र सम्वद्र्धन गरी सांस्कृतिक कार्यक्रममार्फत् मनोरञ्जन गराउने र पर्यटन प्रवद्र्धन गर्ने
– पर्यटकीय स्थलहरु अवलोकनका निम्ति विभिन्न ठाउँमा केवलकारको व्यवस्था गर्ने
– पर्यटकीय दृष्टिले अन्यन्त महत्वपूर्ण क्षेत्र, तालहरुको नजिक पानीको फोहोरा, पार्क, मूर्तिहरु तथा रमणीय डाँडाहरुमा दृष्यावलोकनका निम्ति भ्यु टावरहरु निर्माण गरी पर्यटकलाई थप आकर्षिक गर्ने
– सेती नदी र खोलाहरु वरपर सरसफाई गरी हिउँदका बेला नदी किनार र खोँचहरुमा पैदलमार्ग तयार गरी पर्यटन प्रवद्र्धन गर्ने
– विभिन्न स्थानमा रहेका पार्कहरुलाई थप स्तरीय रमणीय र आकर्षक गराउनुका साथै नयाँ पार्क र खुल्ला स्थानको खोजी र व्यवस्थित गर्ने
– पोखरा र आसपासको क्षेत्र विश्वकै पर्यटकीय गन्तव्य स्थल भएकोले सहर देखि गाउँसम्म पर्यटकीय पूर्वाधारहरु तयार गरी प्रवद्र्धन र व्यवस्थित गर्ने
– पशुपति, लुम्बिनी, जनकपुरधाम एवम् अन्य धार्मिक स्थल हुँदै मुक्तिनाथ जाने धार्मिक पर्यटकका निम्ति पोखरालाई टा«न्जिट केन्द्रको रुपमा विकास गर्ने
– पोखरा उपत्यका र वरपरका धार्मिक स्थलहरु विन्ध्यवासिनी, भद्रकाली, तालबाराही, अकलादेवि, शितलादेवि, केदारेश्वर, गणेश मन्दिर, कास्कीकोट, गुप्तकालिका पञ्चासे, सिद्धेश्वर, पोखरा–१५ गलेश्वर, कालिकास्थान, बौद्ध गुम्बा एवम् विभिन्न जातजाति, धर्म र सम्प्रदायका आ–आफ्नै महत्व बोकेका धार्मिक स्थलहरुलाई थप व्यवस्थित गरी दर्शन र पूजन गर्न आउने धार्मिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा व्यवस्थित गर्ने
– महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, हरिहर गुफाहरुलाई थप व्यवस्थित र आकर्षक गराउने
– पोखरा उपत्यका र आसपासका दृष्यावलोकन केन्द्रहरु सराङकोट, कास्कीकोट, चापाकोट, भदौरे, पुम्दिकोट, माछापुच्छ«े भ्यु प्वाईण्ट, पोखरा भ्यु प्वाइन्ट, शान्ति स्तुपा, काहुँ धरहरा, अर्मलाकोट, आर्वा, मौजा, पुरुञ्चौर, उपल्ले काउरे, निर्मलपोखरी, मट्टिखान, कृष्ति, भरत पोखरीको हुँडिकोट, लेखनाथ जन्मस्थान अर्चले, प्राकृतिक पुल ढुँगेसाँघु, राखी टाइगर टप, कालिकास्थान, सुन्दरीडाँडा, पञ्चासे, कुदिम् डाँडा जस्ता विषेशतायुक्त स्थानहरुलाई संरक्षण र व्यवस्थापन गरी पर्यटकलाई आकर्षण गर्ने किसिमका व्यवस्थित पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्ने
यी र यस्ता अपार क्षेत्र र स्थानहरुको भरपुर उपयोग सँगै बृहद दूरगामी योजनाहरुको कार्यान्वयनबाट पोखरा महानगर विश्वकै उत्कृष्ट शिक्षा केन्द्र, स्वास्थ्य केन्द्र र पर्यटकीय केन्द्र सहितको आत्मनिर्भर सुरक्षित र व्यवस्थित सहर निर्माण हुनेछ । ( लेखक विकास अभियन्ता तथा नेपाली कांग्रेसका नेता हुन् ।)





