बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य शिविरलाई मन्त्रीको सहयोग

स्वास्थ्य शिविरलाई मन्त्रीको सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७८, सोमबार

पोखरा/ गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले स्वास्थ्य शिविर संचालनको लागि आर्थिक सहयोग गरेका छन् ।उनले पोखरा–११,रानीपौवाको मार्गदर्शन महिला समूहले आयोजना गरेको शिविरलाई सघाएका हुन् ।
शिविरमा महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गरिएको थियो । शिविरबाट कार्यक्रमबाट १६१ जनाले सेवा लिए । मन्त्री थापाले आफूले पाउने तलब, भत्ता बापतको रकमबाट शिविरलाई सहयोग गरेका हुन् ।
उनले गण्डकी सरकारले पनि क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलाहरुलाई उपचारका लागि सहयोग गर्दै आएको स्मरण पनि गरे । पोखरा–११ का वडाध्यक्ष मोहन बास्तोलाले न्यून आय भएका महिलाहरुको स्वास्थ्यमा वडाले पनि सघाउने प्रतिवद्धता जनाएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->