बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको आँबुखैरेनीमा दुर्घटना, ३ जनाको मृत्यु

तनहुँको आँबुखैरेनीमा दुर्घटना, ३ जनाको मृत्यु

टोलका ३ जनाको निधनपछि शुक्लागण्डकीको गणेशटोल शोकमा ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७८, सोमबार

तनहुँ/ तनहुँको ऐनापहरा सडक दुर्घटना हुँदा शुक्लागण्डकीका तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पौने १ बजे पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ आइरहेको ग २ ख ३०७ नम्बरको बस र दुलेगौँडाबाट कुरिनटारतर्फ गइरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । घाइतेमध्ये टाटासुमोमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ गणेशटोलका ३६ वर्षीय टाटासुमो चालक ओमप्रकाश गुरुङ, ४५ वर्षीय लक्ष्मीकुमारी शाही र ७३ वर्षीय रुद्रबहादुर सेन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । तीनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए । एउटै टोलका तीन जनाको दुर्घटनामा मृत्यु भएपछि शुक्लागण्डकीको गणेशटोल शोकमा डुबेको छ ।

टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाइते भएका हुन् । तिमध्य टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको भएको हो । टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->