विश्वमै सबैभन्दा धेरै र शक्तिशाली सैन्य सामथ्र्य भएका देशमध्येको रुसले युक्रेन आक्रमणको प्रारम्भिक चरणमा आफ्नो क्षमता देखाउन सकेन । धेरै पश्चिमा सैन्य विश्लेषकहरूले रणभूमिमा हालसम्म रुसको प्रदर्शनप्रति आश्चर्य व्यक्त गरेका छन् । एक जनाले यसलाई ‘निराशाजनक’ भनेका छन् । यस्तैमा रुसले युक्रेनमाथि हाइपरसोनिक मिसाइल आक्रमण गरेपछि त्यसको पुष्टि भएको बताएका छन् । युक्रेनमा रुसी सेनाको अघि बढ्ने क्रम एकदमै सुस्त भएको छ भने कतिपयले उसले बेहोरेको क्षतिका कारण पुरानो सामथ्र्य फेरि हासिल गर्ने कुरामा आशंका गरेका छन् । ‘रुसी पक्षले आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन र यसको अन्त्यसम्म पनि पूरा गर्ने सम्भावना कम छ’, नेटोका एक वरिष्ठ सैन्य अधिकारीले भने । त्यसो भए रुस कहाँ चुकेको छ त ?मैले रुसले गरेका गल्तीबारे पश्चिमा वरिष्ठ सैन्य अधिकारी र गुप्तचर निकायका अधिकारीहरूसँग कुरा गरेको छु ।
गलत आंकलन
प्रतिरोधको शक्ति र युक्रेनको सानो सैन्य शक्तिलाई कमजोर आंकलन गरेर रुसले सबैभन्दा पहिलो गल्ती ग¥यो । रुसले वर्षमा ६० अर्ब अमेरिकी डलर बराबरको रकम रक्षा क्षेत्रमा खर्च गर्छ । जबकि युक्रेनको रक्षा बजेट चार अर्ब अमेरिकी मात्रै डलर छ । रुस र अरूले पनि रुसको सैन्य क्षमतालाई वास्तविक भन्दा बढी आकलन गरे । राष्ट्रपति पुटिनले सेनालाई आधुनिकीकरण गर्ने महत्वाकांक्षी परियोजना सुरु गरे र उनी आफैले पनि बढाइचढाइमा विश्वास गरे । ब्रिटिश सेनाका एक वरिष्ठ अधिकारीका अनुसार रुसले गहन पारमाणविक अस्त्र र परीक्षणमा ठूलो लगानी गरेको छ । नयाँ हाइपरसोनिक क्षेप्यास्त्र निर्माणका लागि पनि ठूलो लगानी गरेको छ । रुसले विश्वकै सबैभन्दा अत्याधुनिक ट्यांक टी–१४ आर्मता बनाएको छ । मस्कोस्थित रेड स्क्वाएरको विजयदिवस परेडमा देखिएको उक्त उपकरण युद्धमा प्रयोग भएको देखिएको छैन । युद्धमैदानमा प्रयोग भएका अधिकांश रुसी उपकरणहरू पुराना टी–७२ ट्याङ्क, बख्तरबन्द गाडी, तोप र रकेट लन्चर हुन् ।
आक्रमणको सुरुतिर रुस हवाई हमलामा अगाडि देखिएको थियो ।उसले युक्रेनको एक वायुसेना बराबर आफ्नो तीन वायुसेनाको फौजसहितका लडाकु विमान सीमा नजिक पु¥याएको थियो । धेरै सैन्य विश्लेषकहरूले आक्रमणमा अघि बढेको रुसी फौजले धेरै छिटो आकाशमा आधिपत्य जमाउने आकलन गरेका थिए । तर त्यसो भएन । रुसको युद्ध क्षमतालाई सीमित गर्दै आफ्नो हवाई प्रतिरक्षा प्रणाली अझै प्रभावकारी रहेको युक्रेनले सिद्ध गरेको छ । मस्कोले उसको विशेष टोलीले छिटो र निर्णायक मानिने आक्रमण गरेर महत्त्वपूर्ण भूमिका खेल्ने अनुमान गरेको हुनसक्छ । रुसले सानो फौजको बलमा नै युक्रेनको प्रतिपक्षका लागि उत्रिनेहरूलाई परास्त गर्न सकिने ठानेको हुनसक्ने एक वरिष्ठ पश्चिमा गुप्तचर अधिकारीले बीबीसीसँग बताए ।
तर उनीहरूले किएभ नजिकैको होस्टोमेल विमानस्थलमा आक्रमण गरेको केही दिनमै रुसी सेना त्यहाँबाट हट्न बाध्य भयो । त्यसकारण रुसले थप सैनिक, अस्त्र र आवश्यक आपूर्ति गर्न सकेन ।
रुस आफ्नो फौजका लागि आवश्यक आपूर्ति सडक मार्गबाटै गर्न बाध्य भयो । नाकाहरूमा सामान आपूर्ति गर्ने रुसी वाहनहरू ट्राफिक जाममा पर्दा एम्बुसमा पार्न युक्रेनीहरूलाई सहज भयो । सडकबाहिरबाट गुडेका केही ठूला बख्तरबन्द गाडीहरू हिलोमा फसेका छन ्। भूउपग्रहमार्फत् किएभको उत्तरतर्फ देखिएको रुसी सैन्य सवारीसाधनको लस्कर किएभलाई घेरा हाल्न अझैसम्म सफल भएको छैन । बरु दक्षिणतर्फबाट रुसी सेना धेरै अघि बढेको छ र रेलमार्ग प्रयोग गरेर आफ्नो फौजका लागि आपूर्ति जारी राख्न सफल भएको छ । रुसी राष्ट्रपति पुटिनको सेनाले ‘गति गुमाएको’ यूकेका रक्षामन्त्री बेन वालेसले बीबीसीसँग बताएका छन् ।‘उनीहरू अड्किएका छन् र बिस्तारै तर निश्चित रूपमा ठूलो क्षति बेहोरिरहेका छन्’, उनले भने । रुसले युक्रेनमा आक्रमण गर्न १,९०,००० सैनिक परिचालन गरेको थियो । त्यसको १० प्रतिशत उसले गुमाइसकेको बताइएको छ । तर रुस र युक्रेन दुवैतर्फको सेनातर्फ भएका क्षतिबारे भरपर्दो तथ्याङ्क उपलब्ध छैन । युक्रेनले १४,००० रुसी सैनिक मारिएको दाबी गरे पनि अमेरिकाले त्यसको आधा फौज रुसले गुमाएको आकलन गरेको छ ।
पश्चिमा अधिकारीहरूले रुसी सेनाको मनोबल ‘एकदमै न्यून’ रहेको बताएका छन् । आक्रमणको आदेशअघि नै युक्रेन सीमानजिकको बेलारुस र रुसमा कैयौँ दिन बिताएका सैनिकहरू ‘चिसो, थकान र भोक’सँग संघर्ष गरिरहेको अर्का अधिकारीले बताए । सैन्य क्षति बेहोरेको रुस आर्मिनियाको सीमानजिकै पूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई युक्रेन पठाउन बाध्य भएको छ । पश्चिमा अधिकारीहरूले सिरियाबाट झिकाइएका लडाकुसहित वाग्नर समूहका भाडाका सैनिकहरू छिट्टै युद्धमा सामेल हुने आकलन गरेका छन् ।अरू केही उपलब्ध नभएकाले रुसले कमसल कुराले काम चलाउन खोजेको नेटोका एक अधिकारीको धारणा छ ।
आपूर्ति र बन्दोबस्ती
रुसले आधारभूत कुरामै संघर्ष गरिरहेको छ । सिकारुले युद्धका रणनीतिहरूबारे कुरा गर्छन् तर व्यावसायिकहरूले बन्दोबस्तीका सामानको अध्ययन गर्छन् भन्ने एक पुरानो सैन्य कथन छ । युक्रेन युद्धमा रुसले बन्दोबस्तका सामानमा ध्यान नपु¥याएको धेरै प्रमाण छ । बख्तरबन्द गाडीहरू इन्धनविहीन भएका छन्, खाना र अस्त्रको अभाव भएको छ । बिग्रिएर छोडिएका रुसी सैन्य साधनहरू युक्रेनी ट्याक्टरहरूले सडकबाट पन्छाएका छन् । पश्चिमा अधिकारीहरूले रुसले धेरै अस्त्रहरू पनि खर्च गरिसकेको ठानेका छन् । रुसले ८५० देखि ९०० वटा लामो दूरीमा लक्ष्यभेदन गर्ने हतियारहरू प्रहार गरिसकेको छ । तिनमा क्रुज क्षेप्यास्त्रजस्ता अर्को अस्त्रले प्रतिस्थापित गर्न कठिन हुने किसिमका हतियारहरू पनि थिए । अमेरिकी अधिकारीहरूले आफ्नो अभावपूर्तिका लागि रुसले चीनसँग सहयोग मागेको बताएका छन् । अर्कोतर्फ पश्चिमा देशहरूबाट युक्रेनमा निरन्तर हतियारहरूको आपूर्ति भइरहेको छ । त्यसले उसको नैतिक मनोबल उच्च भएको छ । अमेरिकाले युक्रेनलाई ८० करोड डलर रक्षा सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।अमेरिकाले आफैले निर्माण गरेको ट्याङ्क प्रतिरोधी र विमान प्रतिरोधी क्षेप्यास्त्र पनि उपलब्ध गराउने बताएको छ । ’कामिकाजी’ नाम गरेको यो ड्रोन क्षेप्यास्त्र झोलामै बोक्न सकिने र गन्तव्यमा सानो बम पु¥याउने साधन हो । पश्चिमा अधिकारीहरूले पुटिनले थप क्रुरता प्रदर्शन गर्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले पुटिनसँग युक्रेनी सहरहरूमा लामो समयसम्म बमबारी गर्ने सामथ्र्य कायमै रहेको बताएका छन् ।
अवरोधबीच पनि पुटिन पछि नहट्ने बरु युद्ध थप चर्काउने एक गुप्तचर अधिकारी बताउँछन् । उनी रुसले सैन्य बलमै युक्रेनलाई हराउन सक्नेमा निर्धक्क देखिन्छन् । व्यापक प्रतिरोधमा उत्रिएका युक्रेनीहरू पनि समय क्रमसँगै आपूर्ति अभावमा पर्ने तथा अस्त्र र जनशक्ति दुवैको अभाव हुनसक्ने आकलन उनीहरूको छ । युद्धका प्रारम्भिक दिनहरूमा भन्दा परिस्थिति धेरै फेरिएको भए पनि रुसी सेनालाई अझैसम्म युक्रेनीहरूले रोकेर राखेका छन् । (बीबीसी)





