तनहुँ/ नाबालिग बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए । बुधबार पीडितका तर्फबाट बहस भएको र बिहीबार पीडक पक्षका कानुन व्यवसायीले बहस गर्ने शर्माले जानकारी दिए ।
‘वादीको तर्फबाट हामीले बहस ग¥यौं, प्रतिवादीका तर्फबाट बहस होला,’ उनले भने, ‘बहस सकियो भने बिहीबार नै थुनछेक आदेश जारी हुनसक्छ ।’
पीडितका तर्फबाट बुधबार जिल्ला न्यायाधिवक्ता शर्मा, अधिवक्ताहरु मोहना अन्सार, सरिता तिवारी, राधिका खतिवडालगायतले बहस गरेका थिए । विहिबार पलका कानुन व्यवसायीले बहस गर्ने कार्यसूची छ ।
दुबैतर्फका कानुन व्यवसायीले बहस गरिसकेपछि अदालतले थुनछेक आदेश जारी गर्नेछ । थुनछेक आदेशमा बलात्कार अभियुक्त पललाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमा छाड्ने आदेश जिल्ला न्यायाधीश ढुङ्गानाले निर्णय गर्नेछन् ।
पीडितका कानून व्यवसायी टंकप्रसाद पौडेलले पललाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश आउने सम्भावना बढी रहेको बताएका छन् । ‘बलात्कार मुद्दाको नजिर हेर्दा धरौटी वा तारेखमा छाडेका घटना कमै छन्’, उनले भने, ‘मुद्दाको गम्भिरता हेरेर थुनछेक आदेश जारी गर्दा पीडक पुर्पक्षका लागि थुनामा पठाउने सम्भावना बलियो छ ।’
जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार पलविरुद्ध अधिकतम १४ बर्ष र उनका म्यानेजर कृष्णलाई बलात्कार मतियारका रुपमा ७ बर्ष कैद सजाय माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । मुद्दा दर्ता लगत्तै अदालतले पलसँग बयान लिएको थियो भने कृष्णसँग बुधबार बयान लिएको जनाएको छ ।
अदालतले लिएको बयानमा पल र कृष्ण दुबैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनुसन्धान अधिकृतसमक्ष दिएको बयान नै दोहो¥याएका छन् । ‘अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएकै बयान प्रतिवादीले अदालतमा दिएका छन्’, जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘हामीलाई दिएको बयान भन्दा फरक केही छैन ।’
अभियोग पत्रमा पलले बलात्कार अस्विकार गरेका छन् । बलात्कार अस्वीकार गरेपनि अडिओमा सार्वजनिक उनको ‘गर्लफ्रेण्ड–ब्यायफ्रेण्डवीच हुनु भनेको नर्मल हो’ भन्ने अभिव्यक्ति आप्mनो भएको स्वीकारेका छन् । पीडित गायिका नाबालिग रहेको आफुलाई जानकारी रहेको र वारदात भएको स्थानमा मध्यरात बियर लिएर पीडितको कोठामा गएको पनि पलले स्वीकारेका छन् ।
यस्तै, उनका म्यानेजर कृष्णले बलात्कार अभियोग मिलाउन पलले तलब दोब्बर मासिक ५० हजार दिएको, पीडितका आफन्तलाई ५० लाख रुपैयाँसम्मको आर्थिक प्रलोभन र मान्छे मार्न पनि पछि नपर्ने अभिव्यक्ति दिएको स्वीकारेका छन् ।
झुटो प्रेमको प्रलोभनमा पारेर पटक पटक बलात्कार गरेको भन्दै पीडित नाबालिगका परिवारले गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेपछि बेपत्ता भएका पल फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए । जाहेरीमा शाहले पोखरा, तनहुँ, नवलपुर लगायतका ठाउँमा बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
कास्की अदालतको ढोका फोरेर कस्ले पु¥यायो ५ सय फाइलमा पहुँच ?
जिल्ला अदालत कास्कीका कार्यालय सहयोगी बुधबार बिहान कार्यालय जाँदा फरक दृश्य देखे । प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले हेर्ने १ नम्बर इजलासको ढोका खुला थियो । भट्टराई बस्ने ६ नम्बर फाँटका दुईवटा ढोका पनि खुला थिए । ढोकाभित्र दराज र टेबलका घर्रा खोलेर कागजपत्र गिजोलेको दृश्य कार्यालय सहयोगीले देखे ।
कार्यालय सरसफाइमा जाँदा देखेका दृश्य उनले अदालतका प्रशासनफाँटमा जानकारी दिए । प्रशासनले प्रहरीलाई खबर ग¥यो । डिएसपी चिनीमाया तामाङको कमाण्डमा रहेको वडा प्रहरी कार्यालय बैदामको गेट र जिल्ला अदालतको गेट सडकको वारीपारी छ ।
प्रहरी कार्यालयकै अगाडी रहेको जिल्ला अदालतको कम्पाउण्ड पर्खाल र काँडेतारले घेरिएका छन् । २४ घण्टा प्रहरी सुरक्षामा रहेको अदालत भित्र को कुन उदेश्यले छि¥यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।
अदालत भित्र छिरेका व्यक्ति ढोकाको चाबी फोरेर भित्र छिरेको देखिएको छ । छाबी फोर्न प्रयोग गरिएको रड फेला परेको छ । घटनाका विषयमा प्रहरीले मुचुल्का बनाएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।
‘घटनास्थल पुगेर हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’, उनले भने, ‘अहिलेसम्म केही हराएको जानकारी भने छैन ।’
अदालतभित्र पुगेका व्यक्तिले विभिन्न फाइल पल्टाएको देखिएको छ । तर, अदालत भित्र रहेका कम्युटर लगायतका सामग्री भने सुरक्षित भेटिएको डिएसपी तिवारीले बताए । अदालतमा पेश गरिएको मिसिल र कुनै कागजात हराएको छ कि छैन भने र अनुसन्धान भइरहेको उनले बताए ।
जिल्ला अदालतका अनुसार उक्त फाँटमा फैसला गरिएका र चालु अवस्थामा रहेका मुद्दाका ५ सय फाइल थिए । सोही घटनाका कारण बुधबार सुनुवाई हुनुपर्ने ५ वटा मुद्दा प्रभावित भएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । अदालत छिर्ने व्यक्तिले मिसिलबाट महत्वपूर्ण कागजपत्र चोरेको हुन सक्ने आशंका अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
‘अदालत फोर्ने व्यक्ति धनसम्पत्ति चोर्न पक्की आउँदैन, कागजपत्र चोरिएको आशंका छ’, पनेरुले भने, ‘हामीले पहिला सबै फाइल हेर्छौ र एकएक पाना भेरिफाइ गर्छाँै ।’ यसका लागि अदालतमा रहेको सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराइसकेको उनले बताए ।
अदालत जस्तो संवेदनशील क्षेत्रमा कोही व्यक्ति उदेश्य बिना प्रवेश गर्न नसक्ने उनको भनाइ छ । ‘कुनै मुद्दाका महत्वपूर्ण सक्कली लिखत हराएको पनि हुनसक्छ, केही नलगेको भए किन अवैध तरिकाले अदालत छि¥यो भनेर अनुसन्धान हुन्छ’, उनले भने, ‘अहिलेसम्म केही हराएको पाइएको छैन, अदालत छिर्ने व्यक्ति पनि पहिचान भइसकेको छैन ।’
अदालत परिसर बाहिर लागु औषध नष्ट गर्ने स्थान छ । लागु पदार्थ सेवनकर्ता अदालत छिरेको हुन सक्ने अनुमान पनि गरिएको छ । यसतर्फ पनि अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए ।
‘ढोका फोरेर भित्र पसेका व्यक्तिले अहिलेसम्म केही लगेको देखिँदैन’, उनले भने, ‘कुन नियत राखेर अदालतमा को छिरेको हो भनेर खोजतलास गर्दैछौं, छिट्टै निष्कर्षमा पुग्छौँ ।’





