पोखरा\नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मधुमेह लाग्ने र मधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल विकास समाजका प्रतिनिधि पवित्र बाबु स्वतीले मधुमेह समयमै चिन्न नसके स्वास्थ्यलाई निकै जोखिम रहेको बताए । उनले मधुमेहका कारण हृदयघात हुने र वार्षिक रुपमा विश्वमा करोडौ मानिसको मधुमेहकै कारण मृत्यु हुने गरेको सुनाए ।
मधुमेहलाई विशेष गरी ३ प्रकारमा वर्गीकरण गरिएको छ । पहिलो प्रकारको मधुमेह भनेको वंशजबाट सर्ने हो । जुन ८ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ । दोस्रो चरण भनेको उमेर बढ्दै गएपछि देखिने हो ।
नेपालाम दोस्रो चरणको मधुमेह रोगिको संख्या निकै रहेको छ । सन्तुलित खानपान र शारीरिक व्यायम नहुँदा बढि रोगि हुन् पुगेका हुन् । सन्तुलित आहारविहारमा समयमै ध्यान दिन नसक्दा धेरै नागरिक यस्को शिकार बन्न पुगेका छन् ।
तेस्रो भनेको गर्भवती महिलामा देखिने मधुमेह हो । महिलाहरु गर्भवती भएको ३ देखि ६ महिनासम्मा मधुमेह देखिने गर्दछ । त्यसपछि विस्तारै हराउँदै जानेभएपनि खानपानमा ध्यान दिन सकेन भने भविष्यमा मधुमेहको खतरा बढ्ने उनले बताए ।





