बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुरु

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०७८, बुधबार

बेनी / बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे मेसिन खरिदगरी सेवा सुचारु गरिएको हो ।

एक्सरे सेवा सुचारु भएपछि सेवाग्राहीले नजी क्लिनिकमा जानुपर्ने बाध्यता हटेको छ ।पटक–पटक बिग्रेको एक्सरे मेसिन मर्मत तथा नयाँ मेसिन खरिदका लागि मन्त्रालयसँग अनुरोध गरेको अवस्थामा प्रक्रिया लामो हुने भएपछि ब्यवस्थापन समितिबाटै निर्णय गरी खरिद गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट जीतेन्द्र कँडेलले बताए ।

‘सेवा सुचारु भएको छ,‘हामीले एक्सरे सेवाका लागि थप माग गरेका छौ’ डा. कँडेल भने ।एक्सरेको प्रिन्टर ६ महिनादेखि बिग्रेपछि डाक्टरले स्क्यान गरेको इमेजलाई मोबाइलमा तानेर हेरी सेवा दिने गरेकोमा अहिले प्रिन्ट गरेर हेर्न मिल्ने डा. कँडेलले भने । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले एक्सरे मेसिन स्वास्थ्य मन्त्रालयबाट ल्याउने प्रयास भइरहेको बताए । उनले स्वास्थ्य मन्त्रालयबाट अर्थमन्त्रालयमा स्वीकृतिका लागि गएकाले थप सेवा आउने बताए ।

यसअगाडी म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आधा दशक अगाडी साढे ११ लाख रुपैयाँमा डिजिटल प्रविधिको एक्सरे मेसिन बेनी अस्पतालमा सेटअप गरिदिएको हो ।मोना हङकङले एक्सरे मेसिन मात्र होइन, मर्मतसम्भारका लागि ६ लाख ६५ हजारको अक्षय कोष पनि बनाइदिएपनि मर्मतमा खर्च गर्न नसकिएको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको पुरानो मेसिन मर्मतका लागि अक्षय कोषबाट खर्च गर्न सहयोगदातासँग समेत छलफल भइरहेको जनाइएको छ । अस्पतालमा दैनिक ४०–५० जनाले एक्सरे सेवा लिने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->