भदौ महिना पानी सिमसिम परेको छ २१ गते साँझ ४ बजे पोखराको पृथ्वीचोकमा रहेको बस पार्कमा पूर्वको बस चड्न, बस खोज्दै गरेका थिए एक जोडीले । हेर्दा २०÷२२ की देखिने तर वर्ष १९ की एक युवती र ३१ वर्षका युवक काकटभिट्टा जाने बसमा टिकट काटेर चडेका थिए । सबै यात्रुहरु आ—आफ्नै ध्यानमा मग्न थिए । बस त्यतिधेरै भिडभाड पनि थिएन । गोरो अग्लो कदको देखिने ती युवक र युवती बीच कुनै नाता सम्बन्ध छ जस्तो लाग्दैन। उनिहरु को हुन् केका लागि यात्रा गरिरहेका छन् कसैले सोधखोज र वास्ता गर्दैनन् ।
प्रमिला (नाम परिर्वतन), स्याङ्जा प्रगतिनगर २ घर भएका अर्जुन शर्माको पछि लागेर कुवेतमा हाउसकिपिङको काम गर्न हिडेकी हुन् । उनी र अर्जुन झापाको काकडभिट्टा जाने बस चडेर हिडेका हुन् । अर्जुनले राती बसमा लामो समयसम्म मोवाइलमा कुराकानी मात्रै गरिरहे । प्रमिलाले सोधिन् “यतिलामो फोन कल्लाई गर्नुभको नी !’ अर्जुनले भने ‘मैले तिमीलाई कुवेतमा राम्रो काम मिलाउनका लागि सेटिङ मिलाउँदै छु ।‘तर उनको सेटिङ अर्कै थियो भारत पु¥याउने र अर्को दलालको हातमा सुम्पिने ।’
प्रमिला र अर्जुन भोलिपल्ट बिहान १० बजे काकटभिट्टा पुगे । त्यो दिन उनीहरु त्यहिको एक होटलमा बसे । अर्जुनलाई कसरी प्रमिलालाई बोर्डर कटाउने भन्ने चिन्ताले सताइरहेको थियो । उनीहरु लगातार ४ दिनसम्म उचित समयको पर्खाइमा झापा बसे । पाँचौ दिन साँझ प्रमिलालाई एउटा रिक्सामा हालेर पानीटंकी पु¥याइयो । उनले भनिन् ‘नेपालको सिमानामा चेकजाँच भइरहेको थियो । मेरो ब्यागमा भएका कपडाहरु अर्को ब्यागमा राख्न लगाए अर्जुनले एउटा १७/१८ वर्षको केटालाई पनि बोलाए ब्यागमा माथिबाट केटाको टिसर्ट राख्यो ।’ केटाले उनको ब्याग अर्को रिक्सामा हालेर पानीटंकी पु¥यायो । प्रमिलासँग लेडिज ब्यागमात्रै भएकोले कसैले शंका गरेन । उनलाई कसैसँग नबोल्नु भनिएको थियो । उनि पानीटंकी पुगेपछि केटाकोभारतिय नम्बरबाट प्रमिलालाई फोन आयो । यसरी प्रमिलालाई बोर्डर कटाईयो । पानीटंकीमा उनलाई लिन एकजना नेपाली केटा आयो । एक रात उनीहरु बागडुग्रामा बास बसे भोलिपल्ट उनि एक्लै प्लेन चढेर दल्ली पुगिन् । दिल्लीमा उनलाई समिर राना भन्ने केटा लिन आयो । प्रमिलालाई दिल्लीको ठाँउसाउ याद छैन उनको पढाई पनि खासै छैन । दिनको ३ बजेको छ होटलको कुनै कोठा होइन भाडामा लिए जस्तो देखिन्छ । कोठामा खासै सुविधा छैन ठिकैका कोठाहरु त्यहाँ पुग्दा आफु जस्तै ९÷१० जना महिलाहरु बिदेश हिड्न ठिक्क परेका तर धेरै दिन पर्खिएर बसेका थिए । प्रमिलाले भनिन् ‘मलाई दिल्लीमा उनिहरुले कहिले एयरर्पोट लैजान्थे कहिले कोठा पु¥याउथे आउँदै जाँदै गर्दै कोठा फेर्दै १०/१२ दिन दिल्लीमा उनीहरुले मलाई राखे । अरु महिलाहरुलाई पनि उनीहरुले यस्तै गरेका थिए । त्यो कोठामा कहिले धेरै हुने कहिले थोरै हुने क्रम धेरै दिनसम्म चल्यो । केहि दिनपछि बिनिता र मसहित पाँच जना केटीहरु भयौ ।’
अर्को दिन समिर रानाले अरु महिलाहरु सहित प्रमिला र बिनितालाई दिल्ली एयरर्पोट पु¥यायो । बिनिता र म बाहेक दुई जना उडे तर हामी तीन जना फेरी कोठामा फर्कियौं । त्यही दिन हामीलाई हतर हतार डेरा सारियो सायद त्यहा भारतिय प्रहरीको चेकिङ भएको थियो हो । तीन दिनसम्म त्यहि डेरामा बस्यौं फेरी अर्की केटी थपिईन् । भोलि पल्ट दिउँसो ३ बजे मेरो फ्लाईट भयो । प्रमिलाले बेलीबिस्तार लगाईन् ।
श्रीलंका एयरर्पोट, मानिसहरुको ठूलो भिडभाड छ । सबै आअफ्नै तालमा छन् । एक हुल नेपाली महिलाहरु आफ्नो ब्याग बोकेर अध्यागमनको कार्यालय तर्फ जान्छन् । त्यहाका अधिकारीहरुले एक नेपाली युवतीलाई अग्रेजीमा सोध्छन् ‘धुम्न आएकी ?’ संयोग बस उनले टाउको मात्र हल्लाईन् । उनलाई अग्रेजी बोल्न आउँदैन र पढेकी पनि छैन कुन देशमा आईपुगें भन्ने पनि केहि थाहा छैन । बाहिर पट्टी निस्कदा आफुसंगै गएका महिलाहरुगाडी चड्न लागेका थिए । प्रमिलाई कसैले सोधेन एकछिन त उनी निरास भईन् अलपत्र परें भन्ने डर पनि लाग्यो तर उनलाई पनि सबिता हो ?भनेर लोटामा ढुङगा हालेर हल्लाए जस्तो आवाजमा ईसारा ग¥यो कोहीले । उनले केहि पनि बुझिनन् । त्यो ब्यक्ती, उनीसहित अरु महिलालाई पनि लिन आएको रहेछ । दलालले एकडेड घण्टा पछि एउटा पुरानो बजारमा पु¥यायो जहा एउटा सानो पर्खालवाला घर थियो ।
चर्को गर्मी, सागुरो कोठा भित्र ८०/९० जान १७ देखि ४० बर्ष सम्मका महिलाहरु कोही रुदै थिए कोही कराउदै थिए । मानौं उनिहरुले मानसिक सन्तुलन गुमाएका हुन् । श्रीलंकामा अलपत्र परेर बसेका उनिहरुसंग न ओड्ने कपडा न ओछ्याउने कपडा कडा पहरेदार सामु रहेका उनिहरुलाई छिरिक्क बाहिर निस्कन दिईदैंन थियो । कसैले दुस्प्रयास गरेमा सजायको भागीदार हुनु पर्ने । अलपत्र परेका ती महिलाहरु कोही ओमन, कोही दुवई, कोही इराक, कोही साउदी र कतार जान भनेर हिडेका थिए । न उनिहरुलाई अंग्रेजी आउथ्योन सिप नै राम्रो थियो । उनिहरु त अर्काको राहदानी र प्रवेज्ञामा सित्तैमा विदेश छिरेका थिए । यही भिडमा थिईन् प्रमिला उर्फ सबिता ‘बासी र सडेको खान दिन्थ्यो मैले त ३ दिन सम्म खाईनपछि पेट भर्न कै लागी भए पनि खानुपर्ने बाध्यता भयो । तीन महिनासम्म हामी अलपत्र परेर श्रीलंकामा बस्यौ । ०७३ मंसिर ११ गते मलाई ओमन पु¥याए।’ प्रमिलाले लामो सुस्केरा छोड्दै भनिन् प्रमिलासंगै श्रीलंकामा बसेका अरु महिलाहरुको अवस्था कस्तो छ अझै पनि अज्ञात छ ।
यसरी युवतीहरु विदेशमा काम गर्न जानेपछि बुझ्दै नबुझी, आँखा चिम्लेर जाने गरेको देखिन्छ । प्रमिला पनि घरका कसैलाई खबर नगरी अर्जुनको पछि लागेर सुटुक्क विदेश जान भनेर हिडेकी थिईन् । संयोगबस उनिमाथी कुनै अप्रिय घटना भने भएन । बेचिएका सबै महिलाहरु फकिएर आउदैनन् । सी.एम.आई.आर.र पिपुल फोरमको अथक प्रयास पछि प्रमिलालाई स्वदेश फिर्ता ल्याईयो । सि.एम.आई.आरले मलेसिया लगायतका खाडी मुलुकहरुमा दुःख पिडामा परेका आप्रवासी कामदारको उद्धार गर्ने अभियान नै संचालन गरेको छ । अहिलेसम्म सिएमआईआरले प्रत्येक वर्ष हजार भन्दा बढी युवायुवती र उनीहरुको परिवारलाई आप्रवासनमा हुने समसयाको साथी सहयोगीको भूमिका खेल्दै आएको छ । विदेश स्थित आप्रवासी कामदारको सवासथ्य र कानुनी सहायतासमेत प्रदान गरेको छ भने पिपुल फोरमले स्वदेश स्थित कानुनी सहायता र उपचार प्रदान गर्दै आएको छ ।
गोरखा घरभएको बताउने प्रमिलालाई उद्धार गर्ने कार्यमा पनि धेरै समस्या आएको सीएमआईआरले जनाएको छ । उनको राहदानी र प्रवेशआज्ञा नक्कली भएले खोजी गर्नसमेत कठिनाई भएको उद्धारकार्यमा संलग्नहरु बताउछन् । यता छोरी हराएपछि प्रमिलाका बाबु
आमा फिटफिट परे । उनीहरुले धेरै संघसंस्थामा गुहार मागे । तत्तकाल उद्धार गर्न सकिने अवस्था कसैको पहुँचभित्र थिएन । प्रमिलाका अभिभावकले पिपुलफोरम कास्कीमा ०७३ कार्तिक ७ गते उजुरी दर्ता गराएका थिए । पिपुलफोरमले सिएमआईआरसँग समन्वय गरि बेचिएकोे ५ महिनापछि फिर्ता ल्याउन सफल भयो सिएमआईआर । पिपुलफोरम कास्कीले सिएमआईआरसंग समन्वय गरि विदेशमा अलपत्र परेकी अर्की युवती अस्मिता ज्वालालाई पनि फर्काउन सफल भएको थियो । अर्जुन शर्मा मानव बेचबिखन तथा ओसारपसार मुद्धामासजाय भोगिरहेका छन् । वैदेशिक रोजगारीका नाममा महिलाहरु बेचिने क्रम रोकिएको छैन ।





