पोखरा/ साहित्यकार प्राध्यापक डा. अभि सुवेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट सम्मानित भएका छन् । पोखरा नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले वर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रम अन्तर्गत यस वर्ष सुवेदीलाई ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान–२०७८’ बाट सम्मान गरिएको हो ।
यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई ‘प्रतिभा वर्ष सम्मान– २०७८’ बाट सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापा, सञ्चालक डा. राजेन्द्र चापागाईं, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुली, निर्देशक किरण सापकोटालगायतले प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही एक लाखसहित ताम्रपत्र, खादा, माला र अवीर लगाएर सम्मान गरे ।





