पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आयोजना गरेको २० औं बृहत रक्तदानबाट १६० युनिट रगत संकलन भएको छ ।
नयाँ रक्तदाताहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित रक्तदानमा १३३ पुरुष र २६ जना महिलाले रक्तदान गरेका छन् । तीमध्ये ६५ जना नयाँ रक्तदाता रहेका छन् । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समुह कास्कीका पूर्व अध्यक्ष तिर्थराज अवस्थीले ६८ औं पटक रक्तदान गरेका थिए ।
गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पहिलो रक्तदाता नवराज बास्तोलालाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रदेश सरकारले गण्डकी प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउँदै आइरहेको बताए ।
रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान आयोजना गर्दै आइरहेको बताए ।रेडियोका निर्देशक विजेश पालिखेले रक्तदानमा सहभागीहरुलाई आभार जनाएका रेडियोका स्टेसन म्यानेजर संजय मल्लले जानकारी दिए ।





