मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

एमालेमा देखिएको एकता आत्मविश्वासको आधार

एमालेमा देखिएको एकता आत्मविश्वासको आधार


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

तुलनात्मक राजनीति

तुलनात्मक राजनीति भनेको राजनैतिक संस्था तथा सरकारसँग सम्बन्धित विविध प्रकारको तत्वहरुको तुलनात्मक अध्ययन, विवेचना र विश्लेषण हो । तुलनात्मक राजनीतिलाई राजनैतिक संस्था र राजनैतिक व्यवहारको कार्यप्रणालीमा महत्वपूर्ण नियमितता (Consistency), समानता (Similarities) र असमानता (Differences) हरुको तुलनात्मक अध्ययन भनेर पनि बुझ्न सकिन्छ । हेरोडोटस र अरस्तुको पालादेखिनै राजनीतिक मुल्य मान्यता, संस्था, सरकार र राजनीतिक व्यवस्थाहरुमा विविधताहरु जिवन्त रहिआएका छन् । यीनै विविधताहरुमा समान तत्वहरु के–के छन् भनी अध्ययन गर्ने प्रयासहरु बारम्बार हुँदै आएका छन् ।

तुलनात्मक राजनीति र तुलनात्मक सरकार फरक हुन् ।

तुलनात्मक सरकार, तुलनात्मक राजनीतिको एक अंग हो । तुलनात्मक सरकारको कार्यक्षेत्र, तुलनात्मक राजनीतिको तुलनामा धेरै नै संकुचित रहेको छ । तुलनात्मक सरकार वा शासनको प्रयोग राज्यहरु, राजनैतिक दलहरु र तिनीहरुको कामसंग सम्बन्धित छ भने तुलनात्मक राजनीति, राजनीतिक व्यवहारको सम्पुर्ण कार्यप्रणालीसंग जोडिएको छ । शेरबहादुर देउवा सरकार, गिरिजा सरकार, मनमोहन अधिकारीको सरकार, प्रचण्ड सरकार, ओली सरकार बीचको समानता, फरक तथा यि सरकारको पालामा ल्याइएको नीति तथा कार्यक्रमको अध्ययन तथा विश्लेषण तुलनात्मक सरकार हो भने जहाँनिया राणा शासन, पंचायती व्यवस्था, बहुदलीय व्यवस्था, संघीय गणतान्त्रिक व्यवस्था बीचको अध्ययन, विश्लेषण, चीरफार तुलनात्मक राजनीति हो ।

तुलनात्मक राजनीतिको प्रकृति

क) तुलनात्मक राजनीति एक लम्बात्मक तुलनात्मक अध्ययन (Vertical comparative study) हो ।
ख) तुलनात्मक राजनीति एक अनुप्रस्थ तुलनात्मक अध्ययन (Horizontal comparative study) हो ।
क) यो धारणा अनुसार तुलनात्मक राजनीति एउटै देशका विभिन्न प्रदेशस्तरमा स्थापित सरकार र यीनलाई प्रभावित गर्ने राजनैतिक व्यवहारको तुलनात्मक विश्लेषणको अध्ययन हो । जस्तो कि आम आदमी पार्टीको दिल्ली सरकार, उत्तराखण्डको योगी सरकार, विजेपीको मोदी सरकार बीचको तुलनात्मक अध्ययन यो धारणाअन्तर्गत पर्दछ । आम आदमी पार्टीको भ्रष्टाचार विरोधी अभियान, जनता पहिलो नीति र योगी सरकारको हिन्दुवादी नीति बीचको अध्ययन यसअन्तर्गत पर्दछ ।
ख) यस धारणा अनुसार तुलनात्मक राजनीतिको अध्ययन राष्ट्रिय सरकारको पनि हुन सक्छ र अन्य राष्ट्रहरुको सरकारको पनि हुन सक्छ । यस्तो तुलना नै वास्तविक तुलनात्मक राजनीति हो र राजनैतिक व्यवहारहरु बुझ्नमा सहायकसिद्ध हुन्छ । यो तुलना समय र भुगोलभन्दा पर हुन्छ । यस अध्ययनबाट एक देशको राजनैतिक व्यवस्थाको राजनैतिक व्यवहार पनि बुझ्न सकिन्छ र अर्को राष्ट्रको राजनैतिक व्यवस्थाको राजनैतिक व्यवहारबाट उसको तुलना गर्न सकिन्छ । यहिं धारणा नै तुलनात्मक राजनीतिको वास्तविक प्रकृति बुझ्नमा मद्दतगार सावित हुन्छ ।

यसरी तुलनात्मक राजनीतिको प्रकृतिको अध्ययनबाट यो स्पष्ट हुन्छ कि यी एक अर्काका पुरक हुन् र राजनैतिक व्यवस्थाको कार्यप्रणाली र तिनीहरूको व्यवहार बुझ्नमा सहायक छन । यीनकै माध्यमबाट राजनैतिक व्यवहारमा समानताहरु र असमानताहरु बुझेर तुलनात्मक राजनीतिका बारेमा सामान्य सिद्धान्तहरुको निर्माण गर्न सकिन्छ ।

तुलनात्मक राजनीतिको महत्व

१. राजनैतिक व्यवहार बुझ्न
२. राजनीतिलाई वैज्ञानिक स्वरुप दिन
३. राजनैतिक सिद्धान्त निर्माण गर्न
४. प्रचलित राजनैतिक सिद्धान्तहरु सहि भए नभएको प्रमाणित गर्न ।

नेका र नेकपा माओवादी बीचको सत्ता गठबन्धन

यो विचार विनिमयको राजनीति हो । सत्ता नै सबैथोक हो र सत्ताका लागि नेताहरु जे गर्न पनि सक्छन् भन्ने कुराको घोतक पनि हो अहिलेको गठबन्धन । नेकपा एमालेलाई स्पष्ट थाहा छ, नेकपा माओवादीका लागि गठबन्धन सत्ता प्राप्तिको एउटा साधन मात्र हो किनकी नेकपा माओवादीसंग एकल सरकार बनाउन सक्ने ल्याकत छैन । न त नेकासंगै । तसर्थ नेकपा एमाले पुनः उही गल्ती दोहोर्याउन चाहदैन । राजमो, एकीकृत समाजवादी र नेकपा माओवादीसम्मको गठबन्धन सहि नै ठान्न सकिएला । तर नेपाली काँग्रेससंगको गठबन्धनलाई कसरी जायज मान्न सकिएला र ? विपरीत ध्रुवबीचको एकत्व ! एक बुर्जुवा शक्ति अर्को सर्वहारा ! एउटा उदार पुँजिवादको वकालत गर्छ अर्को राज्य नियन्त्रित पुँजीको ।
संभावना छ । त्यो संभावना भनेको कि माओवादी बुर्जुवा शिविरमा लाग्नुपर्यो या काँग्रेस सर्वहारा शिविरमा । नेतृत्वले सग्लो माओवादी या सग्लो काँग्रेस नै फरक शिविरमा कसरी समायोजन गर्न सक्लान ! प्रचण्डसंग नेपाली राजनीतिको मौलिक अनुभव छ त्यो के भने जनसंघर्षबाट गणतन्त्रको घोषणा । अनि यस क्रममा मोहन वैद्य, मणि थापा, बाबुराम भट्टराई, राम बहादुर थापा बादल, टोपबहादुर रायमाझीलगायतले पार्टीबाट विद्रोह गरेको ।
म आशावादी छु छिट्टै नै सग्लो माओवादी बुर्जुवा शिविरमा हुनेछ या सग्लो काँग्रेस सर्वहारा शिविरमा । शुभकामना क. प्रचण्ड र शेरबहादुर देउवालाई ।

गठबन्धन अलोकतान्त्रिक छ

गठबन्धन सत्ता प्राप्त गर्ने साधन हो । गठबन्धनले सत्तालाई केन्द्रमा राख्छ । यसका लागि जस्तोसुकै सर्तहरू मान्य हुन्छन् । यो विचार विनिमयको राजनीति हो । गठबन्धनले कुनै एक विचारको प्रतिनिधित्व गर्दैन । फलस्वरूप सत्ता अस्थिर हुन्छ । यसले लोकतान्त्रिक पद्धतिलाई पुरै उपेक्षा गर्दछ । पछिल्लो उदाहरण हेरौं । नेकपा एमालेको संसदमा बहुमत छ । नेपाली कांग्रेस र नेकपा माओवादीको कम सिट छ । तर सरकार कांग्रेस र माओवादीको छ । यो सरासर अलोकतान्त्रिक हो । यो जनमतको अनादर हो । भोलिको चुनावपछि पनि यहिं अवस्था हुन सक्छ । त्यसैले गठबन्धन अलोकतान्त्रिक छ । गठबन्धनलाई तुलनात्मक राजनीतिक तराजुमा कुनै कोणबाट पनि सहि अभ्यास प्रमाणित गर्न सकिदैन । राजनैतिक व्यवहारमा यो सत्ता प्राप्तिको भर्याङ हो । दुई तिहाईका वावजुद नेकपाको सरकार ढल्यो । क. प्रचण्डले सत्तामा पुग्न नपाएकै कारण यो गठबन्धन टुटेको थियो । वैज्ञानिक स्वरुपमा यो ठिमाहा (खच्चड) हो । सिद्धान्तका रुपमा बुर्जुवा र सर्वहारा विरोधी चरित्र हो । अनि न त यसले पुर्ण रुपमा नेकाको प्रतिनिधित्व गर्छ न त माओवादीको नै । समाजवादी र राजमोको त कुरै छाडौं । तुलनात्मक राजनीतिको तराजुमा यो गठबन्धनलाई कसरी व्याख्या, विश्लेषण र विवेचना गर्ने यो जिम्मेवारी यहाँ पाठक वर्गहरुलाई नै ।

अझै पनि बिग्रेको छैन

नेपाली काँग्रेस र नेकपा माओवादीलाई भुल सुधारको सुबिधा अझै पनि छ । नेपाली राजनीतिलाई लोकतान्त्रिक पद्धतिमा ढाल्नका निम्ति । गठबन्धन तोड्नुहोस् र एकल रुपमा चुनाव लड्नुहोस् । एकल चुनावबाट जुन मत प्राप्त हुन्छ त्यो मात्र तपाइको जनमत हो । जित्नुहोस् शुभकामना छ । हार्नुभयो भने स्वीकार गर्नुहोस् र बहुदलिय प्रतिस्पर्धामा आफुलाई उत्कृष्ट सावित गर्न मेहेनत गर्नुहोस् । अर्कोपटक बहुमतसहित जित हात पार्नुहोस् ।
नेकपा एमाले राजनीतिको मुलधार हो
नेपाली राजनीतिमा विगत ३ दशकदेखि नेकपा एमालेले आफुलाई मुलधारको राजनीतिक दलमा स्थापित गरेको छ । जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा आफुलाई उत्कृष्ट सावित गर्दै पटक पटक जनताबाट अनुमोदित भएको छ । र, अहिले पनि गठबन्धनका विरुद्ध उभिएर मुलधारको राजनीति गरिरहेको छ । नेकपा एमालेले गठबन्धन सरकारको अव्यवहारिक राजनीतिक खिचडी भोगिसकेको छ । अहिले नआए पनि कालान्तरमा नेका र माओवादी केन्द्रले रोज्ने बाटो यहि नै हो । विकल्प छैन ।

नेकपा एमालेले जित्छ

नेकपा एमाले वैचारिक रुपमा, सांगठानिक रुपमा र सत्ता परिचालनको हकमा परिपक्व पार्टी हो । म मात्र जित्छु, अरु सबै हार्छन्, घमण्ड हो । म जित्छु, आत्मविश्वास हो । नेकपा एमाले आत्मविश्वासका साथ चुनावमा होमिएको छ । नेकपा एमालेमा देखिएको अभुतपुर्व एकता आत्मविश्वासको आधार हो । गठबन्धन अलोकतान्त्रिक छ त्यसैले त उ रक्षात्मक छ । ५÷५ दलबीच गठबन्धन हुँदा पनि उनीहरु ढुक्क छैनन् । भलै नेकपा एमाले संख्याको हिसाबले हारोस् तर यो उसको ठूलो राजनितिक जित हुनेछ । नेकपा एमालेले जित्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->