पोखरा/ कास्की जिल्ला अदालतले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लान्द्रुकमा ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम आयोजना गरेको छ ।
गाउँगाउँमा न्यायको पहुँच पु¥याउन अदालतले सो कार्यक्रम आयोजना गरेको जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले बताए । उनले अदालतले दिने सेवाबारे गाउँलेलाई जानकारी पनि दिए ।
विभिन्न कानूनी प्रक्रियाको बारेमा स्थानियलाई बुझाउने काम जिल्ला न्यायाधीशहरु बाबुराम सुवेदी र आनन्दप्रसाद श्रेष्ठ, उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवत्ता इश्वरी ढकाल, जिल्ला न्यायाधिवत्ता रुद्र सुवेदी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले गरेका थिए । कार्यक्रम अन्नपूर्ण गाउँपालिका उपप्रमुख सगुन गुरुङको अध्यक्षतामा भएको थियो ।





