आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

फिर्केमा पुल निर्माण सुरु

फिर्केमा पुल निर्माण सुरु


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७८, सोमबार

पोखरा/ पोखराको फिर्के खोलामा पुल निर्माण सुरु भएको छ । यसअघि नै बागेश्वरी कालभैरव प्रालिसँग १ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको पुलको आइतबार वडा नम्बर ३ का वडाध्यक्ष शंकर बास्तोलासहित स्थानीय राजनीतिक दलका नेता र वडावासीको बीच निर्माण थालिएको हो । गएको भदौमा भएको सम्झौता अनुसार निर्माण कम्पनीले यो आर्थिक वर्षको अन्त्यसम्म पुल निर्माण सक्नुपर्ने छ ।

पुल शिलान्यासपछि वडाध्यक्ष शंकर बास्तोला,बुढानीलकण्ठ जेष्ठ नागरिक केन्द्रका अध्यक्ष राजेन्द्रनिधी कोइराला,एमाले वडा नंबर ३ का अध्यक्ष शंकर कोइराला, कांग्रेस सभापति गोविन्द पराजुली,माओवादी केन्द्रका अध्यक्ष लेखनाथ भण्डारी तथा स्थानीयवासी तथा जग्गादाता ज्ञानबहादुर कोइरालाबीच पुल निर्माणमा अवरोध उत्पन्न भए सामूहिक रुपले समाधान गर्ने सहमति पनि बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->