आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कस्केली अधिकृत समाजमा सुवेदी

कस्केली अधिकृत समाजमा सुवेदी


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७८, मंगलबार

पोखरा/ कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमबीच भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सहसचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास छन् ।

त्यस्तै, समितिको सदस्यहरूमा अनिल शाही, ई. सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुंगाना, चन्द्रावती अधिकारी(वाग्ले), अनिल सुवेदी र मैया पराजुली भएन । अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुंगाना सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले सकारात्मक सहकार्य र भावनात्मक एकतामा जोड दिँदै कृयाशप्ल समाजले आगामी दिनमा अझै सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->