पोखरा – भन्नेहरु भन्छन्, लोमन्थाङ रहश्यमयी गुफा र चिसो मरुभूमिको देश हो । साँच्चिकै यो २०७४ सालसम्म देशभित्रको देश थियो । सरकारले २०७४ सालमा राजा÷रजौटाको अन्त्य गरेपछि जिग्मे परवल विष्ट कानूनी रुपमा ‘सांस्कृतिक राजा’बाट ‘जनता’ भए । लोमान्थाङको संस्कृतिले उनलाई नछाड्नु फरक कुरा हो तर राजाले राजकाज छाडिदिए ।
संयोक कस्तो भने, माटोको सहर लोमन्थाङकै नाउँमा २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुस्ताङ जिल्लामा साविकका लोमन्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमन्थाङ गाउँपालिका घोषणा गरेको थियो । २०७४ सालको चुनावबाट ७२७ वर्गकिलोमिटर क्षेत्रफलको सो गाउँपालिका हाँक्ने जिम्मा सुवर्णकुमार विष्टले प्राप्त गरे । उपाध्यक्षमा पेमा डोल्मा विष्ट निर्वाचित भइन् ।

सानो जनसंख्या,ठूलो र विकट भूगोल तथा संरचनाविहीन अवस्थामा काम थाल्नु सजिलो थिएन । अध्यक्षको पद थियो तर बस्ने ठाउँ थिएन । स्थानीय क्लबसँग एउटा कोठा भाडामा लिएर पालिकाको कार्यालय बनाइयो । २ जना कर्मचारीको जोहो भयो । ‘वडा भवनको त कुरै छाडौं, एउटा कोठामा भेंडाजस्तै कोचिएर काम सुरु गरेको हो’,अध्यक्ष सुवर्ण भन्छन्,‘ स्थानीय तहका अधिकार कार्यान्वयन गर्न धेरै दुःख कष्ट झेल्नुप¥यो ।’

उनका अनुसार कामले विस्तारै लय समात्यो । सांस्कृतिक र पर्यटकीय क्षेत्र लोमन्थाङ चिनाउन पालिकाले महोत्सवको आयोजना ग¥यो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वयं उपस्थित सो महोत्सवले लोमन्थाङप्रति प्रदेश सरकारको ध्यान तान्यो । पालिकाले त्यसपछि भौतिक निर्माणका योजना बनायो ।
पालिकाले ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण, स्थानीय भाषामा फुग् भनिने गुफा,गुम्बा र छ्योर्तेन संंरक्षणमा विशेष चासो दियो । लोमन्थाङको माटोको सहर अर्थात् वडा नंम्बर ५ माटो जमाएर बनाइएको २ मिटर फराकिलो र ८ मिटर अग्लो पर्खालले घेरिएको क्षेत्रलाई विशेष बनाउने अभियान थालियो । २ सय ८० मिटर उत्तर–दक्षिण र १ सय ६० मिटर पूर्व–पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्तीमा बिजुलीको तार भूमिगत गराउने नविन कामको थालनी भयो ।

अध्यक्ष विष्टका अनुसार विश्वकै अनुपम लोमन्थाङ क्षेत्र घुम्दा बिजुलीका तारले पर्यटकहरुका आँखा नबिझाओस् भन्ने उदेश्यले त्यसो गरिएको हो । अहिले सो क्षेत्रमा बिजुलीका तार अण्डरग्राउण्ड गरिएको छ । स्रोत र साधन सम्पन्न नगरहरुमा नभएको काम लोमन्थाङले गरेर देखाएको छ । सम्पदा संरक्षणको हकमा यो गर्व गर्नलायक काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय बताउँछन् ।
‘लोमन्थाङमा बिजुलीका तारले आँखा बिझाउँदैन र बाटोमा सोलार पोलहरुको उज्यालो व्यवस्था पनि गरिएको छ’,उनले भने,‘पालिकाका ५ वटै वडामा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुगे पनि हामीले त्यसलाई फरक बाटो हुँदै लगेका छौँ ।’

विकट तर मौलिकतासहितको लोमन्थाङका गुम्बा र सम्पदा करिब ३ हजार वर्ष पुराना छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत विकास केसीका अनुसार १४९७ मा आमपालले सिर्जेको र १८४६ सालमा बृहत नेपालमा मिसिएको यो राज्यको मौलिकता संरक्षण्सहितको विकासे मोडल समातेको छ । पर्यटनको माध्यमबाट विदेशीहरुको लागि अर्ध निषेधित क्षेत्रको विकासको सम्भावना देखेको छ ।

लोमन्थाङमा बाटो पुगेको छ । कोरोला–त्रिवेणी सडक मार्ग पूर्ण संचालनमा आउँदा यो क्षेत्रले थप लाभ पाउने छ । तिब्बती संस्कृति अंगाल्ने पालिकामा स्थानीय भाषामै पढाइ सुरु भएको छ । पढेलेखेका बढेका छन् । तर, युवायुवतीको विदेश पलायन समस्याको रुपमा देखा परेको छ । ‘अहिले गाउँमा सुविधा थपिएको छ, अहिले पढेका बढेका छन् तर डरलाग्दो के छ भने, युवायुवतीको विदेश पलालन बढेको छ । जनशक्ति कमी हुँदै गएको छ’,गाउँपालिकाका अध्यक्ष सुवर्णको दुखेसो छ ।
५ वर्षमा बजेटले जे सकिन्थ्यो, ती सबै काम सम्पन्न गरेको उनको जिकिर छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा संचालित स्थानीय तह स्वमूल्याङ्कन २०७७/०७८ मा अघिल्लो आर्थिक वर्षमा सम्पादित कामहरुको मूल्याकङ्नको आधारमा लोमान्थाङलाई जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ ।

५ वर्षे कार्यकाल सकिँदै गर्दा अध्यक्ष सुवर्णसँग केही त गरियो भन्ने भावना पलाएको छ । ‘के भयो÷भएन भन्ने जनताको कुरा हो तर हामीले कम्तिमा पनि तिमीले यो गरेनौ भनेर कराउन आउने ठाउँलाई संस्थागत तरिकाले संचालनमा ल्याएका छौं छौँ । जिरोबाट उठाएर विकासमा कोल्टे फेरेको महशुस गरेको छु ।’

जनताका आवश्यकता पूरा गरेका छौं : सुवर्ण कुमार विष्ट, अध्यक्ष

अध्यक्षको रुपमा ५ वर्षे कार्यकालमा के गर्नुभयो ?
गरेका कामहरुको फेहरिस्त लामो छ । बुँदागत रुपले नै हामीले सार्वजनिक गरिसकेका छौँ । अपर मुस्ताङमा भौगोलिक विकटताले धेरै कठिनाइ भोग्नु परेको छ । त्यसलाई कम गर्ने प्रयत्नहरु भएका छन् । स्रोत र साधनले भ्याएसम्म भौतिक निर्माणका काम भएका छन् । पहिलो चरणमा पालिकाका भौतिक संरचना निर्माण भएका छन् । बसेर काम गर्ने ठाउँ बनेको छ । चिसो हिमाली क्षेत्रको पहिलो आवश्यकता बिजुली हो । सबै वडामा राष्ट्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । खानेपानी आयोजना संचालनमा आएका छन् । सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण गरिएको छ । शिक्षा,स्वास्थ्यलगायतका क्षेत्रमा पनि आधारभूत तहका काम भएका छन् ।
समस्या पनि आए होलान् ?
हो, हरेक सुविधाबाट बञ्चित यहाँका नागरिकहरुका आवश्यकता पूरा गर्न साह्रै कठीन भयो । तर, बितेका ५ वर्षमा एकहदसम्मको सुविधा प्रदान गर्न सफल भइयो । कम्तिमा यसो भएन भनेर नजिकको सरकार गुहार्ने अवसर हामीले दियौँ । ६ महिना जनजीवन नै ठप्प हुने अवस्थाका कारण विकास निर्माण र प्रशासनिक काममा अड्चनहरु आउँदा पनि समयमै सम्पन्न गर्न सकिएको छ । कयौं काम भइरहेको छ । बजेट र अधिकार दिने मामिलामा संघ र प्रदेश उदार भइदिए हुन्थ्यो र हाम्रोजस्तो हिमाली क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दा ती समस्या हल हुन्छन् भन्ने मेरो बुझाइ छ ।
पूर्ण सन्तुष्ट हुनुहुन्छ, हो ?
सबै काम गर्न सकिएन । हिजो कर्मचारी नै नहुँदा पनि जसोतसो गरियो । हाल पर्याप्त कर्मचारीसहित काम गर्न पाउनु खुसीको कुरा हो । यस क्षेत्रका क्षेत्रका जनताको सेवामा खटिने र बाँकी काम पूरा गर्ने चाहना पनि छ । यसको लागि पद नै चाहिन्छ भन्ने पनि छैन ।
कार्यसम्पादनमा भूगोलको अर्थ हुँदैन : बुद्धिराम उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत

होंचो ठाउँमा जन्मेको मान्छे, फरक भूगोलमा काम गर्दाको अनुभूति कस्तो छ ?
राष्ट्रसेवक कर्मचारीको लागि तातो र चिसोको अर्थ हुँदैन । जनप्रतिनिधिहरुले तय गरेका योजना कार्यान्वयन र जनताका प्रशासनिक काम गर्नु हो । यसमा भूगोलले फरक पार्दैन । तर, स्थानीय संस्कृति,रितिरिवाजहरुबारे जानकारी नहुँदा केही समस्या भने अवश्य हुन्छन् ।
भूगोलको आवश्यकतावोध नहुँदा समस्या हुँदैन र ?
हुन्छ । व्यक्तिगत रुपमा ३८५० मिटरको उचाइमा बसेर काम गर्न कठीन हुने एकातिर छ, त्यहाँको कठीनता हटाउने योजनाहरु कार्यान्वयनमा ल्याउनु अर्को चुनौती हो । हिउँ पर्ने, यहाँका बासिन्दा करिब ४ महिना बेंसी झर्ने र निर्माण सामग्री समयमै ढुवानी नहुँदाको पीडा हामीले महशुस गरेका छौँ । अर्कोतर्फ कर तथा घरेलु कार्यालयको शाखा टाढा भएकाले करको दायरामा ल्याउन र राजश्व वृद्धि अभियानमा चुनौती भएको छ भने कर्मचारी सरुवा भइरहँदा पनि समस्या आउँछ ।
उपलब्धीहरु
- शिक्षा
- गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुलाई एकिकृत गरी तीन वटा आवासीय सुविधा सम्पन्न विद्यालय बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्य अगाडी बढाइएको
- यसै गाउँपालिकाको सार्वजनिक विद्यालयहरुबाट एस.ई.ई.उत्तिर्ण गरेका जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि छात्रवृतिको कार्यक्रम सञ्चालन गरिएको ।
- किमलिङ युनिफाइड स्कूलको आवास सहितको १६ कोठे भवन निर्माणको क्रममा रहेको
- स्थानीय भाषाको पठन पाठनको लागि समपूर्ण विद्यालयहरुमा गाउँपालिकाबाट भाषा शिक्षकको व्यवस्थापन गरिएको
- प्रत्येक आर्थिक वर्षमा गुम्वा विद्यालयहरुलाई अनुदान दिने गरिएको
- स्वास्थ्य
- पालिकामा दुई वटा स्वास्थ्य चौकी नयाँ निर्माण गरिएको साथै ५ शैयाको आधारभुत अस्पताल वडा नं. ५ लोमन्थाङ निर्माणको क्रममा रहेको
- कोभिड १९ महामारीमा उपलब्ध स्वास्थ्यकर्मी र सामाग्रीको उचित व्यवस्थापन गरि महामारी नियन्त्रण गरिएको
- स्वास्थ्य सस्थालाई सक्षम र सुविधाजनक वनाउन गाउँपालिका वाट वजेट विनियोजन गरि कार्यान्वयनमा ल्याईएको साथै कुनै पनि विरामीले प्रारम्भिक उपचारबाट बञ्चित हुनुनपरेको र आधारभुत औषधि स्वास्थ्य संस्थावाट उपलव्ध गराईएको ।
- पर्यटन तथा धार्मिक सांस्कृतिक क्षेत्र
- स्थानीय कला (बौद्ध) झल्कने लोमन्थाङ प्रवेश द्धार निर्माण गरिएको
- लोमन्थाङ गाउँपालिका भित्र अवस्थित स्थानीय बासिन्दाहरुको आस्थाको धरोहर छोर्तेनहरु मर्मत तथा निर्माण गरिएको
- लोमन्थाङ गाउँपालिका भित्र अवस्थित गुम्बाहरु मर्मत तथा निर्माण गरिएको
- लोमन्थाङ गाउँपालिका विभिन्न वडाहरुमा अवस्थित गुफाहरु संरक्षण तथा मर्मत गरिएको
- आन्तरिक तथा वाह्य पर्यटन पर्बद्धनका लागि लोमन्थाङ महोत्सव तथा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको
- यस क्षेत्रका बासिन्दाको जिविको पार्जन र आत्मनिर्भरताका लागि प्रत्येक आर्थिक वर्षमा पर्यटन क्षेत्र सँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरी ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय क्षेत्रको सम्बर्द्धन र सौन्दर्यकरणका कार्यहरु गरिएको ।
- भौतिक पूर्वाधार
- गाउँपालिका प्रशासकीय भवन र ५ वटै वडा कार्यालयहरु निर्माण सम्पन्न गरिएको
- लोमन्थाङ गाउँपालिका भित्रको खोलाहरुमा ७ वटा मोटरेबल पूल र थुप्रै कल्भर्ट निर्माण गरिएको
- सम्पूर्ण वडाहरुमा केन्द्रिय विद्युतिकरणको पहुच k’¥ofO{Psf] र वडा नं. ५ मा भुमिगत विद्युतिकरण गरिएको
- वडा नं. ५ मा ढल व्यवस्थापन गरिएको
- सम्पूर्ण टोलहरुमासुविधा सम्पन्न आमासमूह, युवा कल्ब र सामुदायिक भवनहरु निर्माण गरिएको
- वडा नं. १ र २ मा नदि नियन्त्रण कार्य अगाडी बढाइएको
- टेलिकम टावरहरु संरक्षण तथा स्तरोन्नती गरिएको
- सम्पूर्ण वस्तीहरुमा मोटरबाटोको पहुच k’¥ofO{Psf]
- वडा नं. ४ किमलिङ एकमात्र हाई अल्टिच्यूड खेलग्राम निर्माण कार्य अगाडी बढाइएको साथै विभिन्न युवा कल्वहरुका खेल मैदान निर्माण गरिएको
- विभिन्न स्थानमा झोलुङ्गे पुलहरुमा निर्माण गरिएको
- कृषि तथा पशुपन्छी
- खेतियोग्य जमिनमा सिचाई सुविधा k’¥ofO{Psf]
- कृषियोग्य जमिनलाई पशु चौपायबाट बचाउन घेराबाट गरि संरक्षण गरिएको
- निशुल्क बिउ विजन तथा प्राविधिक उपल्बध गराउने गरिएको
- यसै आ.व. मा सम्पन्न गर्ने गरी एक घर एक टनेल कार्यक्रम अगाडी बढाइएको
- कृषकहरुको लागि अनुदानमा थ्रेसर मेसिन तथा हाते ट्याक्टरहरु वितरण गरिएको
- चौरि तथा च्याङ्ग्रा संरक्षण कार्यक्रम सञ्चालन गरिएको





