फिस्टुला भनेको शरीरका दुई अंगहरू, जस्तै अंग वा रक्तनली र अर्को संरचनाको बीचमा असामान्य जडान हो।
फिस्टुलास प्रायः चोटपटक चोटपटक वा शल्यक्रियाको परिणाम हुन्। संक्रमण वा ईन्फ्लेमेसन पनि फिस्टुलाको लागि हुन सक्छ ।
यसले प्राकृतिक रुपमा नजोडीएको अंग वा नशालाई जोड्ने काम गर्छ, जस्तो आन्द्रा वा छालाकोबीचमा, योनी वा मलाशयको बीचमा ।
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो।
महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता, लामो समयसम्म दिसा बस्नाले, लामो समयसम्म पखाला लागिरहनाले, दिसा कब्जियत हुनाले, दिसा गर्ने ठाउँको वरपरको रौं तानिएर दिसा गर्ने ठाउँको भित्र भएका ग्रन्थिरुमा सङ्क्रमण भएको कारणले पनि यो रोग लाग्दछ ।
फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्यो भने यस्तो समस्या आउँछ।”
लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।
समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्।
फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि/दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक/मानसिक समस्या भोग्नुपर्छ। यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्याएको छ।
यो गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ ।
कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न-भिन्न प्रकार वा प्रकृतिको हुन्छ ।
रोगको लक्षण
-दिसा-घरवरिपरिको भागमा पटक-पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
-पिपजस्तो तरल पदार्थ आउने ।
-बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
-दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।
-पटक पटक पस निक्लनेका कारण वरपरको छाला पोल्ने
-ज्वरो, चिसो लाग्ने र थकान महसुस हुने
-सुन्निने

फिस्टुलाका प्रकार
फिस्टुलालाई निम्न लिखित आधारमा वर्गीकरण गरिन्छ ।
१. सामान्य तथा जटिल- एक अथवा एकभन्दा बढी फिस्टुला भएकोलाई सामान्य अथवा जटिल फिस्टुलाको रुपमा वर्गीकृत गरिन्छ ।
२. कम अथवा बढी -फिस्टुला भएको ठाउँ तथा मांशपेशीहरु (गुद्वारलाई खोल्ने र बन्द गर्ने मांशपेशी) को दुरीका आधारमा यसलाई कम अथवा बढी भनेर वर्गीकृत गरिन्छ ।
कारण
-क्रोहन रोगः एक लामो बिरामी जसले पाचन तन्त्र सुन्निने
-डाइवर्टिक्युलाइटिसः ठुलो आन्द्रामा बन्ने थैली सुन्निने
-गुदाको वरपरको छालामा दाग बस्नु
-क्षयरोग वा एचआईवीबाट संक्रमित हुनु
-गुद्धारको नजिक कुनै सर्जरीको जटिलता
उपचार
यस प्रकारको रोगमा आयुर्वेदिक क्षार सूत्र उपचार सफल र उत्तम उपचार पद्धति हो । यसमा विभिन्न जडिबुटीको मिश्रणबाट बनाईको औषधियुक्त सूत्र (धागो) लाई फिस्टुला (भगन्दर) मा राखी सो सूत्रले विस्तारै घाउलाई काट्दै, भर्दै जान्छ । उपचारको क्रममा हरेक हप्तामा एक या दुईपटक सूत्र फेरिरहनुपर्छ ।
यसबाट फिस्टुलाको लाक्षणिक उपचार मात्र नभई जरैदेखि रोग उन्मूलन हुने हुँदा एकपटक गरेपछि फेरि बल्झिँदैन ।
यस उपचारका क्रममा आफूले नित्य गरिरहने कार्य गर्नमा कुनै कठिनाइ हुँदैन, केवल सूत्र परिवर्तन गरेको दिनमा अलिकति पोल्ने र दुख्ने हुन्छ ।
चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सकिन्छ ।
(इन्टरनेट ,स्वास्थ्य पत्रिका)





