मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

छोरी रुयासा निलमलाई चिठी श्रृंखला–८

छोरी रुयासा निलमलाई चिठी श्रृंखला–८


  • यामबहादुर थापा मगर
  • बैशाख १० २०७९, शनिबार

प्यारो छोरी निलम रुयासामा शुभ आर्शीवादका साथै सु–स्वास्थ्यको कामना…

छोरी रुयासा निलमले यसभन्दा अगाडीको श्रृंखलाबद्ध पत्रहरुको अध्ययन गरेर समिक्षात्मक शैलीमा पत्रको जवाफ दिने छौ भन्ने आशा एवं विश्वासमा रहन गएको छु । मलाई थप पत्रहरु लेख्नका लागि हौसला प्रदान प्राप्त हुनेछ । मैले उत्प्रेरणामुलक तरिकाले लेख्ने छु भने छोरीको व्यक्तित्व विकासमा टेवा पुगेको हुनेछ । साथीहरुको माझमा छलफलको विषय बनाउने छौ भन्ने समेत आशा एवंम् विश्वास लिएको छु । छोरीका साथीहरुलाई पत्रको आशयबाट टेवा पुगेमा सन्तोषजनक हुन पुग्छु म ।

छोरी नेपालको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि दोश्रो पटक स्थानीय सरकारको चुनाव वि.स. २०७९ साल बैशाख ३० गते हुँदैछ । त्यसको बारेमा बालिग नागरिक भएको नाताले जानकारी लिनुपर्ने हुन्छ । भोट वा मतदान कसलाई गर्ने हो त्यस पार्टीको घोषणा–पत्रमा उल्लेख भएका सिद्धान्त, विचार, लक्ष्य, उद्देश्यका बारेमा स्पष्ट हुन जरुरी छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, राष्ट्रिय प्रजातन्त्त पार्टी, नेकपा माओवादी, नेकपा माले, वैज्ञानिक समाजवादी कम्प्युनिष्ट पार्टीलगायत विभिन्न मोर्चा अन्य पार्टीहरुको बारेमा आधारभुत रुपमा जानकारी लिनुपर्दछ ।

छोरीले आफनो पाठयक्रमको अलावा बाहय शब्दभण्डार निर्माणका लागि रुचीमुलक पुस्तक अध्ययन गर्नु पर्दछ । बाबाआमालाई मनपर्ने पुस्तकले मेरो जिवनमा कायापलट परिर्वतन गरेको छ भनेर भन्नका लागि पुस्तक अध्ययन गर्ने योजना बनाउनुपर्दछ । ताकी पुस्तकलाई आजिवन साथी बनाउने लक्ष्यमा पुग्न सकियोस् ।

नेपालको संविधान २०७२ बारेमा पूर्णरुपमा जानकारी लिनु पर्दछ । तर मुख्यत आजको लेखमा संवैधानिक निकायको क्षेत्रमा काम गर्ने आयोगहरुको बारेमा चर्चा गर्नेछु । आगामी दिनमा थप अरु विषयमा छलफलगत रुपमा विवेचना गर्ने योजना बाँकी नै रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाग २१, धारा २३८, त्यसैगरी भाग २२ महालेखा परीक्षक धारा २४०, भाग २३ लोक सेवा आयोग धारा २४२, संविधानको भाग २४ निर्वाचन आयोग धारा २४५, भाग २५ राष्ट्रिय मानव अधिकार आयोग धारा २४८, भाग २६ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग धारा २५०, राष्ट्रिय महिला आयोग धारा २५२, राष्ट्रिय दलित आयोग धारा २५५, राष्ट्रिय समावेशी आयोग धारा २५८, आदिवासी जनजाति आयोग धारा २६१, मधेशी आयोग धारा २६२, थारु आयोग धारा २६३, मस्लिम आयोग २६४ का बारेमा बालिग नागरिक भएकोले खोजी खोजी विस्तृत ज्ञान लिन आवश्यक छ । यीबाहेक अन्य आयोगहरु क्रियाशिल रहेकोले त्यसका बारेमा सूसुचित हुने दायित्व र अभिभारा छोरीको काँधमा आएको छ । सिक्दै सिकाउँदै भाइ हिम्मत र बैनी यमुनालाई समेत सिकाउने जिम्मेबारी पुरा गर्नुपर्दछ । बेरोजार युवा भएकोले संवैधानिक निकाय लोक सेवा आयोग ऐन, नियमावली,
कार्यविधि, निर्देशिकाको बारेमा अपटुडेट हुनुपर्दछ ।

छोरीको हातमा मोबाइल हुने भएकोले टिकटक, फेसबुक, युट्युवको अलावा गोरखापत्र, कान्तिपुर, नयाँ पत्रिका, अन्नपुर्ण पोष्ट, नागरिक दैनिक, कारोवार दैनिक लगायत न्युजपोर्टल हेर्न समेत भुल्नु हुदैन । सेतोपाटी, रातोपाटी, अनलाइनखबर लगायतका चर्चित अन्य अनलाइन खबरमा आधारित लेख आलेख, विश्लेषण र समाचारका विषय अपडेट हुनु पर्दछ । छोरीले आफनो कमजोरीलाई निरुत्साहित गर्दै प्रगतीका कथाहरु बुन्नका लागि पाइलाहरु चाल्नु पर्दछ ।

छोरी अहिले गाउँघरमा विवाह, छेवर (वर्तवन्ध) गर्ने चलनको लर्को लाग्ने सिजन छ । अध्ययनलाई बाधा नपुग्ने गरी दाजुभाइ, छरछिमेकको विवाह, छेवरको भोजभजेरमा सहभागी हुने समयतालिका बनाउनु पर्दछ । सामाजिक रितीरिवाज, सँस्कार बुझ्ने मौका पाइन्छ । हिजो इतिहासमा कस्तो थियो ? र आजभोलि परिर्वतन भै कस्तो अवस्थामा आएको छ ? सोको बारेमा जानकारी लिने बानीको विकास गरेमा समाजशास्त्र, मानवशास्त्रका विषयमा थोर बहुत ज्ञान हुने गर्दछ । जातजातिपिच्छे फरक फरक संस्कार हुने गर्दछ । नेवार, थकाली, ब्राहम्ण, मगर, गुरुङ समुदायका फरक चालचलन हुने गर्दछ । तिनका विषयमा जानकारी लिनु राम्रो नै मानिन्छ । विवाह समारोह समेत फरक हुने गर्दछ ।

छोरी अब मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, ईसेवा, खल्ती, प्रभु पे बैकिङ, क्युआर कोडकोे प्रयोग बढ्दो रुपमा आएको छ । त्यसलाई प्रयोग गर्ने बानीको विकास गर्नुपर्दछ । अहिले मनी युजलेस कारोवार गर्नमा जोड दिएको पाइन्छ । बिजुली, खानपानी, टेलिफोन, मोबाइलको रिर्चाज, इन्टरनेटको बिल तिर्न, डिस होम टिभी, प्लेनको टिकट काट्न अब धेरै दुख गर्नु हुदैन । हातमा भएको मोबाइल भए काफी भएको छ । सोको बारेमा विस्तृत रुपमा जानकारी लिनु पर्दछ ।
छोरीले सिकेको कम्प्युटर शिक्षालाई बढी मात्रामा प्रयोगमा ल्याउनु पर्दछ । कम्प्युटरलाई जति धेरै प्रयोगमा ल्यायो उति सिपालु भइन्छ । ल्यापटप, कम्प्युटरमा टाइप गर्ने बानीको विकास गर्नुपर्दछ । नेपाली रोमननाइज, अंग्रेजी, टेडिशनल रोमन प्रयोगमा बढी मात्रा सिक्नुपर्दछ । लेख आलेख कसरी लेख्ने भन्ने बारेमा अभ्यास गर्नका लागि नेपाली र अंग्रेजीमा टाइप गर्नुपर्दछ । जबरजस्ती भएपनि लेख लेख्ने बानीको विकासमा ध्यान दिनै पर्दछ ।

छोरी विश्व प्रसिद्ध पुरस्कार नोबेल पुुस्कार अर्थशास्त्र, शान्ति, भौतिक विज्ञान, रासायनिक विज्ञान लगायतमा छ विधामा वितरण गरिन्छ । विश्वमा नोबेल पुरस्कारको उपनामले चिनिने अरु थुप्रै पुरस्कार पनि छन् । जस्तै एसियाको नोबेल पुरस्कार रोमन म्यागासेसे अवार्ड, वैकल्पिक नोबेल पुरस्कार द राइट लभ्लीहुड अवार्ड, बेबी नोबेल पुरस्कार, जो बिट्स कलार्क अवार्ड, मानवअधिकार क्षेत्रको नोबेल पुरस्कार मार्टिन एनल्स अवार्ड, चलचित्र क्षेत्रको नोबेल पुरस्कार ओस्कार अवार्ड, वातावरण क्षेत्रको नोबेल पुरस्कार गोल्डम्यान पुरस्कार, चिनियाँ नोबेल पुरस्कार कन्फयुसियस शान्ति पुरस्कार, नोपलको नोबेल पुरस्कार मदन पुरस्कार र गणितको नोबेल पुरस्कार एबेल पुरस्कार रहेको जानकारी लिनु पर्दछ । विश्वमा थुप्रै पुरस्कारहरु छन् सो को बारेमा खोजी खोजी जानकारी लिनुपर्छ । नेपालसमेत साहित्यलगायत विविध क्षेत्रका पुरस्कारहरु स्थापना भएका छन् तिनका बारेमा सामान्य जानकारी लिनु पर्दछ ।

छोरी अब भोलि भोलिभन्दा भन्दै समय बितेको पत्तै हुँदैन । समय बलवान छ । रोकेर रोकिदैन । समयमा प्रतिफल आउने कामको सुरुवात गरेर जीवनको गारेटोलाई फराकिलो बनाउनमा ढिला गर्नु हुँदैन । थुप्रै गीतहरु हेर्ने र सुन्ने मानिसले थुुप्रै किताबहरु समेत अध्ययन गर्नुपर्दछ । थुप्रै रमाइला स्थानहरुको भ्रमण गर्ने गर्नुपर्दछ । यदि सक्छौ भने नोकरी खायौं भने पहिलो वर्ष विदेश भ्रमणमा जाने योजना बनाउ । म त विदेश भ्रमणको शिलशिलामा भारतको नयाँ दिल्ली, दार्जलिङ, थाइल्यान्डको बैंकक, इन्डोनेसियाको बालीमा गएको छु । छोरीले झन् अध्ययनमा राम्रो गरेर सिंगापुर, बेलायत, युरोपका देशमा भ्रमण गर्ने योजना बनाउ भन्दै पहिले लेखेको पत्रहरुको अध्ययन सदा गर्दै थप पाठयक्रमसहित अन्य पुस्तक अध्ययन गर्ने बानीको विकास दिगो तरिकाले होस भन्दै पत्रको श्रृंखला आठबाट बिदा हुन चाहान्छु ।

उही बाबा
बागलुङ नगरपालिका–१० भकुण्डे

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->