पोखरा/ नेपाली कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले पोखराको मेयरमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका उनले स्वतन्त्र रुपले उम्मेदवारी दर्ता गराएका हुन् ।उनीसँगै नेपाली कांग्रेसबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउने २ जना पुगेका छन् । यसअघि हिजो विमलबहादुर कार्कीले पनि स्वतन्त्र रुपले उम्मदेवारी दर्ता गराएका थिए ।





