गलकोट (बागलुङ)/ गलकोटको नगरप्रमुखमा स्वतन्त्र उम्मेद्बारी दिएका युवा दीपेन्द्र साहानिले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रमा रहने बताएका छन् । उनले आफुले जितेमा गलकोटमा अन्तर्राष्ट्रिय स्तरको जनरल टिचिङ हस्पिटल स्थापना गरि गलकोटबासिको निशुल्क उपचार गर्ने योजना रहेको बताए । ढोरपाटन सँगको संबादमा उनले थपे ‘राम्रो स्वास्थ्य सेवा नहुदा गलकोटका नागरिकले दुख पाए, म निर्बाचित भएमा उक्त समस्याको अन्त्य हुने छ ।’
गुणस्तरीय शिक्षा, विस्वबिद्यालय स्थापना तथा बिज्ञान प्रबिधि रिचर्स सेन्टर स्थापना गरि निशुल्क र भेदभाव रहित शिक्षा प्रणाली लागु गर्ने उनको चुनाबि एजेन्डा छ ।
गलकोटबाट अहिले बसाई सराइ तीव्र भएको भन्दै गलकोट लाई बिकसित गरि गलकोट फर्क अभियान संचालन गर्ने साहनिको योजना छ ।
हरेक क्षेत्रमा युवा सहभागीता, विद्युत, खानेपानी लगाएतका आधारभुत सेवा सुबिधा सबैको पहुँचमा पुराउदै गलकोट लाइ नेपालकै उत्कृष्ट नगर बनाउने उनको दावि छ । उनि गुलाबको फुल चुनाव चिन्ह बाट निर्वाचन भिड्दै छन् ।





