बागलुङ/ आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । प्रतिबद्धता पत्र सार्वजनिक गरेका दल मतदाताका घर घरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । पाँचदलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसले बागलुङ नगरपालिका वडा नम्बर ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ ।
गठबन्धनमा रहेका दलहरु अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् । मतदातालाई भेट्न उम्मेदवार खेतबारीमा समेत पुग्ने गरेका छन् ।
गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड, बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको नेपाली कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए । गठबन्धन चुनावी प्रतिबद्धता पत्र बनाउन जुटिरहेको छभने एमालेले बागलुङ र गलकोट नगरपालिकामा चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेको छ ।





