आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्वतन्त्र उमेद्वारको अभियानमा गठबन्धनका नेताको अबरोध

स्वतन्त्र उमेद्वारको अभियानमा गठबन्धनका नेताको अबरोध


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७९, मंगलबार

बागलुङ/ गलकोट नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका तिलक उप्रेतीको चुनावी अभियानमा पाँच दलीय गठबन्धनले अबरोध गरेको छ । मंगलबार दिउँसो गलकोट नगरपालिका वडा नम्बर २ नरेठाँटीमा चुनावी अभियानमा रहेका उप्रेती र उनका कार्यकर्तालाई गठबन्धनमा आबद्ध नेताहरुले अबरोध गरेका हुन् ।

अभियानको क्रममा घर घरमा मत माग्न पुगेको उप्रेतीको समुहलाई नेपाली कांग्रेसकी नेतृ गीता श्रीष लगायतका नेता कार्यकर्ताले अबरोध गरेको चुनावी अभियानमा सहभागि युवा दिपेश उप्रेतीले बताए ।

‘हामी अभियानको क्रममा खाजा खान राजमार्ग छेउको होटलमा बसिरहेका थियौं, त्यहिँ आएका गठबन्धनका नेताहरुले गाउँ नछिर्न भन्दै तथानाम भन्नुभयो’ उप्रेतीले भने ‘स्वतन्त्र उमेद्वार भएकाले स्वतन्त्र रुपमा गाउँ पुगौं भनेर हिँडिएको थियो, तर अबरोध भयो ।’ द्वन्दको समयमा जस्तै आधार इलाका भएको भन्दै गाउँ नपस्न चेतावनी दिएको उप्रेदीले बताए ।

उपप्रमुखका उमेद्वार तिलक उप्रेतीले हारको मानसिकताबाट ग्रस्त गठबन्धनका कार्यकर्ताले आफ्नो अभियान रोकेको प्रतिक्रिया दिए । नेतृ श्रीषले भने होटलमा नभई गठबन्धनको कार्यक्रम स्थलमानै पुगेर प्रचारप्रसार गर्न थालेपछि त्यसो नगर्न सुझाएको बताईन् । ‘हामिले अबरोध गरेको होईन, हाम्रै कार्यक्रममा पुगेर मत मागेपछि त्यसो नगर्नुस् भनेको हो’ श्रीषले चनिन् ‘केको होटल र सडकमा पुगेर अबरोध गर्नु ।’ उप्रेतीले अनावश्यक गलत प्रचार गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->